
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
सिमकोट । हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो ।
बुधबारदेखि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थीको उपस्थित न्यून रहेको बताइएको छ । कोरोना त्रासका कारण जिल्ला बाहिरका शिक्षक आउन नमानेको र स्थानीय शिक्षकले विद्यालय खोलेर सञ्चालनमा ल्याएका हुन् । जिल्ला बाहिरका शिक्षक उपस्थित नहुँदा बुधबारदेखि खोलिएका गाउँपालिकाभित्रका विद्यालय नियमित सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा आज गाउँपालिका शिक्षा शाखाले निर्णय गर्ने भएको हो । विद्यार्थी कोरोनाको त्रासभन्दा चिसोका कारण विद्यालय उपस्थित हुन नसकेका हुन् ।
अदानचुली गाउँपालिकामा चारवटा मावि, चारवटा निमावि र १० वटा प्रावि गरेर १८ सामुदायिक विद्यालय छन् । कर्णालीका हिमाली जिल्लामा पुस र माघमा जाडो बिदा हुने गरेको छ । कोरोनाका कारण वर्षभरि अवरुद्ध भएको पढाइ नियमित गर्न हिउँदे बिदामा पनि विद्यालय बन्द नगर्ने निर्णय गरिएको गाउँपालिकाको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ ।
फागुनमा वार्षिक परीक्षा सञ्चालन
जिल्लाका अन्य छ वटा गाउँपालिकाले हिउँदमा चिसो अत्यधिक हुने भएकाले फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने भएका छन् । गत वर्षको चैत महिनाबाट कोरोना सङ्क्रमण त्रासका कारण विद्यालय बन्द भएपछि हिउँदे बिदा सकाएर फागुनमा वार्षिक परीक्षा सञ्चालन गरेर नयाँ शैक्षिक सत्र शुरु गर्ने तयारीमा रहेको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो ।
हिउँदको समयमा हुम्लासहित कर्णालीका उच्च हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएकाले हिउँदको समयमा पठनपाठन नगरी फागुनमा नयाँ वार्षिक परीक्षा गरेर पुनः नयाँ शैक्षिक सत्र शुरु गरिने अध्यक्ष लामाले जानकारी दिनुभयो । नाम्खा गाउँपालिकाको महाबौद्ध याल्वाङसहित अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि शैक्षिक संस्था बन्द गरेर फागुनमा हिमपात नभएमा वार्षिक परीक्षा गरिने भएको अध्यक्ष लामाले बताउनुभयो ।
मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर पुस, माघ दुई महिना हिउँदे बिदा हुने भए पनि यो वर्ष कोरोनाका कारण पठनपाठन नहुँदा फागुनभित्रै परीक्षा सञ्चालन गरी शैक्षिक सत्र शुरु गरिने भएको हो । उत्तरी नाम्खा गाउँपालिकामा चिसो अत्यधिक हुने भएकाले कात्तिक महिनामा नै वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र शुरु हुने गथ्र्यो तर यो वर्ष कोरोनाका कारण सिधै फागुनमा गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ