
१रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
२स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
३विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
४बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
५स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
६पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
७ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
८सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
९प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१०रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
पूर्णप्रसाद मिश्र । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी चार भाषाका शब्दको अर्थ थाहा पाउन सकिन्छ । शब्दकोशमा चारवटै भाषाका गरी चार लाख शब्दको अर्थ समावेश गरिएको छ । शब्दकोष एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी उपयोग गर्न सकिन्छ । यसैगरी वेबसाइटमा केएन स्वामी डटकममा गएपछि चार भाषाका करिब चार लाख शब्द खोज्न सकिने शब्दकोश निर्माणकर्ता स्वामी केशवानन्दले राससलाई जानकारी दिनुभयो । यी चार भाषाका शब्द ‘फूल टेक्स्ट’ खोज्न यो एप र वेबसाइट उपयोगी हुनेछ । एउटा शब्दको चारै भाषाका अर्थ थाहा पाउन सकिनेछ ।
शब्दकोशमा संस्कृतबाट नेपालीका एक लाख, संस्कृतबाट संस्कृतका डेढ लाख, संस्कृतबाट हिन्दी ५० हजार र संस्कृतबाट अङ्गे्रजीका ५० हजार गरी चार लाख शब्द सामावेश गरिएको छ । धातु र त्यसको कृदन्त रूप ५० हजार गरी चार लाख शब्दको ज्ञान कोशबाट वेबसाइट वा एपमा गएर हेर्न सकिने गरी समावेश गरिएको उहाँले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत वर्ष चैतमा सरकारले बन्दाबन्दी जारी गरेपछि स्वामी केशवानन्द गिरिको नेतृत्वमा शब्दकोश निर्माणका लागि काम शुरु भएको हो ।
संस्कृत शब्दको अर्थ जान्न चाहने, संस्कृतका विद्यार्थी, अध्ययन एवं अनुसन्धान गर्न चाहनेका लागि शब्दकोश उपयोगी छ । शिलालेख, प्राचीन अभिलेख लगायतका सामग्रीको अध्ययनका लागि पनि यो शब्दकोश महत्वपूर्ण सामग्री हुनेछ । संस्कृतका दुई शब्दकोश ‘वाचस्पत्यम्’ र ‘शब्दकल्पद्रुम’ का सबै शब्द टाइप गरेर विद्युतीय माध्यमबाट हेर्न सकिने बनाइएको छ । ‘वाचस्पत्यम्’ सन् १८७० मा तारानाथ तर्क वाचस्पति भट्टाचार्यले तयार पारेको कोश हो । यसैगरी ‘शब्दकल्पद्रुम’ सन् १८५९ मा राजा राधाकान्तदेवले तयार पारेको कोश हो । दुवै कोशका सबै शब्द विद्युतीय माध्यममा राखिएको छ ।
यसैगरी वामन शिवराम आप्टेको सन् १९६६ मा प्रकाशित संस्कृत–हिन्दी र सन् १८९० मा प्रकाशित संस्कृत–अङ्ग्रेजी कोशका समेत सबै शब्द विद्युतीय माध्यममा राखिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गरेको बृहत् नेपाली–संस्कृत शब्दकोश, कुलचन्द्र गौतमको संस्कृत–नेपाली कोश, संस्कृत–कन्नड कोश, मुनियर निलिम्सको संस्कृत–अङ्ग्रेजी कोश पनि टाइप गरेर विद्युतीय माध्यममा समावेश गरिएको छ । यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशका पनि सबै शब्द अब एण्ड्रोइड एप र वेबसाइटमा एकसाथ राखिएको छ ।
धातुको व्युत्पत्ति भने केशवानन्दले आफैँ अनुवाद गरेर राख्नुभएको हो । नेपाली कोशमा व्युत्पत्ति र धातुको अर्थ थपेर समावेश गरिएको छ । यसैगरी धातुमा उपसर्ग लगाउँदाको अर्थ समेत विद्युतीय माध्यमबाट खोजी गर्न सक्ने गरी समावेश गरिएको छ । धातुको रूप भने केही समयमा राख्ने सोचमा उहाँ हुनुहुन्छ । यी सबै विषय समावेश गरिएको एकीकृत कोश विश्वमै पहिलो भएको उहाँको भनाइ छ । यस वर्ष विजयादशमीको अवसरमा यो विद्युतीय कोश शुभारम्भ गरिएको हो ।
कोशको मोबाइल एप हालसम्म तीन हजार जनाले डाउनलोड गरिसकेका छन् । डाउनलोड गर्नेबाट आएको प्रतिक्रिया सकारात्मक रहेको जनाइएको छ । एण्ड्रोइड फोनका फाइभ भर्जनभन्दा माथिका मोबाइलमा यो कोश खुल्ने गरेको छ । मोबाइल एप १२६ एमबीको भएकाले एक जिबी डाटा आवश्यक पर्नेछ । कोश एप र वेबसाइटमा उपलब्ध भएपछि यसका प्रयोगकर्ता ठूला ठूला शब्दकोश बोकेर हिँड्नुपर्ने, पल्टाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । प्रयोगकर्ताका माझ यो सजिलो शब्दकोशका रूपमा आएको छ ।
डा रामानन्द गिरिबाट सङ्कलनको प्रेरणा
शब्दकोश सङ्कलनको प्रेरणा स्वामी केशवानन्दलाई उहाँका गुरु स्वामी डा रामानन्द गिरिबाट मिलेको हो । महेश संस्कृत गुरुकुल देवघाटमा कक्षा ७ र ८ मा अध्ययनका क्रममा डा रामानन्दले कापीमा तयार पार्न लगाउनुभएको करिब ३०० पृष्ठको संस्कृत–नेपाली शब्दकोश यो बृहत् कामको प्रेरणाका रूपमा रहेको उहाँ सुनाउनुहुन्छ । कक्षा ९ र १० मा अध्ययनका क्रममा विसं २०५८ तिर कम्प्युटरसमेत सिक्न पाएपछि कोशलाई प्रविधिमा जोडेर वेबसाइटमा उपलब्ध गराउने इच्छा उहाँमा जागृत भएको थियो ।
शब्दकोशमा आफूले चाहेको शब्द टाइप गरेर खोज्न सकिन्छ । चाहेको शब्द नेपाली वर्णानुक्रमानुसार समेत खोज्न सकिन्छ । धेरैजसो आवश्यक पर्ने शब्दलाई प्रयोगकर्ताले ‘फेवरेट’ बनाएर राख्न सक्ने सेवा पनि विद्युतीय शब्दकोशमा उपलब्ध छ । एउटा शब्द राख्ने बित्तिकै त्यसका चारै भाषाका अर्थ हेर्न सकिन्छ । यसमा संस्कृतका पर्यायवाची शब्द पनि जोड्ने लक्ष्यमा स्वामी हुनुहुन्छ । शब्दकोशलाई ‘आइवोएस’ प्रविधिमा डेभलप गरी अझ बढी प्रयोगकर्तालाई सेवा दिने लक्ष्यसमेत राखिएको छ । ‘आइवोएस’ प्रविधिमा डेभलप गर्न रु ६५ हजार लाग्ने भएकाले स्रोत व्यवस्थापनको काम भइरहेको जनाइएको छ ।
निःशुल्क सेवा
गुरुकुलमा आफूले निःशुल्क शिक्षा आर्जन गरेकाले करिब रु ५० लाखको लागतमा यो विद्युतीय कोश निर्माण गरी बिना शुल्क पाठकका लागि उपलब्ध गराएको उहाँले बताउनुभयो । विद्युतीय कोशमा कुनै पनि विज्ञापनसमेत राखिएको छैन । विज्ञापन राखेर आर्जन गर्दा पाठक एवं खोजकर्ताको ध्यान विज्ञापनतिर जाने भएकाले निःशुल्क हेर्न सकिने व्यवस्था मिलाइएको स्वामी केशवानन्द बताउनुहुन्छ ।
बन्दाबन्दीका शुरुका छ महिना बिहान पाँच बजेदेखि राति ११ बजेसम्म आफू र आफ्ना छ जना शिष्य खटेर गिरिले कोश तयार पार्नुभएको हो । कोशको वेबसाइट नवीकरणका रूपमा वार्षिक रु ३० हजार खर्च गर्नुपर्ने हुन्छ ।
पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै केशवानन्द
नेपालीमा प्रयोग हुने करिब ७५ प्रतिशत संस्कृतका शब्द जान्न पनि यो कोश उपयोगी हुनेछ । पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोडेर उहाँले जिज्ञासुका लागि अध्ययन एवं अनुसन्धान गर्न सहज बनाइदिनुभएको छ । वाजसनेयि–माध्यन्दिन–शुक्लयजुर्वेद–संहितालाई केएन स्वामी युनिकोड फन्ट तयार पारी उहाँकै सम्पादनमा प्रकाशन भएको छ ।
शुक्लयजुर्वेदको यो पुस्तक आउनुअघि नेपाली प्रकाशनले निकालेको शुद्ध पुस्तक पाउन कठिन थियो । यसैगरी लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका दुई भाग पनि उहाँले प्रकाशन गरी संस्कृत पढ्न चाहने विद्यार्थीका लागि सहज बनाइदिनुभएको छ । लघुसिद्धान्त कौमुदीको नेपाली अनुवादका चार भागमध्ये दुई भाग प्रकाशोन्मुख छन् ।
आफूले गुरुकुलमा अध्ययनका क्रममा पाठ्यसामग्री पाउन मुस्किल भएको अनुभव पछिका विद्यार्थीले भोग्न नपरोस् भनी गिरिले यो काम गर्नुभएको हो । पूर्वीय वाङ्मयका यी पुस्तकको माग अमेरिका, क्यानाडा, अष्ट्रेलियालगायत देशमा रहेका बर्मा, भुटान, भारत र नेपालका नेपाली मूलका पाठकबाट भइरहेको छ ।
संस्कृत विश्वविद्यालयबाट ‘पाणिनिको अष्टाध्यायीमा अद्वैत दर्शन’ विषयमा विद्यावारिधि शोध गरिरहनुभएका गिरिको लक्ष्य पूर्वीय वाङ्मयलाई प्रविधिसँग जोड्दै विद्यार्थी एवं अनुसन्धाताका लागि सहज वातावरण बनाइदिनु रहेको छ ।रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति