
१पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
३स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
४‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
५पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । कास्की निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद विद्या भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत चालू वर्षका योजना सार्वजनिक गर्नुभएको छ ।
सांसद भट्टराईले आज पोखरामा पत्रकार सम्मेलन गरी पोखरा महानगरपालिकाअन्तर्गतका ११ वडा रहेको आफ्नो निर्वाचन क्षेत्रमा पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु चार करोड बजेटबाट ३० योजना छनोट गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य भट्टराईले चालू वर्षमा नै सम्पन्न गर्न सकिने खालका पूर्वाधार विकासमा केन्द्रित गरेर योजना छनोट गरेको बताउनुभयो । गत वर्ष मङ्सिर १४ गते सम्पन्न उपनिर्वाचनबाट प्रतिनिधिसभामा विजयी सांसद भट्टराईले आफूले एक वर्षका अवधिमा अल्पकालीन योजना सम्पन्न गर्ने तथा दीर्घकालीन योजनालाई प्राथमिकताका साथ अघि बढाउने कार्य गरेको बताउनुभयो ।
सांसद भट्टराईले पोखरा–७ र ६ जोड्ने मूलखोकमा बन्दै गरेको अपूरो कल्भर्टसहितको पुल निर्माण र रिटेनिङ वालमा रु २५ लाख बजेट छुट्याउनुभएको छ । पोखरा–११ को कालिकाचोक व्यँसघारी सडक स्तरोन्नति, रामघाट परोपकार संस्था किरियापुत्री भवन जाने बाटो स्तरोन्नतिमा रु २५ लाख बजेट विनियोजन गरिएको सांसद भट्टराईले जानकारी दिनुभयो ।
वडा नं ८ को शिवालय मार्ग ढल निर्माण र रक्तसञ्चार केन्द्र पूर्वाधार निर्माणमा रु २०/२० लाखका दरले विनियोजन गरिएको छ । पोखरा–३३ को खैरेनी सिगारेवास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन निर्माणमा रु २० लाख, वडा नं २० को हरिहर आमा समूह, शिव बहुउद्देश्यीय भवन तथा देवीडाँडा मालिकमार्ग सडकमा रु १५ लाख, मौजा लामडाँडा खेलमैदान र कुरगाउँ सांस्कृतिकस्थल संरक्षणमा रु १५ लाख वडा नं २१ को सेल्टारी कृषि सडक र एकहाते रामदी खानेपानीका लागि रु १५ लाख बजेट छुट््याइएको छ ।
वडा नं ९ मा महेन्द्र मावि र नवप्रभात माविका भौतिक संरचना निर्माणमा रु १० लाख, जलारी समाज भवन, शान्ति दर्शन बहुउद्देश्यीय भवनमा रु १० लाख र शान्ति वनस्थित स्मृति सभाहल र साहारा आधारभूत विद्यालयको स्तरोन्नतिका लागि रु १० लाख तथा जिल्ला ट्राफिक कार्यालयमा पूर्वाधार निर्माणमा रु १० लाख छुट््याइएको छ ।
वडा नं १५ मा फूलबारी मार्ग सडक र अलकापुर मार्ग स्तरोन्नतिका लागि रु १५ लाख दरले बजेट विनियोजन गरिएको छ । वडा नं १७ मा आँखा अस्पतालदेखि रामनगरटोलको सडक स्तरोन्नतिमा रु १५ लाख तथा खरबारी सोतोको भलपानी निकास र जनकल्याण टोल भवनका लागि रु १५ लाख छुट्याईएको छ ।
यसैगरी पोखरा–४ मा बूढानीलकण्ठ बहुउद्देश्यीय सामुदायिक भवन निर्माण र गणेश मन्दिर पछाडिको सडक स्तरोन्नतिमा रु १०÷१० लाख विनियोजन गरिएको छ ।