
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
वासुदेव पौडेल
गण्डकी । एकै लहरमा ढुङ्गाले छाइएका आकर्षक घर । मौलिकता झल्काउने झ्यालढोका । रातोमाटो र कमेरोले लिपिए चिटिक्क पारिएका छन् । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुङ्गाका छपनी बिछ्याइएको छ । गाउँभित्र हिँड्नका लागि कलात्मक सिँढी छन् र ठाउँ–ठाउँमा फोहर फाल्ने ड्रम तथा सार्वजनिक शौचालय बनाइएका छन् ।
जीवनमा एकपटक पुग्नैपर्ने गाउँ हो पर्वत जिल्लाको मोदी गाउँपालिका–१ स्थित भुक देउराली । गाउँको सुन्दरताजस्तै यहाँका स्थानीय मन पनि त्यस्तै सङ्लो देखिन्छ । गाउँको सुन्दर वातावरणलाई जोगाउँदै नमूना बस्ती बनाउन स्थानीय त जागरुक छन् नै देश तथा विदेशमा रहेका गाउँवासी पनि उत्तिकै तन, मन र धन दिएर यहाँका पूर्वाधार विकासमा खर्चिएका छन् । पुराना संरचनाको संरक्षण गर्दै गरिएका बाटोघाटो, शौचालय, खेलमैदान आदिले गाउँको मुहार फेरेको छ ।
देश विदेशमा रहेका स्थानीयले लगभग रु ९० लाख जुटाएर यहाँका पूर्वाधारमा खर्च गरिसकेको भुकदेउराली सामूदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “सफा वातावरण, मिलेको बस्ती, प्राङ्गारिक उत्पादनको स्वादसँगै गाउँवासीको आतिथ्यताले भुक देउराली पर्यटकीय गाउँको रुपमा स्थापित बन्दै गएको छ ।”
विकसित शहरका जस्ता सार्वजनिक शौचालय र धुलो नउड्ने ढलानसहितको सडक रातैभरि उज्यालो हुने गरी सडकबत्तीका साथै सरसफाइयुक्त घरआँगन र बाटोघाटो यसका गाउँका विशेषता हुन् । गाउँ छाडेर विदेशिएका स्थानीयको जागरुकताले यस ठाउँ नमूना गाउँका रुपमा स्थापित बनेको छ । विभिन्न सेवा, पेशा र व्यवसायका क्रममा गाउँ छोडेकाले सहयोग जुटाउँदै गाउँको पूर्वाधार विकास गरी नमूना गाउँ बनाउने अभियानलाई साकार पारेका छन् ।
नमूना गाउँ निर्माणको अभियानअन्तर्गत गाउँमा एक हजार ३३३ मिटर लम्बाइको सिँढी बनाइएको छ भने २२० मिटर धुले सडक ढलान गरिएको छ । गाउँभित्रका बस्तीबस्तीमा ४९ सडक बत्तीका साथै आगन्तुक पर्यटकका लागि ठाउँठाउँमा चारवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले सम्पन्न भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृङखला, वरपरका झिलीबराङ, लप्सीबोटलगायतका पर्यटकीय गाउँ देखिन्छ । फागुन चैतको समयमा फूल्ने फूल लालिगुराँससहित विभिन्न प्रजातिका फूल, विभिन्न प्रजातिका चराचुरुङ्गी, चितुवा, मृग, कालीजसमेतले यहाँको पर्यापर्यटनमा पनि उत्तिकै योगदान दिएका छन् ।
गाउँको शिर भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भइरहेको छ । यस गाउँलाई पदयात्रा पर्यटनसँग जोड्न सकिएमा बाह्रै महिना स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढाउन सकिने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो । गण्डकी प्रदेशकै महत्वपूर्ण पदयात्रा मार्ग पुन हिल क्षेत्रमा जाने मार्गको विरेठाटी नजिकै यो गाउँ रहेको छ । घोडेपानी र पुनः हिल पदमार्ग देउराली गाउँको नजिकै भएर जाँदा पनि गाउँमा पर्यटकको पाइला पुग्न नसक्दा यहाँका स्थानीय चिन्तित बनेका छन् । नयाँपुल भमरकोट उल्लेरी हुँदै घोडेपानी पदमार्ग खुलेको भए तापनि सुन्दर देउरालीमा अझैसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसेको बताउने स्थानीयवासी पदयात्रा मार्गसँग जोडेसँगै यहाँको गरिमा र महत्व बढ्ने बताउँछन् ।
प्रकृति र संस्कृतिमा सम्पन्न देउरालीमा घरवास सञ्चालन भएसँगै गाउँ पर्यटनको सम्भावना पनि उत्तिकै बढाएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो । “हामी सुन्दर पर्यटकीय गाउँ र त्यहाँका संस्कृतिलाई पर्यटन बजारमा ल्याउन होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “कोरोनाका कारण लामो समयसम्म शिथिल बनेको पर्यटनलाई उजागर गर्दै पुनः चलायमान बनाउने हाम्रो लक्ष्य छ ।” गाउँ पर्यटनमा भुक देउरालीले धेरै सम्भावना बोकेको बताउँदै उहाँले यहाँको स्थानीय जागरुकता पनि उत्तिकै प्रशंसायोग्य भएको बताउनुभयो ।
सुन्दर गाउँको पर्यटकीय विकासका लागि बाटोघाटोलगायतका पूर्वाधार विकास गरिनु आवश्यक हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । पोखराको पर्यटनसँग गण्डकी प्रदेशभित्र रहेका पर्यटकीय गाउँलाई जोड्न सकिने पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ । घरवाससँगै गाउँमा आउने पर्यटकका लागि प्राङ्गारिक उत्पादन खुवाउने सोचका साथ स्थानीयवासी उत्पादनमा पनि जोडिएको जनसेवी आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले बताउनुभयो । “पछिल्लो समयमा यहाँ उत्पादन हुने खाद्यान्न तथा तरकारीले यही नै बजार पाउन थालेको छ,” उहाँले भन्नुभयो, “स्थानीयरुपमा नै उत्पादित प्राङ्गारिक खाद्यान्नका कारण पनि पर्यटक लोभिने गरेका छन् ।” पछिल्ला समयमा विभिन्न सेवा पेशाका कारण गाउँ छोडेका पनि गाउँ फर्कने क्रम शुरु भएको देखिन्छ ।
यहाँका १० वटा घरमा घरवास सञ्चालनमा आएको घरवास सञ्चालक रनकुमारी गुरुङले जानकारी दिनुभयो । पछिल्ला दिनमा होमस्टेमा पर्यटक आउने क्रम बढेको जनाउँदै उहाँले बन्दाबन्दीका समयमा भने सञ्चालन नगरिएको बताउनुभयो । भुकदेउरालीमा १६७ घर रहेकोमा ३२/३३ वटा गुरुङका घर छन् । यहाँ दलित समुदायको बाहुल्यता छ ।
धेरै सम्भावना रहेर पनि प्रचारप्रसारको अभावमा अन्नपूर्ण हिमालको काखमा रहेको देउराली ओझेलमा परेको डिलकुमारी गुरुङले बताउनुभयो । गाउँ पर्वतको उत्तरी भेगमा पर्दछ । गाउँमा पुराना संरचनालाई संरक्षण गर्दै सार्वजनिक शौचालय, सामुदायिक भवन तथा खेलमैदानको निर्माण सम्पन्न भइसकेका छन् ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु