
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वासुदेव पौडेल
गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत शनिबार बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँकोटस्थित शिवधुरी सामुदायिक घरवास र गलकोट नगरपालिका–११ स्थित रिघा सामुदायिक घरवासमा गरिएका अन्तरक्र्रियामा वक्ताले नेपालमा ग्रामीण क्षेत्रमा पर्याप्त पर्यटकीय सम्भावना भएर पनि त्यसको अझै उजागर हुन नसकेको बताए । कोरोना कहरका कारण थलिएको पर्यटनलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलायमान गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए ।
भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले ‘हरेक गाउँ, पर्यटकीय ठाउँ’ भन्ने नाराका साथ भिटोफले गाउँ पर्यटनको प्रवद्र्धन र विकासमा जोड दिएको बताउनुभयो । लामो समयदेखि कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटनसम्बद्ध क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीसहितको टोली पुनःउत्थान एवं प्रवद्र्धन कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले प्रकृति र संस्कृतिले सम्पन्न पर्यटकीय गाउँको प्रवद्र्धनका माध्यमबाट आन्तरिक पर्यटनको विकास गर्न सकिने बताउनुभयो । पर्यटनमा बाटोको सहजता अपरिहार्य हुने बताउँदै उहाँले गाउँसम्म आउने बाटोलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटकीय सम्भावनाका आधारमा गाउँको प्राथमिकीकरण गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले रमणीय गाउँहरूमा पर्यटनका धेरै सम्भावना रहेको भन्दै पूर्वाधार विकासलगायतमा स्थानीय जागरुकता अपरिहार्य हुने बताउनुभयो । स्थानीय जागरुकता भएमा बजेटको अभावमा पूर्वाधार नरोकिने उहाँको तर्क छ । शिवधुरी सामुदायिक घरवासका अध्यक्ष प्रेमबहादुर श्रीषले घरवास पर्यटनमा पूर्वाधार विकासका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रवाह हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । घरवास सञ्चालनका लागि निर्धारित मापदण्डलाई सहज बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सुन्दर गाउँहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।
घरवासका सचिव प्रेमबहादुर पुन, उपाध्यक्ष ध्रुवबहादुर कँडेल, काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य हेमबहादुर विकलगायतले शिवधुरी र आसपासका ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थललाई पर्यटनसँग जोड्न सकिने धेरै आधार रहेको उल्लेख गर्नुभयो ।
गन्तव्य वर्ष घोषणाले उत्साहित
रिघा सामुदायिक घरवासमा आयोजित अन्तक्र्रियामा जनप्रतिनिधि एवं घरवास सञ्चालकले रिघा सामुदायिक घरवासलाई भिटोफ गण्डकी प्रदेशद्वारा गन्तव्य वर्ष घोषणा गरिनुले यहाँको पर्यटकीय विकासमा उत्साह थपेको बताए ।
गलकोट नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले भिटोफले रिघा समुदायिक घरवासलाई गन्तव्य वर्ष घोषणा गर्नुले यहाँका स्थानीयवासीलाई उत्साहित बनाएको बताउँदै कृषि र पर्यटनलाई सँगसँगै लैजाने उल्लेख गर्नुभयो । स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्दै स्थानीयवासीको आयआर्जन बढाउने सोच राखेर पर्यटकलाई प्राङ्गारिक उत्पादन खुवाउने गरी स्थानीयवासी क्रियाशील बनेको उहाँले बताउनुभयो ।
गलकोट नगरपालिकाका प्रवक्ता खिमबहादुर भण्डारीले नगरपालिकाभित्र रिघासहित चार घरवास सञ्चालनमा आएको जानकारी दिँदै धेरै सम्भावना भएर पनि लुकेका पर्यटकीय गाउँको प्रवद्र्धन गर्न आवश्यक हुने बताउनुभयो । रिघा सामुदायिक घरवासका अध्यक्ष सुमन श्रीसले कोरोना महामारीसँगै सुस्ताएको घरवास पर्यटन विस्तारै पूर्ववत् अवस्थामा आउने विश्वास व्यक्त गर्नुभयो । गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्बर श्रीसले समुद्री सतहबाट एक हजार ७०० मिटर उचाइमा रहेको रिघा हिमाली एवं पहाडी दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्नुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल