
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जीवन भण्डारी
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट संसारभरी अहिलेसम्म १६ लाख ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् भने केही प्रभावशाली र चर्चित व्यक्तिहरुको पनि कोरोनाका कारण जीवन अन्त्य भएको छ । विशेष गरेर दिर्घरोगी र बृद्ध अवस्थाका व्यक्तिलाई बढी प्रभावित पार्ने भएकाले मृत्यु भएकाहरु पनि अधिकांश उमेर धेरै भएकाहरु रहेका छन् । त्यसैगरी मृत्यु हुनेमा कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिनु पर्ने र कोरोनाभाइरस फैलिएको बेलामा पनि आफ्नो काम रोक्न नमिल्ने जिम्मेवारीमा रहेकाहरु पनि धेरै रहेका छन् । झण्डै एक वर्षको अवधिमा एक हजारभन्दा बढी प्रतिष्ठित व्यक्तिहरु, सेलिब्रेटीहरु कोरोनाको शिकार भएका छन् ।
कोरोनाका कारण निधन भएर विश्वभरी चर्चा भएका व्यक्तिहरुको सूचीमा चिनियाँ चिकित्सक लिवाङ उडोङ्को नाम सबैभन्दा पहिला आउँछ । उहाँ कोरोनाका कारण जीवन गुमाउनु परेका पहिलो चिकित्सक हुनुहुन्छ । उहाँको जनवरी २५ मा चीनको हुवेइमा निधन भएको थियो । चीनबाट सुरु भएर केही समय चीनमा मात्रै फैलिएको कोरोनाका कारण जनवरी २७ मा चीनको हुङशीका पूर्व मेयर याङ सिआबोको पनि मृत्यु भयो ।
फेब्रअरी ७ तारिखमा विश्वभरी अर्को दुःखद खबर फैलियो । कोरोनाभाइरसको सबैभन्दा पहिला पहिचान गर्ने चिकित्सकको कोरोना संक्रमणबाटै मृत्यु भयो । कोरोनाको मुहान मानिएको उहानबाट आएको यो खबरले विश्वलाई थप चिन्तित बनायो । जसले कोरोना पत्ता लगाएको थियो, उसैले कोरोनाका विरुद्धमा औषधि पनि पत्ता लगाउला भन्ने धेरैले आशा गरेका थिए । उहाँको निधनले धेरैलाई निराश र दुःखी पनि बनायो ।
कोरोनाका कारण शीर्ष नेताहरुको निधनको क्रम भने इरानबाट सुरु भयो । महामारीबाट अत्यन्त प्रभावित भएको इरानका पूर्व उपराष्ट्रपति मोहम्मद मिरमोहम्मदीको फेब्रुअरी २९ मा निधन भयो । टर्कीको सेनाका पूर्व कमाण्डर एटाक यल्मान मार्च १५ मा कोरोनासँग पराजित हुनुभयो ।
त्यसैगरी फ्रान्सका पूर्व सिनेटर निकोलस अल्फोन्सी, बुर्किना फासोका दोस्रो उपराष्ट्रपति रोज म्यारी कम्पाओर, नेदरल्याण्डका पूर्व सांसद ह्यारी आर्टस, इन्डोनेसियाका पूर्व सांसद इमाम सुरोसो, फ्रान्सका पूर्व सांसद पत्रिच डेभेडजीनको पनि कोरोनाका कारण मार्च महिनामा निधन भयो । मार्चमै गणतन्त्र कंगोका पूर्व प्रधानमन्त्री तथा पूर्व राष्ट्रपति जोयचिम योम्बी ओपाङ्गोले मार्च ३० मा संसार छाड्नुभयो ।
अप्रिल लागेकै दिन सोमालियाका पूर्व प्रधानमन्त्री नुर हसन हसेन र सर्बियाका पूर्व वातावरण संरक्षण मन्त्री ब्रानिस्लाभ ब्लाजिकको कोरोनाकै कारण निधन भयो । हुसेनको उपचारका क्रममा बेलायतमा निधन भएको हो । सन् २०११ मा लिबियामा कार्यबाहक प्रधानमन्त्री बन्नु भएका मोहम्मद जिब्रिलको अप्रिल ५ मा इजिप्टको कायरोमा निधन भयो ।
त्यसैगरी अमेरिकाको विभिन्न राज्यका पूर्व राज्यसभा सदस्यहरु पनि कोरोनाको शिकार भएका छन् । स्पेनका पूर्व अम्बुड्सम्यान तथा पूर्व न्याय मन्त्री इन्रीक मुगीका र चिलीका पूर्व गृहमन्त्री सेर्गियो ओनोफ्रे जार्पाको क्रमशः अप्रिल १० र १९ तारिखमा निधन भयो ।
युरोपेली संसद, क्याटलोनिया, ब्राजिल, अमेजन, हंगेरी, फिलिपिन्स, भेनेजुएला, इराक, दक्षिण अफ्रिका, होन्डुरस, लगायतका देशमा पनि प्रदेश तथा केन्द्रीय संसदका धेरै पूर्व सांसदहरुले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । मृत्यु भएका पूर्व सांसदहरु मध्ये भारत, अमेरिका र ब्राजिलका धेरै रहेका छन् ।
ग्रीसका पूर्व स्वास्थ्य मन्त्री दिमित्रिस क्रेमास्तीनोस, बंगलादेशका पूर्व उर्जा मन्त्री अन्वारुल कबिर तालुक्दार, बंलादेशकै पूर्व स्वासथ्य तथा परिवार कल्याण र पूर्व गृह मन्त्री मोहम्मद नसिम, सिरियाका पूर्व संस्कृति मन्त्री रियाद इस्माट, किगिस्तानका पूर्व न्याय मन्त्री मुकर चोल्पोन्बययेभ, रुसका पूर्व उर्जा मन्त्री भ्लादिमिर लोपुखीम, गुटेमालाका पूर्व विदेश मन्त्री हारोल्डो रोडासलगायतका धेरै देशका पुर्व मन्त्रीहरुलाई पनि कोरोनाका कारण गुमाउनु परेको छ । पाकिस्तानी सिनेटका पूर्व उपाध्यक्ष सयद फजाल अघाको पनि कोरोनाका कारण निधन भएको छ ।
बंलादेशमा एक जना बहालवाला रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधारीको जुन २९ मा कोरोनाको उपचारका क्रममा मृत्यु भएको थियो । जुलाईको १३ तारिखमा यमनका पूर्व कार्यबाहक प्रधानमन्त्री हसन अल लावजीको निधन भयो भने उज्वेकिस्तानको संसदका पूर्व अध्यक्ष मुसा येर्नीयाजोभको जुलाई ३१ मा निधन भयो । फिलिपिन्सको निर्वाचन आयोगका पूर्व अध्यक्ष सिक्सटो ब्रीलान्टेजले पनि कोरोनाकै कारण जीवन गुमाउनु भयो ।
कोरोनाका कारण निधन भएका विश्वका ठूला मान्छेको सूचीमा भारतका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको नाम पनि रहेको छ । सन् २०१२ देखि २०१७ सम्म भारतको १३ औंँ राष्ट्रपति बन्नु भएका मुखर्जीको अगस्ट ३१ मा निधन भएको हो ।
उल्लेख गरिएका बाहेक पनि धेरै नेता, कवि, कलाकार, राजनीतिज्ञहरुले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ । कतिपय नेताहरु जनताको सेवाकै लागि खटिरहेका बेला कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो भने कतिपय नेताहरु बृद्ध अवस्थामा भएकाले कोरोनालाई जित्न सक्नु भएन । रासस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने