
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
वालिङ । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् ।
एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी हुने भएकाले सामूहिक रुपमा केराखेती थालेको सञ्चालक गोपालप्रसाद घिमिरेले बताउनुभयो । केराखेतीको सम्भावना राम्रो देखेर आम्दानीको रुपमा विकास गर्नका लागि चापाकोट–९ सुन्तलीटार निर्दिममा स्थानीयवासी गोपालप्रसाद घिमिरे, गङ्गाधर ज्ञवाली, मोहोनीलाल घर्ती र भूपराज घर्ती मिलेर गत वर्षदेखि ‘बीएफएफ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यवसाय थालेका हुन् ।
“बन्दाबन्दी भन्दा अगाडिको समयमा भारतबाट एक हजार ५०० केराका बेर्ना ल्याएर नर्सरी ग¥यौं” सञ्चालक घिमिरेले भन्नुभयो, “बन्दाबन्दीका समयमा बेर्ना तयार भएपछि लगायौं, अहिले उत्पादन दिन थालेको छ ।” समूहले वार्षिक ५० हजारका दरले २० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती थालेको सञ्चालक मोहोनीलाल घर्तीले बताउनुभयो ।
“अहिले १५ रोपनी क्षेत्रफलमा एक हजार ५०० केराका बोट छन्”, उहाँले भन्नुभयो, “अब बाँकी रहेको पाँच रोपनी क्षेत्रफलमा पनि केराका बोट थप गर्ने तयारी भइरहेको छ ।” रु सात लाखको लगानीमा थालिएको व्यवसायबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने सञ्चालकको भनाइ छ ।
“पानी तानेर सिँचाइ गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा पहिलो चरणमा खर्च भएको छ, आगामी वर्षमा खर्चमा कटौती हुने र नाफा बढ्दै जाने छ”, सञ्चालक घर्तीले भन्नुभयो । केरा बिक्रीबाट वार्षिक रुपमा रु चौध लाखका दरले पाँच वर्षमा रु सत्तरी लाख आम्दानी गर्ने दाबी सञ्चालकको छ ।
“यस समूहमा हामी सबै जना ५० वर्षभन्दा माथिका मात्रै संलग्न भई काम गरेका छौं”, सञ्चालक घिमिरेले भन्नुभयो, “युवाले पैसा कमाउनका लागि विदेशको विकल्प नदेखिरहेको अहिलेको अवस्थामा स्वदेशमै काम गर्न सके र बाँझो जमिनलाई सदुपयोग गर्न सकेको खण्डमा आम्दानीको स्रोत यहीँ छ भनेर उनीहरुलाई अभिप्रेरित गर्नका लागि पनि सहयोगी हुने विश्वास लिएको छु ।”
‘जी नाईन’ जातका केराका बिरुवा रहेको फार्ममा उत्पादन भएका केरा बिक्रीका लागि बजारको कुनै समस्या नरहेको सञ्चालक ज्ञवालीले बताउनुभयो । रासस