
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
काठमाडौँ । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ ।
पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको आशङ्का निवारणका लागि पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरणले सकेसम्म कमभन्दा कम समस्या आओस् र त्यसमा उपभोक्ताको समेत सक्दो सहयोग रहोस् भन्ने चाहेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “हामीलाई विद्युत् खपत बढाउनुपर्नेछ । बिजुली कटौती गर्ने भन्ने प्रश्न नै छैन । त्यस्तो हुँदै हुँदैन ।”
यही पुस १३ र १४ गते प्रणालीमा समस्या देखिँदा आम उपभोक्तामा आशङ्का बढेको भन्दै प्राधिकरणले त्यस दिन भएको समस्याका बारेमा समेत जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा विद्युत् प्रवाह हुने खिम्ती लामोसाँघु प्रसारण लाइन ट्रिप हुँदा त्यसले कोहलपुर पूर्वका क्षेत्रमा समस्या देखिएको थियो ।
मध्यमस्र्याङदीको एउटा युनिटमा समस्या आउँदा त्यसले सम्पूर्ण प्रणालीमा नै समस्या आएको र त्यसले खिम्ती–लामो साँघु तथा ढल्केबरमा समेत जटिलता पैदा भएको कामुकार्यकारी निर्देशक शाक्यको भनाइ छ । त्यसदिन साँझ ६ बजेर २५ मिनेटदेखि ६.२९ सम्म प्रणालीमा समस्या देखिएको र भार प्रेषणकेन्द्र एवं ग्रीड सञ्चालन विभागको प्रयासपछि नियमित बिजुली प्रवाह भएको उहाँको प्रष्टोक्ति छ ।
त्यस्तै, पुस १४ गते बानेश्वर सबस्टेशनबाट वितरित बिजुलीमा समस्या देखिएको उहाँको भनाइ छ । समस्या आउने बित्तिकै समाधान गर्न प्राधिकरणको जनशक्ति अहोरात्र परिचालित भएको भन्दै उहाँले समस्या देखिएपछि समाधान पनि समयमा हुनुपर्छ भन्नेमा उपभोक्तामा पनि चेतना बढेकामा प्रशन्नता व्यक्त गर्नुभयो ।
जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको छ । उहाँका अनुसार प्रणालीमा एक हजार ४६० मेगावाटसम्म बिजुलीको माग देखिएको जानकारी दिनुभयो । विद्युत् आपूर्तिलाई नियमित बनाउन बढी माग हुने समय हेरेर प्राधिकरणका अर्धजलाशयुक्त आयोजनालाई दिउँसोको समयमा बन्द गरी साँझ चलाइएको र भारतबाट पनि आवश्यकताका आधारमा आयात गरिएको कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
औद्योगिक करिडोरमा समेत बिजुलीको खपत बढाउनतर्फ प्राधिकरण लागिपरेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा आएका अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । “हामी सहज रुपमा बिजुली उपलब्ध गराउनका लागि सबै खालका प्रयास गरिरहेका छौँ । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाउँदै विद्युत्को खपत बढाउनुपर्छ”, कामु कार्यकारी निर्देशक शाक्यले भन्नुभयो ।
उहाँले भारतबाट बढी बिजुली माग हुने साँझको समयलाई लक्षित गरेर गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको जानकारी दिनुभयो । प्राधिकरणको आजको तथ्याङ्कमा ११ हजार ५०५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । उहाँले प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट बिजुली उत्पादन भइरहेको तथा निजी क्षेत्रका आयोजनाबाट पनि सोही अनुपातमा बिजुली उपलब्ध भएको तथ्याङ्क पेश गर्नुभयो । तीन वटा प्लान्ट रहेको कुलेखानी जलाशययुक्त आयोजना भने आवश्यकताका आधारमा मात्रै चलाइएको उनको भनाइ छ ।
केही स्थानमा ट्रान्सफर्मर स्थानान्तरण, वितरण लाइनको मर्मत तथा अन्य प्राविधिक कारणले एकाध मिनेट बिजुली काटिँदा त्यसैलाई नै बिजुली कटौती भयो भन्ने अर्थमा लिन नहुने उहाँको भनाइ छ । गत वर्ष पनि केही सबस्टेशनमा लोड बढी हुँदा आवश्यकताका आधारमा सम्बोधन गरिएको भन्दै उहाँले कोरोनाका कारण प्राधिकरणका कर्मचारी सबै स्थानमा पुग्न नसक्दा चुहावट नियन्त्रणमा केही जटिलता पैदा भएको बताउनुभयो ।
सो अवसरमा प्राधिरकण सञ्चालक समितिका सदस्यसमेत रहनुभएका ऊर्जा सचिव घिमिरेले प्राविधिक समस्या आउन नदिन प्राधिकरण पूर्ण रुपमा चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयका तर्फबाट प्राधिकरणलाई सहज रुपमा काम गर्न आवश्यक सहजीकरण गरिरहेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
उहाँले प्राधिकरण उपभोक्ताका हितका लागि सदैव क्रियाशील रहेको भन्दै फरक फरक व्यक्ति हुँदा र नहुँदा सिष्टम नै नभएको भन्ने अर्थमा बुझन नहुने उल्लेख गर्नुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु