
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
कास्की । पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’मार्फत २४ औं घण्टा खानेपानी पु¥याइने भएको छ ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नं २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पु¥याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।
विसं २०५८ मा स्थापना भएको संस्थाले “मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी”को नारासहित १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका एक लाख ५० हजार जनसङ्ख्यालाई पानी वितरण गर्दै आएकामा बढ्दो शहरीकरणसँगै पानीको माग बढेको र अभावपूर्ति गर्न स्रोतको क्षमता वृद्धि गर्न लागेको हो ।
सबै उपभोक्ताको घरमा पर्याप्त पानी पु¥याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार गिउँजेबाट हाल प्रतिसेकेण्ड ४८ दशमलव नौ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रतिसेकेण्ड बनाउने र बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्नेछ ।
गिउँजेसहित लेखनाथका अन्य छ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक नौ हजार ७७४ घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताउनुभयो । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । उहाँले भन्नुभयो, “हामी कहाँ ग्राभिटी खानेपानी र भूमिगत गरी दुई थरीको खानेपानी प्रणाली रहेकामा बढ्दो शहरीकरणका कारणले पानीको माग दिनहुँ वृद्धि भएपछि क्षमता वृद्धि गर्ने योजना अघि बढाएका हौँ । नेपाल सरकार र संस्थाको लगानीमा क्षमता वृद्धि गरी एक वर्षभित्रमा हालको भन्दा तेब्बर क्षमतामा पानी ल्याएर अभाव हुन दिँदैनौँ ।”
सो आयोजनाका लागि रु एक अर्व लगानी हुने प्रारम्भिक नापजाँच रहेको बताइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी फागुनभित्रमा तयार हुने भएकाले यसै आर्थिक वर्षमा बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ । आयोजनाले गिउँजे खोलाको पानीको मुहानमा ‘सेडिमेन्टेसन टङ्की’ र ‘रफिङ् फिल्टर’बाट शुद्ध गरी १३ किमी पाइपलाइनबाट वडा नं २६ को लप्सीडाडाँमा रहेको दुई लाख लिटर क्षमताका दुई वटा टङ्कीमा जडान गरी उपभोक्ताका घर घरमा पु¥याउने गरेको छ ।
आयोजनाले २४ औं घण्टा प्रतिव्यक्ति दैनिक १०० लिटर नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी विवरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले जानकारी दिनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर