News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

सत्तारुढ दलसहित तीनदल संसद विघटनको विरोधमा

'सत्तारुढ नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रुपमा विरोध गर्ने निर्णय'

काठमाडौं । प्रतिनिधिसभा विघटनका विषयमा सत्तारुढ नेकपासहितका तीनदलले संयुक्त रुपमा विरोध गर्ने भएका छन् । सत्तारुढ नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

भोलि (सोमबार) सर्वदलीय बैठक बस्ने र सोही बैठकले विरोधका कार्यक्रमहरुको तय गर्ने तीन दलको योजना रहेको छ । ‘संसद् विघटन गर्ने सिफारिस र राष्ट्रपतिले सदर गर्ने दुवै निर्णय गैरसंवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक हो,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो–‘त्यसको विरोध गर्ने र विरोधमा एकताबद्ध भएर जाने । सबै उपायहरुद्वारा त्यसको विरोध गर्ने निर्णय भएको छ ।’

नेकपा नेताहरुको पहलमा तीन दलको बैठक आज नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा, कांग्रेसको तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड, नेता मिनेन्द्र रिजाल र रमेश लेखक र वरिष्ठ नेता बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया