
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
वालिङ । स्याङ्जाको चापाकोटमा सामूहिक केरा खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा आयात प्रतिस्थापन गरी केराको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक केरा खेती शुरु गरिएको हो । चार जना किसानले सामूहिक केराखेती थालेका हुन् ।
एक्लाएक्लै भन्दा सामूहिक रुपमा ज्ञान सीप आदानप्रदान गर्दै काम गर्दा सहजता हुने र लगानीमासमेत साझेदारी हुने भएकाले सामूहिक रुपमा केराखेती थालेको सञ्चालक गोपालप्रसाद घिमिरेले बताउनुभयो । केराखेतीको सम्भावना राम्रो देखेर आम्दानीको रुपमा विकास गर्नका लागि चापाकोट–९ सुन्तलीटार निर्दिममा स्थानीयवासी गोपालप्रसाद घिमिरे, गङ्गाधर ज्ञवाली, मोहोनीलाल घर्ती र भूपराज घर्ती मिलेर गत वर्षदेखि ‘बीएफएफ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरी व्यवसाय थालेका हुन् ।
“बन्दाबन्दी भन्दा अगाडिको समयमा भारतबाट एक हजार ५०० केराका बेर्ना ल्याएर नर्सरी ग¥यौं” सञ्चालक घिमिरेले भन्नुभयो, “बन्दाबन्दीका समयमा बेर्ना तयार भएपछि लगायौं, अहिले उत्पादन दिन थालेको छ ।” समूहले वार्षिक ५० हजारका दरले २० रोपनी जग्गा भाडामा लिएर सामूहिक खेती थालेको सञ्चालक मोहोनीलाल घर्तीले बताउनुभयो ।
“अहिले १५ रोपनी क्षेत्रफलमा एक हजार ५०० केराका बोट छन्”, उहाँले भन्नुभयो, “अब बाँकी रहेको पाँच रोपनी क्षेत्रफलमा पनि केराका बोट थप गर्ने तयारी भइरहेको छ ।” रु सात लाखको लगानीमा थालिएको व्यवसायबाट पाँच वर्षसम्म आम्दानी लिन सकिने सञ्चालकको भनाइ छ ।
“पानी तानेर सिँचाइ गर्नुपर्ने भएकाले यसको व्यवस्थापनमा पहिलो चरणमा खर्च भएको छ, आगामी वर्षमा खर्चमा कटौती हुने र नाफा बढ्दै जाने छ”, सञ्चालक घर्तीले भन्नुभयो । केरा बिक्रीबाट वार्षिक रुपमा रु चौध लाखका दरले पाँच वर्षमा रु सत्तरी लाख आम्दानी गर्ने दाबी सञ्चालकको छ ।
“यस समूहमा हामी सबै जना ५० वर्षभन्दा माथिका मात्रै संलग्न भई काम गरेका छौं”, सञ्चालक घिमिरेले भन्नुभयो, “युवाले पैसा कमाउनका लागि विदेशको विकल्प नदेखिरहेको अहिलेको अवस्थामा स्वदेशमै काम गर्न सके र बाँझो जमिनलाई सदुपयोग गर्न सकेको खण्डमा आम्दानीको स्रोत यहीँ छ भनेर उनीहरुलाई अभिप्रेरित गर्नका लागि पनि सहयोगी हुने विश्वास लिएको छु ।”
‘जी नाईन’ जातका केराका बिरुवा रहेको फार्ममा उत्पादन भएका केरा बिक्रीका लागि बजारको कुनै समस्या नरहेको सञ्चालक ज्ञवालीले बताउनुभयो । रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की