
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
तनहुँ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रावासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।
उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु–आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रावास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रावासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रावासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रावासमा राख्न सकिने अवस्था थियो । उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”
टुहुरा, आर्थिक क्षेत्रबाट पिछडिएका, दलित, जनजाति र दुर्गम बस्तीका विद्यार्थीलाई सहजरूपमा शिक्षा हासिल गर्नका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो समस्याको रुपमा देखापरेको छ । करिब दुई रोपनी जग्गा निर्मल माध्यमिक विद्यालयले उपलब्ध गराएपछि व्यास नगरपालिकाको रु सात लाख, क्याम्पसको रु पाँच लाख, तत्कालीन जिल्ला विकास समिति र नेपाल सरकारको सहयोगमा गरी छात्रावास निर्माण गरिएको थियो ।
क्याम्पस प्रशासनले बाबुआमा नभएका, दलित, जनजाति, तनहुँ, गोरखा र लमजुङ जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथामिकता दिएर छात्रावासको सुविधा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । छात्रावासमा रहेर अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु एक हजारमा खानाको व्यवस्था गरे पनि कुनै–कुनै महिना नपुगे छात्रावासमा रहेकाले दामासाहीले रकम उठाएर हिसाब मिलान गर्ने गरेको बताइएको छ । छात्रावासमा रहेका टुहुरा विद्यार्थीका लागि लत्ताकपडा भने विभिन्न सङ्घसंस्थासँग सहयोग मागेर प्रदान गर्ने गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
छात्रावासमा पानीको अभाव
शहीद नेपाली छात्रावासमा पानीको चरम समस्या रहेपछि जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न शुक्रबारदेखि इनार खन्ने काम शुरु गरिएको छ । क्याम्पस नजिकै रहेको बुल्दीखोला किनारमा इनार निर्माण गरी पानी तानेर छात्रावाससम्म ल्याउनका लागि उक्त पालिकाले पहल गरेको हो ।
छात्रावासमा खानेपानीको व्यवस्था भए पनि नुहाउन र कपडा धुन समस्या भएकाले देवघाट गाउँपालिकासँग कुरा राख्दा रु दुई लाख आर्थिक सहयोग गरेको उक्त क्याम्पस प्रशासनले जनाएको छ । गाउँपालिकाको बजेटले नपुगे क्याम्पसको आन्तरिक स्रोतबाट खर्च गरेर भए पनि पानीको व्यवस्था गरिने बताइएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर