
१रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
३रिलायन्स फाइनान्स पोखरा शाखाद्वारा रक्तदान
४पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
५मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
६रवि, जिबी र छविसहित अन्य प्रतिवादीको पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता
७नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
८फेवातालमा डुबेर काँहूखोलाका रिवाज गुरुङको मृत्यु
९बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
१०अमरसिंह चोकका ५२ व्यापारिक टहरा हटाइए, सार्वजनिक जग्गा खाली गराउने महानगरको अभियान तीव्र
११स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
१२कास्की जिल्ला बारमा आलेको नेतृत्वमा नयाँ कार्यसमिति
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
६‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
७उपाध्यक्ष विजय र ‘गण्डकी छड्के’का चन्द्र विकको मिलेमतोमा सहकारीको २७ लाखभन्दा बढी ठगी
८कास्की बार निर्वाचनमा ‘स्वतन्त्र कानुन व्यवसायी’ समूहद्वारा मनोनयन दर्ता
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
१०आयुर्वेद उपचारका नाममा पोखरामा ‘ठगी धन्दा’: अवैध औषधीको बिगबिगी
११बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
१२कास्कीमा एम्बुलेन्स सेवालाई व्यवस्थित बनाउन अनिवार्य ‘जीपीएस’ देखि चालकको पोशाकसम्मको निर्णय
दमौली । गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेको मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्रे हुने भएको छ । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको हो ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सडक कालोपत्रेको बिहीबार शिलान्यास गर्नुभएको छ । पहिलो चरणमा तनहुँको घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सिमानासम्म ११ किलोमिटर सडक कालोपत्रे तयारी गरिएको छ ।
भौतिक मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार ७९३ का लागतमा उक्त मार्ग कालोपत्रे हुन लागेको हो । रु ३५ करोड १४ लाख ७४ हजार १०९ लागत अनुमान गरिए पनि हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार ३१६ कम रकममा सडक कालापत्रेको ठेक्का पाएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ॐराज ढुङ्गानाले जानकारी दिनुभयो ।
सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारी शुरु भएको र लकडाउनको असरका कारण काम शुरु हुन सकेको थिएन । निर्माण कम्पनीले उक्त मार्गमा सडक चौडाइ बनाउने काम शुरु गरिसकेको निर्माण कम्पनीका सञ्चालक हरि ढकालले जानकारी दिनुभयो । कुनै बाधा नभई बजेट विनियोजन भएका खण्डमा समयमै काम सम्पन्न गरिने ढकालले प्रतिबद्धता जनाउनुभयो ।
घिरिङ गाउँपालिका–४ मानपुरबाट शुरु भएर डेढगाउँको सिमानासम्मको खण्डमा सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । विसं २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्रे गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहने छ भने साढे पाँच मिटरको कालोपत्रे र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रेका लागि यस वर्ष रु चार करोड ५० लाख बजेट विनियोजन भएको छ ।
सो अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले तोकिएका समयमा गुणस्तरीय काम गर्न सरोकार पक्षलाई निर्देशन दिँदै कालोपत्रेका क्रममा आउने सक्ने विवाद समाधानका लागि गाउँपालिकाले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
विकास निर्माणका लागि प्रदेश सरकारले योजना बनाएर काम अगाडि बढाएको बताउँदै मन्त्री गुरुङले भविष्यमा सो मार्ग राष्ट्रिय मार्गका रुपमा विकास हुने बताउनुभयो । “भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको यो बाटो कालोपत्रे भएपछि यस क्षेत्रको समृद्धिको ढोका खुल्छ”, मन्त्री गुरुङले भन्नुभयो । मानपुरदेखि डेढगाउँ, डेढगाउँदेखि कावासोती र कावासोतीदेखि त्रिवेणीसम्म जोडिने सो मार्गलाई क्रमशः कालोपत्रे गर्दै लैजाने सरकारको योजना रहेको बताइएको छ ।
भौतिकमन्त्री बस्नेतले पहिलो चरणमा तनहुँखण्ड र दोस्रो चरणमा नवलपुरखण्ड कालोपत्रे गरिने बताउँदै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई सचेत गराउनुभयो ।

घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले उक्त सडक कालोपत्रे भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने भन्दै खुशी व्यक्त गर्नुभयो । “पहाड र तराई जोड्ने महत्वपूर्ण मार्गका रुपमा यस सडक कालोपत्रे भएपछि विभिन्न जिल्लाका हजारौँ जनता लाभान्वित हुन्छन्”, उहाँले भन्नुभयो, “यो मार्ग घिरिङको समृद्धिको प्रवेशद्वार हो ।”
बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले सडक कालोपत्रे भएपछि पोखरा र अन्यत्र जान सहज हुने भएकाले यस क्षेत्रका बासिन्दा खुशी रहेको बताउनुभयो । भौतिक मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले तोकिएकै समयमा गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।
विसं २०५१ मा सामान्य मार्ग खुलेको थियो । स्थानीयवासी श्यामकुमार श्रेष्ठले भन्नुभयो, “यो मार्ग हुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धुलोको एकदमै समस्या छ, कालोपत्रे भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ,” उहाँले भन्नुभयो, “विगतमा नेताहरुले यस बाटोलाई भोट बैङ्कको रुपमा मात्रै प्रयोग गरे, अहिले आएर बल्ल सपना साकार हुने क्रममा छ ।”
अग्लो डाँडामा कार्यपालिका बैठक :
जिल्लाको सबैभन्दा अग्लो डाँडा छिम्केश्वरीमा आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाको कार्यपालिका बैठक आज यहाँ बस्न लागेको हो ।
प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको सो ठाउँको प्रचारप्रसारका लागि कार्यपालिका बैठक छिम्केश्वरी माईको प्राङ्गणमा आयोजना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । “तनहुँकै सबैभन्दा अग्लो डाँडा छिम्केश्वरी पर्यटन र धार्मिक हिसाबले निकै महत्वपूर्ण छ, यसकै प्रचारप्रसारका लागि पहिलो पटक कार्यालयभन्दा बाहिर कार्यपालिका बैठक बस्दैछ”, उहाँले भन्नुभयो ।
समुद्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।
गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साहिँली गोरखकालीमाई, काहिँली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
छिम्केश्वरी मन्दिर पुग्नका गत वर्ष प्रदेश सरकारको सहयोगमा ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ । रु ४० लाखको लागतमा मन्दिरसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको हो । गाउँपालिकाले लाब्दीदेखि केही माथिसम्म गत वर्ष नै बाटासमेत विस्तार गरेको छ । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करीब दुई घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो । आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ ।
१रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
४पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
५पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला