
१आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
२‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
३‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
४पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
५डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
६ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
७पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
८डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
९पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
१०विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
११सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
१२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
कर्णाली । सङ्घीयताको मर्मदेखि यहाँको भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक, सामाजिक जनजीवनका विषयमा यस वर्ष पनि आगामी फागुनको अन्तिम साता ‘कर्णाली उत्सवः विचारको कुम्भ मेला’ हुने भएको छ ।
ऋति फाउण्डेसन वीरेन्द्रनगर सुर्खेत, कर्णाली उत्सवको सचिवालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उत्सव तयारी समितिका संयोजक कमल लम्सालले कर्णालीको समग्र विषयमा हुने छलफलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विचारको सशक्तमन्थन हुने जानकारी दिनुभयो । यसले कर्णालीको विगत्, वर्तमान र भविष्यबारे बोल्ने भएकोले यस उत्सवलाई कुम्भ मेला भनिएको उहाँले बताउनुभयो ।
“फाउण्डेसनले गत वर्ष फागुनमा भाषा, साहित्य, संस्कृति र कलाका विषयलाई मुख्य बहस बनाउने परम्परालाई तोड्दै मानव जीवनका सम्पूर्ण अवस्थालाई समेटेर १४ वटा विभिन्न सत्रमा समृद्धिको सपनाबार बहस गरेको थियो,” उहाँले भन्नुभयो,“त्यसको साथै मुलुकको सङ्घीय व्यवस्था, उत्पीडित, सीमान्तकृत वर्ग र कर्णालीबारे पनि बहस गरेका थियौं ।”
कर्णालीको इतिहास, कला संस्कृति, भाषा र साहित्यको जगेर्ना, आर्थिक अवसरको खोजी, राजनीतिक, सामाजिक, साँस्कृतिक रुपान्तरणका विषयमा विमर्श, शैक्षिक तथा प्रशासनिक विकासको पैरवी, कर्णालीको जनजीवन, इलम, र सीपको चर्चा गर्नु, यसलाई पर्यटकीय गन्तव्य बनाउन सहयोग गर्नु तथा समस्या समाधानको सुत्र पहिल्याई सुशासन र समृद्धिको साधन बन्ने उद्देश्य राखेर यही आगामी फागुन २७÷२९ गते तीन दिनसम्म सुर्खेतको बुलबुलेमा कर्णाली उत्सव सञ्चालन गरिने उहाँले बताउनुभयो ।
भौतिक तथा भर्चुअल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले कोभिड–१९ लाई विचार पु¥याएर कार्यक्रम आयोजना गर्नुपर्ने सुझाउँदै सकेसम्म प्रविधिको माध्यमबाट भए पनि उत्सव आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । उत्सवको दोस्रो संस्करण अभूतपूर्वरुपमा सम्पन्न गर्नुपर्ने जनाउँदै उहाँले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कार्यक्रम कर्णाली प्रदेशको समग्र क्षेत्र उजागर ऐना भएको टिप्पणी गर्दै यसका कार्यक्रमका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने जनाउनुभयो । नगप्रमुख सुवेदीले कर्णाली उत्सवलाई अझ फराकिलो बनाएर लैजानसमेत सुझाउनुभयो ।
कर्णाली उत्सव ‘कुडा कर्णालीका’ लागि पत्रकार दिलभूषण पाठक, टीकाराम यात्री, कुबेर चालिसे, कलेन्द्र सेजुवाल, दीपेन्द्र शर्मा गणेशकञ्चन भारती, प्रकाश लामिछाने, लेखक माधवप्रसाद चौलागार्इं, उद्योगी झविराज खत्री र लक्ष्मण कँडेलले उत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’