
१हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
२किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
३लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१२पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
९पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
काठमाडौँ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो ।
यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।
हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ । कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भइरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियानकर्मी र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले बताउनुभयो ।
विगत २५ वर्षदेखि भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि अनवरतरूपमा नागरिकस्तरबाट सक्रिय रहेको टिआई नेपालले यस दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घीय महासन्धिका प्रावधानबमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशीघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी काम थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।
आम सचेत नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न पनि टिआई नेपालले अपिल गरेको छ ।
दिवसका अवसरमा भ्रष्टाचारविरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहनाबमोजिम सुशासन कायम गर्न सरकार थप क्रियाशील रहोस् भनी टिआई नेपाल आग्रहसमेत गरेको छ । यसै अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज बौद्ध स्तूपअघि जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर