
१वर्षमान पुनको दाबी: ‘बालेनले जुनसुकै बेला रविलाई थुन्न सक्छन्, एमाले एकताका लागि हतारियो’
२करिब ११ अर्बको अपचलन र ठगी काण्डमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने पक्राउ
३सरकारको प्रतिशोधविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई ओलीको निर्देशन
४जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
५दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
६सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
७भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
८२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
९सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
१०तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
११अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
१२इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
विराटनगर/पोखरा, २ मंसिर । सर्वसाधारणको करिब ११ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहँदै आएका बराह ग्रुपका अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन्।
सुनसरीको धरानमा केन्द्रबिन्दु रहेको यस समूहले सहकारी र विभिन्न व्यापारिक कम्पनीहरूको आवरणमा सुनसरीसहित पोखरा, चितवन र काठमाडौंसम्मै वित्तीय साम्राज्य फैलाएर आम नागरिकको बचतमाथि ब्रह्मलूट मच्चाएको थियो।
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी शेखर खनालले अध्यक्ष लामिछानेलाई कोशी प्रदेशबाटै पक्राउ गरिएको पुष्टि गरेका छन्। सहकारी अपचलनको मुद्दा दर्ता भएपछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले विशेष ट्र्याकिङमार्फत नियन्त्रणमा लिएको हो।
विश्वासको प्रतीकको आडमा संगठित ठगी
विसं २०५२ मा भोजपुरबाट धरान झरेका इन्द्र लामिछाने (विश्वकर्मा) ले विशेषगरी ब्रिटिस तथा भारतीय सेनाका लाहुरे परिवारलाई लक्षित गरेर ‘बराह ज्वेलरी इन्टरप्राइजेज’ स्थापना गरेका थिए। सुरुमा सुन पसलबाट सामान्य रूपमा सुरु भएको यो व्यवसायले आकर्षक ब्याजको प्रलोभन देखाएर सर्वसाधारणबाट मनोमानी ढंगले बचत संकलन गर्न थाल्यो। ग्राहकको विश्वास जित्नका लागि संस्थाले आफ्नो नामको पछाडि ‘विश्वासको प्रतीक’ उपनाम जोडेको थियो।
तर, सुन पसलबाट प्रत्यक्ष रूपमा बचत तथा ऋणको कारोबार गर्नकानूनी रूपमा रोक भएपछि विसं २०६६ मा ‘बराह बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरियो। सहकारीको साख र पासबुक प्रयोग गरेर संकलन गरिएको अधिकांश रकम बराह ग्रुप अन्तर्गत रहेका १४ भन्दा बढी सहायक कम्पनीहरूमा लगानी गरियो। विसं २०६९ मा संस्थापक इन्द्र लामिछाने हङकङ गएको बेला रहस्यमय रूपमा मृत भेटिएपछि उनका छोरा शिवकुमार विश्वकर्मा (लामिछाने) र परिवारले व्यवसायको कमान सम्हालेका थिए। कोभिड-१९ महामारीको समयपछि यो ग्रुप थप संकटमा पर्दै गएको थियो।
पोखरासहित देशैभर फैलिएको जालसाजीको साम्राज्य
बराह ग्रुपले आफ्नो ठगीको जालो धरानमा मात्र सीमित नराखी पोखरा, चितवन र काठमाडौंसम्मै विस्तार गरेको थियो। पोखरामा ‘गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि’ (न्युरोड) स्थापना गरेर यहाँका स्थानीय बासिन्दा र सर्वसाधारणको ठूलो रकम संकलन गरिएको थियो। यसैगरी काठमाडौंमा इन्द्र बराह ट्राभल्स एन्ड टुर्स, बराह ज्वेलरी इन्डस्ट्रिज, बराह प्रपर्टी सर्भिसेज, बराह नेसनल इन्भेस्टमेन्ट, चितवनमा नारायण बराह ज्वेलरी इन्डस्ट्रिजलगायत दुई दर्जनभन्दा बढी कम्पनीहरू खडा गरी सहकारीको निक्षेप ती संस्थाहरूमा प्रवाहित गरिएको थियो। नेपालबाहेक यूएई, हङकङ र बेलायतमा समेत उनीहरूले कम्पनी खोलेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीको विस्तृत अनुसन्धान प्रतिवेदन अनुसार बराह सहकारीको दायित्व मात्रै १० अर्ब ८९ करोड ९५ लाख रुपैयाँभन्दा बढी पुगेको छ। सहकारीले कुल १० अर्ब ७३ करोड ४३ लाख रुपैयाँ अपचलन गरेको दाबीसहित यसअघि नै जिल्ला अदालत सुनसरीमा २६२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। सहकारीमा जनताले जम्मा गरेको करोडौं रकम हिनामिना भए पनि सहकारीको खातामा भने जम्मा ७ लाख २७ हजार रुपैयाँ मात्र बैंक मौज्दात रहेको पाइएको थियो। देशभरका विभिन्न शाखा र कम्पनीमार्फत यो समूहले करिब १४ अर्ब रुपैयाँ डुबाएको अनुमान गरिएको छ।
कर्मचारीका नाममा फर्जी ऋण र पारिवारिक मिलेमतो
बराह ग्रुपले सहकारीको रकम अपचलन गर्न निकै चलाखीपूर्ण तरिका अपनाएको थियो। सहकारीको सफ्टवेयरको तथ्यांकमा कैफियत लुकाउन २६ जना कर्मचारीका नाममा १५ करोड ८४ लाख रुपैयाँसम्मको ऋण देखाएर उक्त रकम प्रत्यक्ष रूपमा बराह ज्वेलरीको खातामा लगिएको खुलासा भएको छ। पछि कर्मचारीहरूले यसको विरोध गरेपछि कागजातबाट कर्मचारीको नाम हटाइएको थियो। त्यيस्तै, सहकारीका तत्कालीन अध्यक्ष मानबहादुर विश्वकर्माले आफ्नै छोरा संयोग दियाली विकको नाममा समेत लाखौँ रुपैयाँ ऋण निकालेर ज्वेलरीमा प्रयोग गरेको भेटिएको छ।
मुख्य अभियुक्त शिव लामिछाने, उनका स्व. बुबा इन्द्रकुमार विश्वकर्मा, बहिनी मन्दिरा लामिछाने तथा अन्य सञ्चालकहरूको नाममा अर्बौं रुपैयाँको हिनामिना देखिएको छ। यसअघि नै प्रहरीले यस प्रकरणमा जोडिएका मुख्य व्यक्तिहरूका परिवारजन तथा सञ्चालकहरूलाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेहरूमा अध्यक्ष शिव लामिछानेकी श्रीमती रिना राईसमेत छिन्, जसले संकट उत्पन्न भएपछि सम्बन्धविच्छेदको नाटकसमेत गरेकी थिइन्।
बराह ग्रुपको यो ठगी काण्डका कारण पोखरा र धरानलगायतका क्षेत्रका हजारौं साधारण बचतकर्ताहरूको बिचल्ली भएको छ। पीडितहरूको पक्षबाट हजारौंको संख्यामा जाहेरी दर्ता भइसकेको छ भने मुख्य नाइके शिव लामिछानेको पक्राउले न्याय पाउने आशामा रहेका पीडितहरूले सम्पूर्ण रकम छिटोभन्दा छिटो फिर्ता गराउन र कडा कानुनी कारबाहीको माग गरेका छन्।
मुलुकको वित्तीय इतिहासकै सबैभन्दा कहालीलाग्दो र ठूलो सहकारी ठगी प्रकरणका रूपमा ‘बराह काण्ड’ को भयानक पर्दाफास भएको हो । भोजपुरबाट धरान झरेर सानो सुन व्यवसायबाट सुरु गरिएको एउटा पारिवारिक व्यापार कसरी सर्वसाधारणको पसिना लुट्ने ११ अर्ब ८ करोडभन्दा बढीको विशाल ठगी साम्राज्यमा बदलियो भन्ने सनसनीपूर्ण तथ्य बाहिर आएको हो। सरकारी वकिलको कार्यालयले सर्वसाधारणको अर्बौं रुपैयाँ सुनियोजित रूपमा अपचलन गरेको ठहर गर्दै मुख्य नाइके शिवकुमार लामिछाने (विश्वकर्मा) सहित २६६ जनाविरुद्ध सुनसरी जिल्ला अदालतमा औपचारिक रूपमा अभियोगपत्र दायर गरेसँगै यो महाघोटालाको कानुनी छिनोफानो सुरु भएको छ।
विसं २०५२ मा इन्द्रकुमार विश्वकर्माले धरानमा स्थापना गरेको ‘बराह सुनचाँदी पसल’ पछि ‘बराह ज्वेलरी इन्डस्ट्रिज’ हुँदै विशाल ग्रुप अफ कम्पनीका रूपमा फैलिएको थियो। तर, विसं २०६९ माघमा संस्थापक इन्द्रकुमारको निधन भएपछि उनकी पत्नी विष्णुमाया र त्यसपछि एकमात्र छोरा शिवकुमार लामिछाने (विश्वकर्मा) को हातमा नेतृत्व पुगेसँगै यो व्यावसायिक साम्राज्यले ठगीको भयावह रूप लिएको अनुसन्धानबाट खुलेको छ।
प्रहरी अनुसन्धान र अदालतमा पेस गरिएको अभियोगपत्रले बचतकर्ताको विश्वासमाथि गरिएको चरम खेलबाडको डरलाग्दो चित्र प्रस्तुत गरेको छ। बराह सहकारीमा आमनागरिकले भविष्यको सहारा सम्झेर जम्मा गरेको बचत रकमलाई सहकारीको कानुनी दायरा र खातामा राख्नुको सट्टा सिधै ‘बराह ज्वेलरी इन्डस्ट्रिज प्रालि’ को सफ्टवेयरमा इन्ट्री गरेर संस्थागत रूपमै अपचलन गरिएको रहस्य बाहिरिएको हो। सर्वसाधारणलाई १८ प्रतिशतसम्मको चर्को र आकर्षक ब्याजदर तथा विभिन्न प्रलोभनको पासोमा पारेर संकलन गरिएको अर्बौं रुपैयाँ कानुनको धज्जी उडाउँदै ३१ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूमा गैरकानुनी रूपमा लगानी गरिएको पाइएको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त