
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२रसुवा बाढी : ७८१ जनाको शव भेटियो
काठमाडौँ । प्राविधिक समस्याका कारण एकाध मिनेट बिजुली काटिँदैमा त्यसलाई विद्युत्भार कटौती भन्न नहुने भन्दै नेपाल विद्युत् प्राधिकरणले समस्या देखिने बित्तिकै समाधान गरेको स्पष्ट पारेको छ ।
पछिल्ला केही दिनमा विभिन्न कारणले बिजुली प्रवाहमा अनियमितता देखिएपछि आम उपभोक्तामा परेको आशङ्का निवारणका लागि पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरणले सकेसम्म कमभन्दा कम समस्या आओस् र त्यसमा उपभोक्ताको समेत सक्दो सहयोग रहोस् भन्ने चाहेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भन्नुभयो, “हामीलाई विद्युत् खपत बढाउनुपर्नेछ । बिजुली कटौती गर्ने भन्ने प्रश्न नै छैन । त्यस्तो हुँदै हुँदैन ।”
यही पुस १३ र १४ गते प्रणालीमा समस्या देखिँदा आम उपभोक्तामा आशङ्का बढेको भन्दै प्राधिकरणले त्यस दिन भएको समस्याका बारेमा समेत जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा विद्युत् प्रवाह हुने खिम्ती लामोसाँघु प्रसारण लाइन ट्रिप हुँदा त्यसले कोहलपुर पूर्वका क्षेत्रमा समस्या देखिएको थियो ।
मध्यमस्र्याङदीको एउटा युनिटमा समस्या आउँदा त्यसले सम्पूर्ण प्रणालीमा नै समस्या आएको र त्यसले खिम्ती–लामो साँघु तथा ढल्केबरमा समेत जटिलता पैदा भएको कामुकार्यकारी निर्देशक शाक्यको भनाइ छ । त्यसदिन साँझ ६ बजेर २५ मिनेटदेखि ६.२९ सम्म प्रणालीमा समस्या देखिएको र भार प्रेषणकेन्द्र एवं ग्रीड सञ्चालन विभागको प्रयासपछि नियमित बिजुली प्रवाह भएको उहाँको प्रष्टोक्ति छ ।
त्यस्तै, पुस १४ गते बानेश्वर सबस्टेशनबाट वितरित बिजुलीमा समस्या देखिएको उहाँको भनाइ छ । समस्या आउने बित्तिकै समाधान गर्न प्राधिकरणको जनशक्ति अहोरात्र परिचालित भएको भन्दै उहाँले समस्या देखिएपछि समाधान पनि समयमा हुनुपर्छ भन्नेमा उपभोक्तामा पनि चेतना बढेकामा प्रशन्नता व्यक्त गर्नुभयो ।
जाडोका कारण पछिल्ला दिनमा बिजुलीको माग बढेको छ । उहाँका अनुसार प्रणालीमा एक हजार ४६० मेगावाटसम्म बिजुलीको माग देखिएको जानकारी दिनुभयो । विद्युत् आपूर्तिलाई नियमित बनाउन बढी माग हुने समय हेरेर प्राधिकरणका अर्धजलाशयुक्त आयोजनालाई दिउँसोको समयमा बन्द गरी साँझ चलाइएको र भारतबाट पनि आवश्यकताका आधारमा आयात गरिएको कामु कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
औद्योगिक करिडोरमा समेत बिजुलीको खपत बढाउनतर्फ प्राधिकरण लागिपरेको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा आएका अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । “हामी सहज रुपमा बिजुली उपलब्ध गराउनका लागि सबै खालका प्रयास गरिरहेका छौँ । दाउरा, पेट्रोल तथा खाना पकाउने ग्यासको आपूर्ति क्रमशः घटाउँदै विद्युत्को खपत बढाउनुपर्छ”, कामु कार्यकारी निर्देशक शाक्यले भन्नुभयो ।
उहाँले भारतबाट बढी बिजुली माग हुने साँझको समयलाई लक्षित गरेर गत वर्षको भन्दा १०० मेगावाट बढी बिजुली ल्याइएको जानकारी दिनुभयो । प्राधिकरणको आजको तथ्याङ्कमा ११ हजार ५०५ मेगावाट बिजुली भारतबाट आयात भइरहेको छ । उहाँले प्राधिकरणका आयोजनाबाट ५५० मेगावाट बिजुली उत्पादन भइरहेको तथा निजी क्षेत्रका आयोजनाबाट पनि सोही अनुपातमा बिजुली उपलब्ध भएको तथ्याङ्क पेश गर्नुभयो । तीन वटा प्लान्ट रहेको कुलेखानी जलाशययुक्त आयोजना भने आवश्यकताका आधारमा मात्रै चलाइएको उनको भनाइ छ ।
केही स्थानमा ट्रान्सफर्मर स्थानान्तरण, वितरण लाइनको मर्मत तथा अन्य प्राविधिक कारणले एकाध मिनेट बिजुली काटिँदा त्यसैलाई नै बिजुली कटौती भयो भन्ने अर्थमा लिन नहुने उहाँको भनाइ छ । गत वर्ष पनि केही सबस्टेशनमा लोड बढी हुँदा आवश्यकताका आधारमा सम्बोधन गरिएको भन्दै उहाँले कोरोनाका कारण प्राधिकरणका कर्मचारी सबै स्थानमा पुग्न नसक्दा चुहावट नियन्त्रणमा केही जटिलता पैदा भएको बताउनुभयो ।
सो अवसरमा प्राधिरकण सञ्चालक समितिका सदस्यसमेत रहनुभएका ऊर्जा सचिव घिमिरेले प्राविधिक समस्या आउन नदिन प्राधिकरण पूर्ण रुपमा चनाखो भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रालयका तर्फबाट प्राधिकरणलाई सहज रुपमा काम गर्न आवश्यक सहजीकरण गरिरहेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
उहाँले प्राधिकरण उपभोक्ताका हितका लागि सदैव क्रियाशील रहेको भन्दै फरक फरक व्यक्ति हुँदा र नहुँदा सिष्टम नै नभएको भन्ने अर्थमा बुझन नहुने उल्लेख गर्नुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान