
१रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
४पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
५गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
८फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
९कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
बलेवा । सदरमुकाम बागलुङ बजारमा आएका पर्यटकका लागि अग्लो डाँडामा पुगेर प्रकृति हेर्न मन लाग्यो भने नजिकैको गन्तव्य हो– भकुण्डे दृष्यावलोकन स्तम्भ । ‘सामुदायिक घरबासको गाउँ’ भकुण्डे पुगेका अधिकांश आन्तरिक पर्यटक दृष्यावलोकन स्तम्भ पुग्दछन् ।
बिहानै देखिने सूर्योदयको दृष्यदेखि सूर्यास्तसम्म क्षितिजमा देखिने मनमोहक दृष्यले पर्यटक लोभ्याउने गरेको छ । भकुण्डेमा दृष्यावलोकन स्तम्भ र घरबासको अनौठो संयोग छ । दृष्यावलोकन स्तम्भ पुग्न हिँडेका पर्यटकका लागि यहाँका घरबासले आधार दिन्छन् ।
गाउँ पुग्ने पर्यटकलाई यहाँका घरबास सञ्चालक स्वागत गर्न आतुर हुन्छन् । भकुण्डेका पुरानो अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष खिमबहादुर थापा त भकुण्डे पुग्ने जोकोहीलाई स्वागतमा पुग्नुहुन्छ । घरबास, स्थानीय उत्पादन र दृष्यावलोकन स्तम्भको संयोजनले चलायमान रहेको भकुण्डे पछिल्लो छ महिना सुनसान रह्यो ।
पाहुनाका लागि भनेर बनाइएको मूलाको सिन्की कामै नलाग्ने भयो । स्थानीय जातका कुखुरा बुढिएका छन् । कोदोका पिठोमा चिलेसा पर्ने बेला भइसक्यो । कोरोनाले देशका अन्य क्षेत्रमा जस्तै भकुण्डेका पर्यटनमा पनि प्रभाव पा¥यो । “कहिले सजिलो होला जस्तो भयो, पाहुना डाक्न आतुर हुने हामीहरु कोही आउँदा पनि के हुन्छ जस्तो लाग्यो”, घरबास सञ्चालक चन्द्रवीर थापाले भन्नुभयो, “महामारीले चौपट बनायो ।” महामारी रोक्न गरिएको बन्दाबन्दी खुलेको लामो समयपछि भकुण्डेमा चहलपहल देखिन थालेको छ । घरबास सञ्चालककै बीचमा गण्डकी प्रदेश सरकारले भकुण्डेमा पुगेर कार्यशाला ग¥यो ।
आन्तरिक पर्यटक छिटपुट पुग्न थालेका छन् । दृष्यावलोकन स्तम्भ घुम्न जाने चिया र पानीका लागि मात्रै भए पनि घरबासमा पस्छन् । “हामीले अब पेशा नै यही हो भनेर लाग्यौँ, मान्छेलाई नै शङ्का गर्नुपर्ने अवस्था आएपछि व्यवसाय चौपट भयो”, घरबासका अध्यक्ष थापाले भन्नुभयोे, “अब फेरि भकुण्डे बौरिन्छ ।” यहाँका घरबास सञ्चालकले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि घरबास खुल्ला गरेका छन् ।
दृष्यावलोकन स्तम्भ घुम्नका लागि सामाजिक दूरीको ख्याल गर्दै पुग्न आग्रह गर्छन् । “हामी बूढापाकाले मात्रै शुरु गरेको घरबासमा विस्तारै युवा आकर्षित हुँदै थिए, अहिलेसम्म धेरै परिवर्तन हुन्थ्यो”, उहाँ भन्नुहुन्छ “पाहुनाका लागि कोशेली र स्थानीय संस्कृतिको प्रदर्शन गर्ने तयारीलगायतका कामसमेत अल्झिए ।”
लामो समय एक घरबाट अर्को घर पुग्न नपाएका कारण पनि आपसी सल्लाह गर्न नपाएका उहाँको गुनासो थियो । भकुण्डेमा अब घरबास, स्थानीय खानाको स्वाद, दृष्यावलोकन स्तम्भ र सूर्योदय तथा सूर्यास्तको अलवा उद्यानकोसमेत प्रबन्ध हुँदैछ । दृष्यावलोकन स्तम्भ रहेको अघिपट्टिको टापुमा लखन थापाको शालिकसहितको उद्यान निर्माणको तयारी थालिएको छ ।
“हामीले पर्यटनमा भविष्य देखेका छौँ, यसलाई राम्रो व्यवसाय बनाउन चाहन्छौँ”, स्थानीय यामबहादुर थापा भन्नुहुन्छ, “भकुण्डे चिनारीसहितको घरबासको गाउँ हुन्छ ।” सरकारले घरबासको मापदण्ड तोकिदिएपछि भकुण्डेमा घरबास थपिनेक्रम शुरु भएको छ ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा