
१‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
२पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
३पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
४स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
५‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
६पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
जीवन भण्डारी
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरुको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । विशेष गरेर दिर्घरोगी र बृद्ध अवस्थाका व्यक्तिलाई बढी प्रभावित पार्ने भएकाले मृत्यु भएकाहरु पनि अधिकांश उमेर धेरै भएकाहरु रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनु पर्ने र कोरोनाभाइरस फैलिएको बेलामा पनि आफ्नो काम रोक्न नमिल्ने जिम्मेवारीमा रहेकाहरु पनि धेरै रहेका छन् । झण्डै एक वर्षको अवधिमा एक हजारभन्दा बढी प्रतिष्ठित व्यक्तिहरु, सेलिब्रेटीहरु कोरोनाको शिकार भएका छन् ।
कोरोनाका कारण निधन भएर विश्वभरी चर्चा भएका व्यक्तिहरुको सूचीमा चिनियाँ चिकित्सक लिवाङ उडोङ्को नाम सबैभन्दा पहिला आउँछ । उहाँ कोरोनाका कारण जीवन गुमाउनु परेका पहिलो चिकित्सक हुनुहुन्छ । उहाँको जनवरी २५ मा चीनको हुवेइमा निधन भएको थियो । चीनबाट सुरु भएर केही समय चीनमा मात्रै फैलिएको कोरोनाका कारण जनवरी २७ मा चीनको हुङशीका पूर्व मेयर याङ सिआबोको पनि मृत्यु भयो ।
फेब्रअरी ७ तारिखमा विश्वभरी अर्को दुःखद खबर फैलियो । कोरोनाभाइरसको सबैभन्दा पहिला पहिचान गर्ने चिकित्सकको कोरोना संक्रमणबाटै मृत्यु भयो । कोरोनाको मुहान मानिएको उहानबाट आएको यो खबरले विश्वलाई थप चिन्तित बनायो । जसले कोरोना पत्ता लगाएको थियो, उसैले कोरोनाका विरुद्धमा औषधि पनि पत्ता लगाउला भन्ने धेरैले आशा गरेका थिए । उहाँको निधनले धेरैलाई निराश र दुःखी पनि बनायो ।
कोरोनाका कारण शीर्ष नेताहरुको निधनको क्रम भने इरानबाट सुरु भयो । महामारीबाट अत्यन्त प्रभावित भएको इरानका पूर्व उपराष्ट्रपति मोहम्मद मिरमोहम्मदीको फेब्रुअरी २९ मा निधन भयो । टर्कीको सेनाका पूर्व कमाण्डर एटाक यल्मान मार्च १५ मा कोरोनासँग पराजित हुनुभयो ।
त्यसैगरी फ्रान्सका पूर्व सिनेटर निकोलस अल्फोन्सी, बुर्किना फासोका दोस्रो उपराष्ट्रपति रोज म्यारी कम्पाओर, नेदरल्याण्डका पूर्व सांसद ह्यारी आर्टस, इन्डोनेसियाका पूर्व सांसद इमाम सुरोसो, फ्रान्सका पूर्व सांसद पत्रिच डेभेडजीनको पनि कोरोनाका कारण मार्च महिनामा निधन भयो । मार्चमै गणतन्त्र कंगोका पूर्व प्रधानमन्त्री तथा पूर्व राष्ट्रपति जोयचिम योम्बी ओपाङ्गोले मार्च ३० मा संसार छाड्नुभयो ।
अप्रिल लागेकै दिन सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हसेन र सर्बियाका पूर्व वातावरण संरक्षण मन्त्री ब्रानिस्लाभ ब्लाजिकको कोरोनाकै कारण निधन भयो । हुसेनको उपचारका क्रममा बेलायतमा निधन भएको हो । सन् २०११ मा लिबियामा कार्यबाहक प्रधानमन्त्री बन्नु भएका मोहम्मद जिब्रिलको अप्रिल ५ मा इजिप्टको कायरोमा निधन भयो ।
त्यसैगरी अमेरिकाको विभिन्न राज्यका पूर्व राज्यसभा सदस्यहरु पनि कोरोनाको शिकार भएका छन् । स्पेनका पूर्व अम्बुड्सम्यान तथा पूर्व न्याय मन्त्री इन्रीक मुगीका र चिलीका पूर्व गृहमन्त्री सेर्गियो ओनोफ्रे जार्पाको क्रमशः अप्रिल १० र १९ तारिखमा निधन भयो ।
युरोपेली संसद, क्याटलोनिया, ब्राजिल, अमेजन, हंगेरी, फिलिपिन्स, भेनेजुएला, इराक, दक्षिण अफ्रिका, होन्डुरस, लगायतका देशमा पनि प्रदेश तथा केन्द्रीय संसदका धेरै पूर्व सांसदहरुले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । मृत्यु भएका पूर्व सांसदहरु मध्ये भारत, अमेरिका र ब्राजिलका धेरै रहेका छन् ।
ग्रीसका पूर्व स्वास्थ्य मन्त्री दिमित्रिस क्रेमास्तीनोस, बंगलादेशका पूर्व उर्जा मन्त्री अन्वारुल कबिर तालुक्दार, बंलादेशकै पूर्व स्वासथ्य तथा परिवार कल्याण र पूर्व गृह मन्त्री मोहम्मद नसिम, सिरियाका पूर्व संस्कृति मन्त्री रियाद इस्माट, किगिस्तानका पूर्व न्याय मन्त्री मुकर चोल्पोन्बययेभ, रुसका पूर्व उर्जा मन्त्री भ्लादिमिर लोपुखीम, गुटेमालाका पूर्व विदेश मन्त्री हारोल्डो रोडासलगायतका धेरै देशका पुर्व मन्त्रीहरुलाई पनि कोरोनाका कारण गुमाउनु परेको छ । पाकिस्तानी सिनेटका पूर्व उपाध्यक्ष सयद फजाल अघाको पनि कोरोनाका कारण निधन भएको छ ।
बंलादेशमा एक जना बहालवाला रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधारीको जुन २९ मा कोरोनाको उपचारका क्रममा मृत्यु भएको थियो । जुलाईको १३ तारिखमा यमनका पूर्व कार्यबाहक प्रधानमन्त्री हसन अल लावजीको निधन भयो भने उज्वेकिस्तानको संसदका पूर्व अध्यक्ष मुसा येर्नीयाजोभको जुलाई ३१ मा निधन भयो । फिलिपिन्सको निर्वाचन आयोगका पूर्व अध्यक्ष सिक्सटो ब्रीलान्टेजले पनि कोरोनाकै कारण जीवन गुमाउनु भयो ।
कोरोनाका कारण निधन भएका विश्वका ठूला मान्छेको सूचीमा भारतका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको नाम पनि रहेको छ । सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औंँ राष्ट्रपति बन्नु भएका मुखर्जीको अगस्ट ३१ मा निधन भएको हो ।
उल्लेख गरिएका बाहेक पनि धेरै नेता, कवि, कलाकार, राजनीतिज्ञहरुले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । कतिपय नेताहरु जनताको सेवाकै लागि खटिरहेका बेला कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो भने कतिपय नेताहरु बृद्ध अवस्थामा भएकाले कोरोनालाई जित्न सक्नु भएन । रासस
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई