
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ ।
ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिनुभयो । यसले कर्णालीको विगत्, वर्तमान र भविष्यबारे बोल्ने भएकोले यस उत्सवलाई कुम्भ मेला भनिएको उहाँले बताउनुभयो ।
“फाउण्डेसनले गत वर्ष फागुनमा भाषा, साहित्य, संस्कृति र कलाका विषयलाई मुख्य बहस बनाउने परम्परालाई तोड्दै मानव जीवनका सम्पूर्ण अवस्थालाई समेटेर १४ वटा विभिन्न सत्रमा समृद्धिको सपनाबार बहस गरेको थियो,” उहाँले भन्नुभयो,“त्यसको साथै मुलुकको सङ्घीय व्यवस्था, उत्पीडित, सीमान्तकृत वर्ग र कर्णालीबारे पनि बहस गरेका थियौं ।”
कर्णालीको इतिहास, कला संस्कृति, भाषा र साहित्यको जगेर्ना, आर्थिक अवसरको खोजी, राजनीतिक, सामाजिक, साँस्कृतिक रुपान्तरणका विषयमा विमर्श, शैक्षिक तथा प्रशासनिक विकासको पैरवी, कर्णालीको जनजीवन, इलम, र सीपको चर्चा गर्नु, यसलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याई सुशासन र समृद्धिको साधन बन्ने उद्देश्य राखेर यही आगामी फागुन २७÷२९ गते तीन दिनसम्म सुर्खेतको बुलबुलेमा कर्णाली उत्सव सञ्चालन गरिने उहाँले बताउनुभयो ।
भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ लाई विचार पु¥याएर कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउँदै सकेसम्म प्रविधिको माध्यमबाट भए पनि उत्सव आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । उत्सवको दोस्रो संस्करण अभूतपूर्वरुपमा सम्पन्न गर्नुपर्ने जनाउँदै उहाँले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कार्यक्रम कर्णाली प्रदेशको समग्र क्षेत्र उजागर ऐना भएको टिप्पणी गर्दै यसका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउनुभयो । नगप्रमुख सुवेदीले कर्णाली उत्सवलाई अझ फराकिलो बनाएर लैजानसमेत सुझाउनुभयो ।
कर्णाली उत्सव ‘कुडा कर्णालीका’ लागि पत्रकार दिलभूषण पाठक, टीकाराम यात्री, कुबेर चालिसे, कलेन्द्र सेजुवाल, दीपेन्द्र शर्मा गणेशकञ्चन भारती, प्रकाश लामिछाने, लेखक माधवप्रसाद चौलागार्इं, उद्योगी झविराज खत्री र लक्ष्मण कँडेलले उत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
५मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार