
१सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
२बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
३शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
६पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
७स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
८‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
९पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
काठमाडौँ । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको आज बिहान ११ बजे मृत्यु भएको छ । सरकारले यादवको बक्यौता रु २४ लाख ६३ हजार आज मध्याह्न १२ बजे उपलब्ध गराउने सम्झौता गरेको थियो ।
यादवको बिहान ११ बजे नै मृत्यु भएकाले आज वितरण गर्ने भनिएको रु पाँच करोड दिइएको छैन । यही पुस १३ गते उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालय र उखु किसान सङ्घर्ष समितिबीच सम्झौता भएको थियो ।
सरकारले सम्झौता भएको मितिदेखि २१ दिनसम्ममा बक्यौता देखिएका किसानका रु ६५ करोड उपलब्ध गराउने सम्झौता गरेको थियो । किसानले भने आफूहरुको कूल बक्यौता रु ९५ करोड रहेको जिकिर गर्दै आएका छन् । बाँकी रकम उपलब्ध गराउनुपर्ने हो वा होइन भन्ने सन्दर्भमा सरकारले उद्योग, गृह, अर्थ र कृषि तथा पशुपन्छी मन्त्रालयका प्रतिनिधि रहने गरी एक छानबिन समिति गठन गरेको छ ।
उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले यादवको रु १४ लाख ऋण रहेको जनाउँदै यादवको परिवारलाई सरकारले उचित क्षतिपूर्ति नदिएसम्म दाहसंस्कार नहुने बताउनुभयो । गत मङ्सिर २८ गतेदेखि उखु बिक्री गरेबापतको बक्यौता भुक्तानी नपाएसम्म घर नफर्कने भनी काठमाडौँको माइतीघर मण्डलमा उखु किसान अनशन बस्दै आएका थिए । यादवको शहीद गङ्गालाल अस्पतालतमा हृदयाघात बन्द भई मृत्यु भएको थियो । सरकारले उद्योगीको राहदानी जफत, बैंक खाता सञ्चालन र सम्पत्ति बेचबिखनमा रोक एवं किसानलाई भुक्तानी दिन आलटाल गर्ने उद्योगी एवं सरोकार भएकाहरुलाई गिरफ्तार गर्ने सम्झौतामा भनिएको छ ।
रु ३३ करोड बक्यौता भुक्तानी
उखु किसानको आन्दोलन शुरु भएपछि तीन चिनी मिलले रु ३३ करोड बक्यौता भुक्तानी गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार श्रीराम, अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलले बक्यौता रकम भुक्तानी शुरु गरिसकेका छन् । उहाँका अनुसार सोमबारसम्म श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड भुक्तानी गरिसकेका छन् ।
सबै चिनी मिलले बाँकी रकम २१ दिनभित्र भुक्तानी गरिसक्ने भनी सहमति गरिसकेका छन् । मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिलको रु ३५ करोड, लुम्बिनी सुगर मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख र अन्नपूर्ण चिनी मिलको रु सत्र करोड बक्यौता छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई