
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
पोखरा, २८ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको दाबी गरेका छन्। उनले विपक्षी दलहरू, बुद्धिजीवी तथा पत्रकारहरूले समेत नेकपाको प्रदर्शन अपेक्षाभन्दा राम्रो हुने निष्कर्ष निकालिसकेको जिकिर गरे।
पोखरामा बुधबार आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो मैले मात्रै भनेको होइन— हाम्रा विपक्षी राजनीतिक दल, बुद्धिजीवी, पत्रकार सबैले आजभोलि भन्न थालेका छन् कि नेपाली कम्युनिस्ट पार्टीको सोचेभन्दा राम्रो हुँदै गएको छ। यसमा कसैको विमति छैन।’
उनले विगतमा केहीले नेकपालाई कमजोर ठानेर ’एकदम कम ल्याउँछ, भनेजस्तो आउँदैन’ भन्दै हेपेको उल्लेख गर्दै अहिले स्थिति उल्टिएको बताए। ‘पहिला त हामीलाई हेप्थे, अब बजारमा चर्चा छ— नेकपा कम्पिटिसनमा गयो, चारवटाको बीचमा कडा प्रतिस्पर्धा हुन्छ भन्ने,’ प्रचण्डको भनाइ थियो।
प्रचण्डले प्रत्यक्ष निर्वाचनतर्फ नेकपाको राम्रो नतिजा आउने देखिएको दाबी गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई सबैभन्दा उत्कृष्ट पार्टी बनाउने गरी मेहनतका साथ प्रचार अभियानमा जुट्न निर्देशन दिए।
उनले नयाँ भनिएका राजनीतिक दलहरूले केही नयाँ ठाउँमा मात्र माहोल देखाए पनि पुराना आधार क्षेत्रमा प्रभाव नपारेको टिप्पणी गरे। ‘हाम्रो नेकपा, नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच देशभरि कडा प्रतिस्पर्धा हुँदैछ— यो कुरा सबैले स्वीकारेका छन्,’ उनले भने।
प्रचण्डको विश्वास छ-आउँदा १०–१५ दिनभित्र नेकपा अगाडि बढेर ‘टप’ मा पुग्ने वातावरण बन्नेछ। “हामी सबैले मेहनत गर्यौं भने अहिले त्यो परिस्थिति बन्दैछ,” उनले जोड दिए।
संयोजक प्रचण्डले फागुन २१ गते तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुने बताउँदै पार्टीका कार्यकर्तालाई तुरुन्तै चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन्। कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “निर्वाचन हुँदैन कि भन्ने शंका अब हटेको छ। अबको तीन हप्ता पूरै पार्टीले चुनावी अभियानमा लगाउनुपर्छ।”
उनले यो निर्वाचन जेनजी आन्दोलनपछि बनेको असामान्य अवस्थामा हुँदै गरेको उल्लेख गर्दै देशभरका नेता, कार्यकर्ता र शुभेच्छुकहरूले आफ्नो ठाउँबाट सक्रिय भएर नेकपालाई बलियो बनाउनुपर्नेमा जोड दिए। ‘आजैदेखि खटिएर आफ्ना उम्मेदवारलाई जिताउन अघि बढ्नुहोस्,’ उनको आह्वान थियो।
यसैगरी, अन्य पार्टीसँग तालमेल वा समीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पार्दै उनले भने, ‘कुनै पनि किसिमको तालमेल वा गठबन्धन गर्दैनौं। आफ्नै खुट्टामा उभिएर जनताको विश्वास जितेर संसद्मा सबैभन्दा ठूलो पार्टी बन्न चाहन्छौं।’
अन्त्यमा, उनले चुनावी अन्तिम चरणमा नेकपाले उम्मेदवारी फिर्ता लिने वा अन्यसँग मिल्ने जस्ता हल्ला फैलाउने प्रयास हुन सक्ने भन्दै कार्यकर्तालाई त्यसप्रति सजग रहन पनि आग्रह गरेका छन्।