
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा आइतबार आयोजित ‘इन्जा ग्लोबल मिडिया कन्फरेन्स २०२०’ विश्व सम्मेलनमा उहाँले जनतालाई सही सूचना प्रवाह गरी पत्रकारिता क्षेत्रको गरिमा बढाउने पाटोमा विशेष ध्यान पुर्याएर काम गर्न सञ्चार जगत्लाई सुझाव दिनुभयो ।
भर्चुअल माध्यममा भएको सम्मलेनमा मन्त्री गुरुङले भन्नुभयो, “जनतालाई जागृत र सुसूचित गर्दै पत्रकारिता क्षेत्रको गरिमा बढाऔँ, समाजमा रहेका अनियमिता, बेथितिलाई अन्त्य गरौँ, सूचना कपोकल्पित र तथ्यहीन ढङ्गबाट प्रवाह नहोस् ।”
परम्परागत सोच र दृष्टिकोणबाट पत्रकारिता क्षेत्र रूपान्तरित हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व हो । आग्रह र पूर्वाग्रबाट नभई ‘मिसन’ पत्रकारिताका लागि रूपान्तरित सोच बनाउनुपर्छ ।” विश्वमा छरिएर रहेका नेपाली पत्रकारलाई एकीकृत गर्दै सङ्कटमा परेका पत्रकारको हकहित र व्यावसायिक लागि इन्जाले पुर्याउँदै योगदानका मन्त्री गुरुङले प्रशंसा गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्र, मानवअधिकार, विधिको शासन र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आएको नेपाली पत्रकारिता निकै जिम्मेवार रहेकाले यस क्षेत्रलाई थप व्यावसायिक मर्यादित तुल्याउन काम गरिरहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड–१९ बाट नेपालमा तीन हजार १०० पत्रकारले रोजगार गुमाएका, पाँच जनाको ज्यान गएको तथा ४०० जना सङ्क्रमित भएको जानकारीमूलक तथ्याङ्क प्रस्तुत गर्दै स्वच्छ र मर्यादित पत्रकारितालाई अनुशरण गर्न सबैसँग आग्रह गर्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले त्यसै पनि नियमित पारिश्रमिक नपाइरहेका पत्रकारलाई कोभिड–१९ ले थप समस्या सिर्जना गरेकाले अप्ठेरोमा परेका सञ्चारकर्मीलाई सहयोग पुर्याउन आवश्यक रहेको बताउनुभयो ।
आयोजक संस्था इन्जाका अध्यक्ष गुणराज लुइँटेल र उपाध्यक्ष एवं साहित्यकार विष्णु शीतलले सामाजमा देखिएका विसङ्गति र बेथितिका विरुद्ध व्यवसायिकता र इमान्दारीको सन्देश लिएर इन्जा गाउँ–बस्तीमा पुर्याउन अघि बढ्ने क्रममा सम्मेलन गरिएको बताउनुभयो ।
सो अवसरमा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सम्मेलनका लागि शुभकामना दिनुभयो भने कवयित्री सरु गुरागार्इँले सञ्चार चेतनाको शक्ति भन्ने भावको कविता वाचन गर्नुभयो । इन्जा एशियाका अध्यक्ष टङ्क पन्तले कोभिड–१९ बाट सिर्जित समस्याबाट अप्ठेरोमा परेको पत्रकारलाई संस्थाले लेखनवृत्तिलगायतको माध्यमबाट सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो
घमराज लुइँटेल र विष्णु शर्माले कोभिड–१९ को प्रभाव र प्रवृत्ति विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि विभिन्न वरिष्ठ पत्रकारले टिप्पणी गर्नुभएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने