
१चुनावी मैदानमा विप्लव
२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
३पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
४जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
८माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
९रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
१०प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेर नेप्से आज पुनः ४१ अङ्कले वृद्धि भई नयाँ उचाइ कायम गरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४१.२४ ले उकालो लागेर दुई हजार २३५.७२ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२१ ले उकालो लागेर ४२८.४३ मा पुगेको छ । कूल २०७ कम्पनीको एक करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर रु छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ मूल्यमा खरीदबिक्री भए । लगातार बजार उकालो लाग्दा बजार पूँजीकरणमा समेत उल्लेख्य वृद्धि देखिएको छ ।
साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख ४० हजार बराबर पुगेको छ । मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनको नजीकनजीक बजार पूँजीकरण हुन पुगेको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर उकालो लाग्दा एक उपसमूहको शेयर मात्रै ओरालो लागेको छ । जीवन बीमा उपसमूह १७.१६ ले ओरालो लाग्दा बैंकिङ ५९.६१, व्यापार ७८.०३, होटेल २०.५४, विकास बैंक ८८.४५, जलविद्युत् १६.६५, वित्त १९.२१, निर्जीवन बीमा ३९.०८, उत्पादन ३.१६, लघुवित्त २१.८ र सामूहिक लगानी कोष ०.०८ ले उकालो लागेको छ ।
कारोबारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ४० करोड २९ लाख ९१ हजार ९८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै कुमारी बैंक रु ३० करोड ४५ लाख १६ हजार ४७०, नेपाल पुनर्बीमा कम्पनी रु २४ करोड १२ लाख चार हजार ८९५, नबिल बैंक रु २० करोड ३९ लाख ३९ हजार ४१२, प्राइम बैंक रु २० करोड ३८ लाख ४० लाख ८३९, सिद्धार्थ बैंक रु १९ करोड ७३ लाख १६ हजार, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु १९ करोड ६८ लाख ४८ हजार ९७७, एनआइसी एसिया बैंक रु १७ करोड ९४ लाख २५ हजार १९१ र नेपाल दूरसञ्चार कम्पनी रु १६ करोड ५४ लाख ११ हजार ५२८ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
कारोबार भएका कम्पनीहरुमध्ये ११७ कम्पनीको शेयर उकालो लागे भने ४४ कम्पनीको शेयर ओरालो लाग्यो । यस्तै १४ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोबार भएकामध्ये प्रभु इन्सुरेन्स १०, नारायणी डेभलपमेन्ट बैंक ९.९७, कुमारी बैंक ९.८९, आरम्भ चौतारी लघुवित्त ९.८९, युनाइटेड फाइनान्स ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ९.८३, नेपाल फाइनान्स ८.७०, प्राइम बैंक ८.५६, महालक्ष्मी विकास बैंक ८.२४ र लुम्बिनी विकास बैंकका शेयरधनीले ७.६९ प्रतिशतले कमाए । त्यस्तै, निर्धन उत्थान लघुवित्त ४.३१, हिमाल दोलखा हाइड्रोपावर २.९९, एनएलजी इन्सुरेन्स २.८६, नेरुडे लघुवित्त २.८२, दिव्यश्वरी हाइड्रोपावर २.७०, युनाइटेड इदी मर्दी हाइड्रोपावर २.६१, युनियन हाइड्रोपावर २.६१, माउन्टेन हाइड्रो २.६०, अरुण भ्याली हाइड्रोपावर २.५५ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले २.५२ प्रतिशतले गुमाए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने