News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य मनोरञ्जन समाचार

गायिका स्मीताको मालिङ्गो सार्वजनिक, राजेश हमाल पनि म्युजिक भिडियोमा

काठमाडौँ । गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको गीतको म्युजिक भिडियोमा स्मीता महानायक राजेश हमालको जोडीका रुपमा देखिनुभएको छ । स्मीता र लोकप्रिय सर्जक राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पु¥याउने हकरको भूमिकामा देखिनुभएको छ । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा शिवाकोटीको सङ्गीत, उदयराज पौडेलको संयोजन, श्यामश्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भूपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ ।

सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिच्नुभएको हो । भिडियो सरोज ओलीको निर्देशनमा तयार भएको हो ।