
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
कास्की । कास्कीमा सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण महिनौँसम्म घरमा बसेका विद्यार्थी विद्यालयमा नै पुगी पढ्न थालेका छन् । विद्यालयले पनि स्वास्थ्य मापदण्ड अपनाउँदै पठनपाठन कार्य पुनः सञ्चालन गरेको कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयका शिक्षक सन्तोष सुवेदीले जानकारी दिनुभयो ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय खोल्ने निर्देशनअनुरुप विद्यार्थीलाई भौतिकरुपमा नै विद्यालयमा उपस्थित गराई पठनपाठन शुरु गरिएको उहाँले बताउनुभयो । कोरोनाका कारण लामो समयदेखि बालबच्चा घरमा नै रहँदा उनीहरूको पठनपाठनप्रति अभिभावकले चासो र चिन्ता व्यक्त गरिरहेको बताउँदै सुवेदीले बच्चालाई विद्यालय पठाउन थाले पनि उनीहरूको स्वास्थ्य सुरक्षाप्रति भने सबै सजग बनिरहेको बताउनुभयो ।
“कक्षा ५ देखि माथिका विद्यार्थी प्रायः सबैजसो स्वास्थ्य सुरक्षाप्रति गम्भीर बन्दै माक्स, स्यानिटाइजर आदिको प्रयोग गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “तल्लो कक्षाका विद्यार्थीका लागि स्वास्थ्य मापदण्डको पालना, माक्स, स्यानिटाइजरको अनिवार्य प्रयोग गराउँदै पठनपाठन गर्न चुनौतीपूर्ण नै छ ।”
आफ्ना कापी, कलमसमेत बोक्न नसक्ने उनीहरूका लागि माक्स, स्यानिटाइजर आदिको नियमित प्रयोग गराउनु चुनौती रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिकाभित्रका सरकारी तथा निजी सबै विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन शुरु गरिएको महानगर पालिकाका शिक्षा महाशाखाप्रमुख हेमप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकाभित्र २०५ सरकारी र १७३ निजी विद्यालय सञ्चालनमा छन् ।
महानगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्ड, विद्यालय सञ्चालन कार्यढाँचा–२०७७ जारी गरेको छ । महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा अवलम्बन गर्न सकिने मोडालिटी तयार गरी त्यहीअनुरुप विद्यालय सञ्चालनमा ल्याएको प्रमुख आचार्यले जानकारी दिनुभयो ।
मोडालिटीअनुसार महानगरपालिकाले जारी गरेको कोभिड–१९, स्वास्थ्य सम्बन्धित मापदण्ड अनिवार्यपूर्ण रुपमा पालना गर्दै विद्यालयको भौतिक अवस्था एवम् विद्यार्थी सङ्ख्याका आधारमा विद्यार्थीलाई एकै सिफ्ट वा फरकफरक सिफ्ट बनाई कक्षा सञ्चालन गर्न सक्ने, भौतिक दूरी कायम गर्दा सबै कक्षा एकै समयमा सञ्चालन गर्न सम्भव नभएमा फरक दिनमा फरक कक्षाका विद्यार्थीलाई कक्षाकोठामा नै अध्यापन गर्न सकिनेलगायत विषय समेटिएको छ ।
त्यस्तै एक सिफ्टमा दैनिक अधिकतम ४ घण्टा बढी समय कक्षा सञ्चालन नगर्ने, क्याम्पस सञ्चालनको हकमा कार्ययोजना तयार गरी महानगरपालिकाबाट स्वीकृत गराएर मात्रै सञ्चालन गर्नेलगायत विषय मोडालिटीमा उल्लेख छ ।
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर