
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा । किसानहरुको आर्थिक समृद्धिका लागि सञ्चालित किसान जागरण सहकारी पोखरा–७, मासबारको नेतृत्व चयन भएको छ । मोतिराम बरालको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मतिमा निर्वाचित गरिएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा निर्वतमान वडाध्यक्ष लेखबहादुर केसी, सचिवमा शिवप्रसाद बराल र कोषाध्यक्षमा देवेन्द्रराज लम्साल निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा दीपक कार्की, इन्दिरा बराल, दुर्गा पराजुली, तारा पौडेल र मैया गिरी चयन हुनु भएको छ । सहकारीको लेखा समिति संयोजकमा निर्मल खत्री र सदस्यहरुमा अनिरुद्र बराल र राजकुमारी थापालाई जिम्मेवारी तोकिएको छ ।
सहकारी सञ्चालक समितिका अध्यक्ष बरालले किसानहरुको आर्थिक अवस्थालाई सुदृढ गर्न, बचत तथा ऋणको सहज वातावरण बनाउन सहकारीको स्थापना गरिएको बताउनुभयो । अध्यक्ष बरालले आजसम्म आईपुग्दा सहकारीले चौतर्फी क्षेत्रमा उल्लेखनीय कार्य गरेको र आफ्नो कार्यकालमा ती गतिविधिहरुलाई झनै सबल र सफल रुपमा निरन्तरता दिने बताउनुभयो ।
कोरोना महामारीका कारण सबै एकै ठाउँमा एकैदिन भेला भई साधारणसभा गर्न नसकिने भएपछि ५ दिनमा पालैपालो सदस्यहरुलाई उपस्थित गराई साधारणसभा सम्पन्न गरिएको संस्थाका सचिव शिवप्रसाद बरालले जानकारी दिनुभयो । सहकारीले पुस ५ गतेदेखि दैनिक रुपमा सीमित शेयर सदस्यहरुको उपस्थिति गराई पुस १० गतेका दिन नयाँ कार्यसमिति चयन गरिएको हो ।
केशवराज बरालको संयोजकत्वमा गठित निर्वाचन कमिटीमा शशिकला बराल, दुर्गादत्त न्यौपाने, लिलाभक्त बराल र दामोदर बराल रहनु भएको थियो । निर्वाचित सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक केशवराज बरालले सपथ गराउनु भएको थियो भने निर्वाचन कार्यक्रमको संचालन सदस्य दामोदर बरालले गर्नुभएको थियो ।
यसअघि पुस ६ गते भएको साधारणसभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष दुर्गादत्त न्यौपानेले गर्नुभएको थियो । उक्त अवसरमा जेष्ठ महिला सदस्य धनकुमारी गिरी, जेष्ठ पुरुष सदस्य डण्डराज शर्मा, असल बचत कर्ता कृष्ण कुमारी बराल, असलऋणी सदस्य राजु कार्की, पूर्व संचालक एवम् नेकपाकी नेतृ उमा कोइरालालाई सम्मान गरिएको थियो ।
त्यसैगरी विभिन्न समयमा भएका बाल प्रतियोगितामा विजयी हुने आकाश पौडेल, सुजल अधिकारी, स्वर्णिम बराललाई समेत पुरस्कार वितरण गरिएको थियो । संस्थाका अध्यक्ष मोतिराम बराललको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव शिव प्रसाद बरालले गर्नुभएको जानकारी संस्थाका सदस्य इन्दिरा बरालले दिनुभयो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा