
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
दमौली । तनहुँ जिल्लामा निःशुल्क पशु बीमा कार्यक्रम शुरुआत भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लाभित्रका पशुपालक किसानका लागि बीमा कार्यक्रम शुरुआत गरिएको हो ।
चालु आर्थिक वर्षदेखि गण्डकी प्रदेशको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरेको रु ९० लाख बजेटमार्फत कार्यक्रम शुरु भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । “यसअघि जिल्लाभित्रका पशुपालक कृषकले पशुपक्षी बीमाबापतको रकमको २५ प्रतिशत रकम आफैँले व्यहोर्नु पथ्र्यो,” उहाँले भन्नुभयो, “अब यो कार्यक्रम लागू भएसँगै किसानहरुले पशुवस्तुको बीमा गरेबापत कत्ति पनि रकम तिर्नु नपर्ने भएको छ ।” बीमा कार्यक्रमअन्तर्गत एकजना किसानले अधिकतम रु एक करोडसम्मको बीमा गराएबापत लाग्ने खर्च कार्यालयले व्यहोर्ने प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो ।
बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशु वस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । “किसानले बीमा कम्पनीमार्फत् पशु वस्तुको बीमा गर्छन्, बीमा गरिसकेपछि किसानले बीमाबापत भुक्तानी गरेको नगदी रसिद, बैँक खातासहित कार्यालयमा निवेदन दिनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसबाहेक कृषि फार्म भए फार्मको दर्ता प्रमाणपत्र र व्यक्ति भए नागरिकता उपलब्ध गराएपछि प्रक्रिया पु¥याएर रकम भुक्तानी गरिदिन्छौँ ।”
आर्थिक वर्ष ०७६/७७ मा ३६ हजार ४२१ पशुपक्षीको बीमा गरिएको केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष जिल्लामा रु ३८ करोड १६ लाख ४५ हजार मूल्य बराबरको पशुको बीमा गरिएको छ ।
चालु आर्थिक वर्षदेखि बीमा निःशुल्क हुने भएपछि यसतर्फ कृषकको थप आकर्षण बढ्ने भएको छ । बन्दीपुर गाउँपालिका–५ याम्पाका कृषक काशीनाथ भट्टराईले पशु बीमाले कृषकलाई सहयोग पुगेको बताउनुभयो । “पशुको मृत्यु भएको खण्डमा बीमामार्फत् राहत पाइन्छ, जसले गर्दा कृषकलाई मद्दत पुग्छ,” उहाँले भन्नुभयो, “मैले विगत सात वर्षदेखि गाईको बीमा गराउँदै आएको छु ।”
चालु आर्थिक वर्षदेखि ती बीमा निःशुल्क हुने भएपछि कृषकलाई राहत मिल्ने उहाँले बताउनुभयो । “चालु आर्थिक वर्षदेखि कृषकले बेहोर्नुपर्ने २५ प्रतिशत पनि सरकारले नै बेहोर्ने भएपछि कृषकलाई उत्साह मिलेको छ,” उहाँले भन्नुभयो । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले भने ग्रामीण भेगमा अझै पनि पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको जनाएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की