
१जंगलमै पाँच साता बास बसेर सोवाङधुरीसम्म पदमार्ग तयार
२दबाब र प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न आईजिपीको निर्देशन
३सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
४भारत भ्रमणमा राष्ट्रिय हित र रणनीतिक आर्थिक साझेदारीलाई प्राथमिकता दिन सुझाव
५२२ करोडको हेरोइनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ
६सराङकोट बालसुधार गृहबाट फरार बालबन्दी १८ घण्टामैं पक्राउ
७तराईबाट राष्ट्रिय आस्थाको पर्व बनेको छठले आध्यात्मिक आकर्षण बढाउँदै
८अध्यक्षसहित दुई सदस्य समितिमा बस्न नमानेपछि समितिलाई नयाँ स्वरूप दिने तयारी
९इनमसँग शंकास्पद कारोबार देखिएका कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश पक्राउ
१०डीडीसीको करोडौं अनियमितता प्रकरण : विराटनगर आयोजना प्रमुख शर्मा पक्राउ
११कांग्रेस देउवा पक्षको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते पोखरामा हुने
१२रोकिराखेको बोलेरोमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७फ्लोअप: ‘बाल यौन दुरुपयोग’मा जर्मन नागरिक दोषी ठहर, देश निकाला
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
१०पोखराको प्राकृतिक तथा ऐतिहासिक सम्पदामाथि दोहनको श्रृंखला-तत्काल रोकियोस्
११डा. मनोज केसी नेपाल प्रहरीको ३४औं महानिरीक्षक
१२आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
सन्तोष गौतम, म्याग्दी, २ मंसिर । रघुगंगा गाउँपालिका-७ चिमखोलाका बासिन्दाहरूले जंगलमै पाँच सातासम्म बास बसेर एउटा ऐतिहासिक काम सम्पन्न गरेका छन्। समुद्री सतहबाट ३८४० मिटर उचाइमा रहेको पर्यटकीय गन्तव्य सोवाङधुरीसम्म जोड्ने पाँच किलोमिटर लामो पदमार्ग निर्माण भएको छ। गाउँपालिकाले विनियोजन गरेको नौ लाख रुपैयाँको बजेटबाट चिमखोलाका ३० जना मजदुरले डेढ मिटर फराकिलो, घोडा-खच्चरसमेत हिँड्न मिल्ने यो पदमार्ग बनाएका हुन्।
उपभोक्ता समिति अध्यक्ष तारा गर्बुजा पुनले भने, ‘भिरपाखा र अप्ठ्यारा ठाउँमा ढुङ्गाको सिँढी बनाएर, झाडी फाँडेर र माटो काटेर हामीले यो पदमार्ग तयार पारेका छौं। बस्तीदेखि टाढा भएकाले मजदुरहरू गोठ बनाएर जंगलमै बसे। घाम, पानी, झरी र बादल नभनी काम गरेका छौं।’ यो मेहनत अब म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गको एउटा महत्वपूर्ण कडी बनेको छ।
सोवाङधुरीबाट संसारकै सातौँ अग्लो ७१६७ मिटरको धौलागिरि हिमालको फेददेखि चुचुरोसम्मको अद्भुत दृश्य अवलोकन गर्न सकिन्छ। सूर्योदयसँगै गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरी, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खला एकै नजरमा देखिन्छन्।
बागलुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्तीहरूको मनोरम पहाडी दृश्यले पर्यटकको मन लोभ्याउँछ। वसन्तयाममा जंगलभरि विभिन्न रङका लालीगुराँस फुल्दा यो बाटो नै एउटा जीवन्त चित्र बन्छ। घोरल, मृग जस्ता जनावर र पाँचऔँले, सेदक चिनी जस्ता जडिबुटीहरूले यस क्षेत्रको प्राकृतिक सम्पन्नता थप उजागर गर्छन्।
चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि नै चिमखोला-पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङधुरी जोड्ने यो बाटो पहिचान गरेको थियो। अहिले त्यो सपना साकार भएको छ।
चिमखोलाबाट हिँड्न सक्नेले एक दिनमा र बिस्तारै हिँड्नेले दुई दिनमा सोवाङधुरी पुग्न सक्छन्। अघिल्लो पुस्तासम्म चिमखोलाबासीहरू बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरीसम्म पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसी झर्ने गर्दथे। आज त्यही ऐतिहासिक बाटो पर्यटनको नयाँ सम्भावना बनेको छ।
पदमार्ग र सोवाङधुरीको प्रचारप्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको छ। वडाध्यक्ष थकबहादुर पाइजाले यस वर्ष पर्यटन प्रवर्द्धनका लागि थप तीन लाख बजेट विनियोजन भएको जानकारी दिए। चिमखोलाका मोती तिलिजा पुनका परिवारले व्यक्तिगत लगानीमा दृश्यावलोकन स्थलमा घेराबार र खानेपानीको व्यवस्था मिलाउने तयारी गरेका छन्।
तारा गर्बुजा पुन, लोकिन पुन, गोपिन पुन र हिरे पुनले काठ र जस्तापाटा प्रयोग गरी २० जना क्षमताको आश्रयस्थल भवन निर्माण गरिसकेका छन्। हिउँ पग्लेर र आकाशको पानी संकलन हुने ड्रमहरू राखिएका छन् भने सार्वजनिक शौचालय पनि निर्माण भइसकेको छ। यी सबै व्यवस्थाले पर्यटक र गोठाला दुवैलाई सुविधा पुर्याएको छ।
रघुगंगा गाउँपालिकाले चिमखोला-सोवाङ-दोवा जोड्ने पदमार्गको सर्वेक्षण गरी सिसर्का र सिजीमा आश्रयस्थल भवन तथा थप पदमार्ग निर्माणका लागि संघीय सरकारसँग प्रस्ताव पठाइसकेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको पहलमा पर्यटन विभागले दोवा-सोवाङ-चिमखोला पदमार्गको सम्भाव्यता अध्ययनसमेत गरेको छ। यसअघि २०६८ सालमा नै धौलागिरि आइसफल पदमार्गको अध्ययन भएको थियो जसले रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च पहाडी धुरीहरू हुँदै मुस्ताङको लेतेसम्म जोड्ने ठूलो सम्भावना बोकेको छ।
स्थानीयको अथक मेहनत, गाउँपालिकाको सहयोग र प्राकृतिक सौन्दर्यको अनुपम संगमले सोवाङधुरी अब म्याग्दीको पर्यटन नक्सामा एउटा चम्किलो बिन्दु बनेको छ। यो पदमार्गले मात्र बाटो जोडेको छैन, स्थानीयको सपना, परिश्रम र भविष्यको आशा पनि जोडेको छ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
३प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
४बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
५बदनाम प्रहरी प्रमुख दानबहादुर कार्की बर्खास्त