
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पोखरा, ११ माघ । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका प्रा. डा. जगत तिमिल्सिना र नेकपा (एमाले) की सम्झना देवकोटा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतदानमा कांग्रेस र एमालेको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनीहरूले दुई तिहाइभन्दा बढी मतभार प्राप्त गर्दै विजय हासिल गरे। तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गरे भने देवकोटाले ५ हजार १४ मतभार पाइन्। यो निर्वाचनमा कुल २२३ मत खसेको थियो।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यका दुई पद रिक्त थिए। यसअघि २०७६ मा निर्वाचित भएका तत्कालीन माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र एमालेकी भगवती न्यौपानेको कार्यकाल सकिएपछि यो निर्वाचन भएको हो। देशभर १९ पदका लागि निर्वाचन आयोगले एकैदिन मतदान गरेको थियो।
कांग्रेसबाट निर्वाचित तिमिल्सिना पार्टीको प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन्। पार्टीले गण्डकीबाट ५० जनाको नाम सिफारिस गरे पनि केन्द्रले उनलाई उम्मेदवार बनाएको थियो। उनी प्रदेश वा जिल्लाबाट सिफारिस भएका थिएनन्।
एमालेबाट विजयी देवकोटा पटक–पटक निर्वाचनमा पराजित भइसकेकी छन्। २०८० को राष्ट्रिय सभा निर्वाचनमा उनी पराजित भएकी थिइन्। त्यसबेला कांग्रेस र माओवादीको गठबन्धन थियो। यसअघि २०७४ को स्थानीय निर्वाचनमा गोरखा नगरपालिकाको उपमेयर र २०७९ मा मेयर पदमा पनि उनी पराजित भएकी थिइन्।
गण्डकी प्रदेशमा निर्वाचनका लागि ५७ जना प्रदेश सांसद र १६९ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल मतदाता थिए। प्रदेशमा ६० सांसद रहने व्यवस्था भए पनि मनाङबाट निर्वाचित राजीव गुरुङ ‘दीपक मनाङे’ कारागारमा रहेकाले उनको सांसद पद खारेज भएको छ। यसबाहेक राप्रपाका दुई सांसद, केही स्थानीय तहका प्रमुख/उपप्रमुख मतदानमा उपस्थित भएनन्।
बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सहकारी ठगी अभियोगमा कारागारमा छन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका छन्। वालिङ नगरपालिकाकी उपप्रमुख कविता गैरे जर्मनीमा पारिवारिक काममा रहेकी छन्। मनाङको नार्पाभूमी गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा पनि मतदानमा सहभागी भएनन्। यी निर्वाचित सदस्यहरूले अब राष्ट्रिय सभामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन्।