
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
तनहुँ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली छात्रावासमा पर्याप्त मात्रामा भवन नहुँदा टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका छन् ।
उक्त क्याम्पस शहरिया र धनाढ्यका छोराछोरीको तुलनामा अधिकांश ग्रामीण क्षेत्रका, मजदुर, किसान र रिक्सा चालकलगायतका छोराछोरीको पहिलो रोजाइँ बन्दै गए पनि भवन अभावमा बाबु–आमा गुमाएका टुहुरा विद्यार्थी मर्कामा पर्ने गरेका हुन् । उक्त क्याम्पस परिसरमा शहीद चन्द्र नेपालीको सम्झनामा छात्रावास निर्माण गरिए पनि अर्थाभावका कारण थप भवन निर्माण गर्न नसकिएकाले लक्षित वर्गका विद्यार्थी शिक्षाबाट बञ्चित हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
झण्डै ४०० भन्दा बढी टुहुरा विद्यार्थी छात्रावासमा बसेर पढ्न पाउने अधिकारबाट बञ्चित हुनुपरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताउनुभयो । करिब रु ३५ लाखको लागतमा निर्माण गरिएको छात्रावासमा अहिले ३० विद्यार्थीले बसेर शिक्षा लिँदै आएका छन् । वर्षेनी एकतला थप गर्दै लैजान सकिए वर्षेनी ३० विद्यार्थीलाई छात्रावासमा राख्न सकिने अवस्था थियो । उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाएर भवन निर्माण गर्न नसक्दा दयनीय अवस्थाका विद्यार्थी शिक्षा लिनबाट बञ्चित हुनुपरेको छ ।”
टुहुरा, आर्थिक क्षेत्रबाट पिछडिएका, दलित, जनजाति र दुर्गम बस्तीका विद्यार्थीलाई सहजरूपमा शिक्षा हासिल गर्नका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने टड्कारो समस्याको रुपमा देखापरेको छ । करिब दुई रोपनी जग्गा निर्मल माध्यमिक विद्यालयले उपलब्ध गराएपछि व्यास नगरपालिकाको रु सात लाख, क्याम्पसको रु पाँच लाख, तत्कालीन जिल्ला विकास समिति र नेपाल सरकारको सहयोगमा गरी छात्रावास निर्माण गरिएको थियो ।
क्याम्पस प्रशासनले बाबुआमा नभएका, दलित, जनजाति, तनहुँ, गोरखा र लमजुङ जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथामिकता दिएर छात्रावासको सुविधा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । छात्रावासमा रहेर अध्ययन गर्ने विद्यार्थीलाई मासिक रु एक हजारमा खानाको व्यवस्था गरे पनि कुनै–कुनै महिना नपुगे छात्रावासमा रहेकाले दामासाहीले रकम उठाएर हिसाब मिलान गर्ने गरेको बताइएको छ । छात्रावासमा रहेका टुहुरा विद्यार्थीका लागि लत्ताकपडा भने विभिन्न सङ्घसंस्थासँग सहयोग मागेर प्रदान गर्ने गरिएको क्याम्पस प्रशासनले जनाएको छ ।
छात्रावासमा पानीको अभाव
शहीद नेपाली छात्रावासमा पानीको चरम समस्या रहेपछि जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न शुक्रबारदेखि इनार खन्ने काम शुरु गरिएको छ । क्याम्पस नजिकै रहेको बुल्दीखोला किनारमा इनार निर्माण गरी पानी तानेर छात्रावाससम्म ल्याउनका लागि उक्त पालिकाले पहल गरेको हो ।
छात्रावासमा खानेपानीको व्यवस्था भए पनि नुहाउन र कपडा धुन समस्या भएकाले देवघाट गाउँपालिकासँग कुरा राख्दा रु दुई लाख आर्थिक सहयोग गरेको उक्त क्याम्पस प्रशासनले जनाएको छ । गाउँपालिकाको बजेटले नपुगे क्याम्पसको आन्तरिक स्रोतबाट खर्च गरेर भए पनि पानीको व्यवस्था गरिने बताइएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने