
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
वासुदेव पौडेल
गण्डकी । एकै लहरमा ढुङ्गाले छाइएका आकर्षक घर । मौलिकता झल्काउने झ्यालढोका । रातोमाटो र कमेरोले लिपिए चिटिक्क पारिएका छन् । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुङ्गाका छपनी बिछ्याइएको छ । गाउँभित्र हिँड्नका लागि कलात्मक सिँढी छन् र ठाउँ–ठाउँमा फोहर फाल्ने ड्रम तथा सार्वजनिक शौचालय बनाइएका छन् ।
जीवनमा एकपटक पुग्नैपर्ने गाउँ हो पर्वत जिल्लाको मोदी गाउँपालिका–१ स्थित भुक देउराली । गाउँको सुन्दरताजस्तै यहाँका स्थानीय मन पनि त्यस्तै सङ्लो देखिन्छ । गाउँको सुन्दर वातावरणलाई जोगाउँदै नमूना बस्ती बनाउन स्थानीय त जागरुक छन् नै देश तथा विदेशमा रहेका गाउँवासी पनि उत्तिकै तन, मन र धन दिएर यहाँका पूर्वाधार विकासमा खर्चिएका छन् । पुराना संरचनाको संरक्षण गर्दै गरिएका बाटोघाटो, शौचालय, खेलमैदान आदिले गाउँको मुहार फेरेको छ ।
देश विदेशमा रहेका स्थानीयले लगभग रु ९० लाख जुटाएर यहाँका पूर्वाधारमा खर्च गरिसकेको भुकदेउराली सामूदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो, “सफा वातावरण, मिलेको बस्ती, प्राङ्गारिक उत्पादनको स्वादसँगै गाउँवासीको आतिथ्यताले भुक देउराली पर्यटकीय गाउँको रुपमा स्थापित बन्दै गएको छ ।”
विकसित शहरका जस्ता सार्वजनिक शौचालय र धुलो नउड्ने ढलानसहितको सडक रातैभरि उज्यालो हुने गरी सडकबत्तीका साथै सरसफाइयुक्त घरआँगन र बाटोघाटो यसका गाउँका विशेषता हुन् । गाउँ छाडेर विदेशिएका स्थानीयको जागरुकताले यस ठाउँ नमूना गाउँका रुपमा स्थापित बनेको छ । विभिन्न सेवा, पेशा र व्यवसायका क्रममा गाउँ छोडेकाले सहयोग जुटाउँदै गाउँको पूर्वाधार विकास गरी नमूना गाउँ बनाउने अभियानलाई साकार पारेका छन् ।
नमूना गाउँ निर्माणको अभियानअन्तर्गत गाउँमा एक हजार ३३३ मिटर लम्बाइको सिँढी बनाइएको छ भने २२० मिटर धुले सडक ढलान गरिएको छ । गाउँभित्रका बस्तीबस्तीमा ४९ सडक बत्तीका साथै आगन्तुक पर्यटकका लागि ठाउँठाउँमा चारवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले सम्पन्न भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृङखला, वरपरका झिलीबराङ, लप्सीबोटलगायतका पर्यटकीय गाउँ देखिन्छ । फागुन चैतको समयमा फूल्ने फूल लालिगुराँससहित विभिन्न प्रजातिका फूल, विभिन्न प्रजातिका चराचुरुङ्गी, चितुवा, मृग, कालीजसमेतले यहाँको पर्यापर्यटनमा पनि उत्तिकै योगदान दिएका छन् ।
गाउँको शिर भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भइरहेको छ । यस गाउँलाई पदयात्रा पर्यटनसँग जोड्न सकिएमा बाह्रै महिना स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढाउन सकिने टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिनुभयो । गण्डकी प्रदेशकै महत्वपूर्ण पदयात्रा मार्ग पुन हिल क्षेत्रमा जाने मार्गको विरेठाटी नजिकै यो गाउँ रहेको छ । घोडेपानी र पुनः हिल पदमार्ग देउराली गाउँको नजिकै भएर जाँदा पनि गाउँमा पर्यटकको पाइला पुग्न नसक्दा यहाँका स्थानीय चिन्तित बनेका छन् । नयाँपुल भमरकोट उल्लेरी हुँदै घोडेपानी पदमार्ग खुलेको भए तापनि सुन्दर देउरालीमा अझैसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसेको बताउने स्थानीयवासी पदयात्रा मार्गसँग जोडेसँगै यहाँको गरिमा र महत्व बढ्ने बताउँछन् ।
प्रकृति र संस्कृतिमा सम्पन्न देउरालीमा घरवास सञ्चालन भएसँगै गाउँ पर्यटनको सम्भावना पनि उत्तिकै बढाएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिनुभयो । “हामी सुन्दर पर्यटकीय गाउँ र त्यहाँका संस्कृतिलाई पर्यटन बजारमा ल्याउन होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई अघि बढाएका छौँ”, उहाँले भन्नुभयो, “कोरोनाका कारण लामो समयसम्म शिथिल बनेको पर्यटनलाई उजागर गर्दै पुनः चलायमान बनाउने हाम्रो लक्ष्य छ ।” गाउँ पर्यटनमा भुक देउरालीले धेरै सम्भावना बोकेको बताउँदै उहाँले यहाँको स्थानीय जागरुकता पनि उत्तिकै प्रशंसायोग्य भएको बताउनुभयो ।
सुन्दर गाउँको पर्यटकीय विकासका लागि बाटोघाटोलगायतका पूर्वाधार विकास गरिनु आवश्यक हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउनुहुन्छ । पोखराको पर्यटनसँग गण्डकी प्रदेशभित्र रहेका पर्यटकीय गाउँलाई जोड्न सकिने पर्याप्त सम्भावना रहेको उहाँको भनाइ छ । घरवाससँगै गाउँमा आउने पर्यटकका लागि प्राङ्गारिक उत्पादन खुवाउने सोचका साथ स्थानीयवासी उत्पादनमा पनि जोडिएको जनसेवी आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले बताउनुभयो । “पछिल्लो समयमा यहाँ उत्पादन हुने खाद्यान्न तथा तरकारीले यही नै बजार पाउन थालेको छ,” उहाँले भन्नुभयो, “स्थानीयरुपमा नै उत्पादित प्राङ्गारिक खाद्यान्नका कारण पनि पर्यटक लोभिने गरेका छन् ।” पछिल्ला समयमा विभिन्न सेवा पेशाका कारण गाउँ छोडेका पनि गाउँ फर्कने क्रम शुरु भएको देखिन्छ ।
यहाँका १० वटा घरमा घरवास सञ्चालनमा आएको घरवास सञ्चालक रनकुमारी गुरुङले जानकारी दिनुभयो । पछिल्ला दिनमा होमस्टेमा पर्यटक आउने क्रम बढेको जनाउँदै उहाँले बन्दाबन्दीका समयमा भने सञ्चालन नगरिएको बताउनुभयो । भुकदेउरालीमा १६७ घर रहेकोमा ३२/३३ वटा गुरुङका घर छन् । यहाँ दलित समुदायको बाहुल्यता छ ।
धेरै सम्भावना रहेर पनि प्रचारप्रसारको अभावमा अन्नपूर्ण हिमालको काखमा रहेको देउराली ओझेलमा परेको डिलकुमारी गुरुङले बताउनुभयो । गाउँ पर्वतको उत्तरी भेगमा पर्दछ । गाउँमा पुराना संरचनालाई संरक्षण गर्दै सार्वजनिक शौचालय, सामुदायिक भवन तथा खेलमैदानको निर्माण सम्पन्न भइसकेका छन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने