
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
कास्की । पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’मार्फत २४ औं घण्टा खानेपानी पु¥याइने भएको छ ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नं २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पु¥याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।
विसं २०५८ मा स्थापना भएको संस्थाले “मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी”को नारासहित १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका एक लाख ५० हजार जनसङ्ख्यालाई पानी वितरण गर्दै आएकामा बढ्दो शहरीकरणसँगै पानीको माग बढेको र अभावपूर्ति गर्न स्रोतको क्षमता वृद्धि गर्न लागेको हो ।
सबै उपभोक्ताको घरमा पर्याप्त पानी पु¥याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार गिउँजेबाट हाल प्रतिसेकेण्ड ४८ दशमलव नौ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रतिसेकेण्ड बनाउने र बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्नेछ ।
गिउँजेसहित लेखनाथका अन्य छ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक नौ हजार ७७४ घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताउनुभयो । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । उहाँले भन्नुभयो, “हामी कहाँ ग्राभिटी खानेपानी र भूमिगत गरी दुई थरीको खानेपानी प्रणाली रहेकामा बढ्दो शहरीकरणका कारणले पानीको माग दिनहुँ वृद्धि भएपछि क्षमता वृद्धि गर्ने योजना अघि बढाएका हौँ । नेपाल सरकार र संस्थाको लगानीमा क्षमता वृद्धि गरी एक वर्षभित्रमा हालको भन्दा तेब्बर क्षमतामा पानी ल्याएर अभाव हुन दिँदैनौँ ।”
सो आयोजनाका लागि रु एक अर्व लगानी हुने प्रारम्भिक नापजाँच रहेको बताइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी फागुनभित्रमा तयार हुने भएकाले यसै आर्थिक वर्षमा बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ । आयोजनाले गिउँजे खोलाको पानीको मुहानमा ‘सेडिमेन्टेसन टङ्की’ र ‘रफिङ् फिल्टर’बाट शुद्ध गरी १३ किमी पाइपलाइनबाट वडा नं २६ को लप्सीडाडाँमा रहेको दुई लाख लिटर क्षमताका दुई वटा टङ्कीमा जडान गरी उपभोक्ताका घर घरमा पु¥याउने गरेको छ ।
आयोजनाले २४ औं घण्टा प्रतिव्यक्ति दैनिक १०० लिटर नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी विवरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले जानकारी दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो