
१सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
३रास्वपा नेता राजु राईले पार्टी छाडे
४बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
५गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
६कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
७धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
८धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
९बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१०बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
११धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
१२पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
६चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
७२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
८फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
कास्की । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् । विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्देशनअनुरुप विद्यार्थीलाई भौतिकरुपमा नै विद्यालयमा उपस्थित गराई पठनपाठन शुरु गरिएको उहाँले बताउनुभयो । कोरोनाका कारण लामो समयदेखि बालबच्चा घरमा नै रहँदा उनीहरूको पठनपाठनप्रति अभिभावकले चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै सुवेदीले बच्चालाई विद्यालय पठाउन थाले पनि उनीहरूको स्वास्थ्य सुरक्षाप्रति भने सबै सजग बनिरहेको बताउनुभयो ।
“कक्षा ५ देखि माथिका विद्यार्थी प्रायः सबैजसो स्वास्थ्य सुरक्षाप्रति गम्भीर बन्दै माक्स, स्यानिटाइजर आदिको प्रयोग गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “तल्लो कक्षाका विद्यार्थीका लागि स्वास्थ्य मापदण्डको पालना, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गराउँदै पठनपाठन गर्न चुनौतीपूर्ण नै छ ।”
आफ्ना कापी, कलमसमेत बोक्न नसक्ने उनीहरूका लागि माक्स, स्यानिटाइजर आदिको नियमित प्रयोग गराउनु चुनौती रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाभित्रका सरकारी तथा निजी सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु गरिएको महानगर पालिकाका शिक्षा महाशाखाप्रमुख हेमप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाभित्र २०५ सरकारी र १७३ निजी विद्यालय सञ्चालनमा छन् ।
महानगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरेको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी तयार गरी त्यहीअनुरुप विद्यालय सञ्चालनमा ल्याएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
मोडालिटीअनुसार महानगरपालिकाले जारी गरेको कोभिड–१९, स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्यपूर्ण रुपमा पालना गर्दै विद्यालयको भौतिक अवस्था एवम् विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्न सकिनेलगायत विषय समेटिएको छ ।
त्यस्तै एक सिफ्टमा दैनिक अधिकतम ४ घण्टा बढी समय कक्षा सञ्चालन नगर्ने, क्याम्पस सञ्चालनको हकमा कार्ययोजना तयार गरी महानगरपालिकाबाट स्वीकृत गराएर मात्रै सञ्चालन गर्नेलगायत विषय मोडालिटीमा उल्लेख छ ।
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
५रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार