
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
देउखुरी । कुनै समय पुरुषको एकाधिकार रहेको उद्यम क्षेत्रमा पछिल्लो समय महिलाले राम्रो काम गर्दै आएका छन् । आर्थिक स्तरोन्नतिसँगै समाजका लागि केही गरौँ भन्ने लक्ष्यका साथ उद्यममा पकड जमाउन महिला सफल भएका छन् ।
आवश्यक खर्च जुटाउन श्रीमान् र परिवारका अन्य सदस्यसँग निर्भर हुने महिलाले अहिले सफल उद्यमीको परिचय बनाइसकेका छन् । महिलाले सामूहिक र व्यक्तिगत रूपमा व्यवसाय गर्दै आएका छन् । स्थायी घर अर्घाखाँची रहनुभएका दिलु मगर वैदेशिक रोजगारीका लागि चार वर्ष लेबनान जानुभयो । घरेलु कामदारका रूपमा न्यून ज्यालामा काम गर्नुपरेको उहाँले सुनाउनुभयो । नेपालमा नै केही गर्ने सोच बनाएर नेपाल फर्कनुभएका मगरले घोराहीको भरतपुरमा रु १० लाख ५० हजार लगानीमा ‘अर्घाखाँची लेडिज कपडा पसल’ सञ्चालनमा ल्याउनुभएको छ । ‘‘लेबनानमा गएर घरेलु कामदार हुँदा धेरै दुःख पाइयो”, मगरले भन्नुभयो, “काम कसरी गर्नुपर्छ भन्ने लेबनानले सिकायो । त्यहाँको ऊर्जालाई नेपालमा प्रयोग गरेँ । कपडा बिक्रीबाट मासिक रु ९० हजार आम्दानी हुने गरेको छ ।”
मल्लरानी गाउँपालिका –३ चौरपानीका कमला गिरी र भूमा पौडेलको घोराहीमा २०७६ सालदेखि रु २५ लाख लगानीमा ‘नमूना सिलाइ तथा गार्मेन्ट’ उद्योग सञ्चालनमा छ । केही गर्नुपर्छ भन्ने सोचका साथ दुई मिलेर सिलाइ तथा गार्मेन्ट उद्योग खोली पाँच जनालाई रोजगारी दिनुभएको छ । उद्योगमा विद्यालय पोशाक, टिसर्ट, ट्रयाकसुट, शिक्षक र विद्यार्थीको पोशाक सिलाउने गरिएको र थप व्यवस्थापन गरेर उद्योग विस्तार गर्ने सोचाइमा रहेको पौडेलले बताउनुभयो ।
बंगलाचुली–४की सीता पाण्डेले घोराही– १५ मा कुटानीपिसानी गर्नका लागि मिल सञ्चालन गरेर स्वरोजगार बन्नुभएको छ । पिठो, चामल, दाल र मसला पिस्नका लागि खोलिएको मिलमा एक महिलालाई रोजगारी पनि मिलेको छ । सदरमुकाम बसाइँ सरेर व्यवसाय शुरु गर्नुभएको एक वर्ष भएको छ । रु २० लाख लागतमा शुरु गरिएको व्यवसायबाट उहाँले आम्दानी लिन शुरु गरिसक्नुभएको छ । “यति नै आम्दानी हुन्छ भन्न सकिन्न”, पाण्डेले भन्नुभयो, “कुनै महिना राम्रो आम्दानी हुन्छ त कुनै महिना कम, औसतमा मासिक रु ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।” उहाँलाई व्यवसायमा श्रीमान् रुद्रप्रसादले सहयोग गर्दै आइरहनुभएको छ ।
घोराही– १५ निवासी माधवी डिसीलाई सिलाइकटाइले आत्मनिर्भर हुने अवसर मिलेको छ । कपडा सिलाउने काम गर्दा समय पनि सदुपयोग हुनाका साथै आम्दानीको गतिलो आधार भएको छ । विसं २०६९ मा सरकारले ल्याएको ‘युवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत स्थानीय सहकारीबाट रु एक लाख ऋण लिई दुई सिलाइ यन्त्र खरीद गरेर शुरु गरेको व्यवसायमा अहिले सात यन्त्र छन् । मासिक रु ७० हजारसम्म आम्दानी गरिँदै आएको र व्यवसायबाटै छोराछोरीलाई राम्रो विद्यालयमा पढाउन र अन्य काम गर्नलाई सजिलो भएको उहाँ बताउनुहुन्छ ।
घोराही –२ रामपुरकी पुष्पा पोख्रेलले सहकारी र महिला समूहबाट रु तीन लाख कर्जा लिई पाँच वर्षदेखि ‘पोख्रेल गाई फर्म’ सञ्चालनमा ल्याउनुभएको छ । घाँसखेतीका लागि छ कट्ठा जमीन वार्षिक रु २० हजार भाडामा लिई सञ्चालनमा ल्याएको फर्ममा अहिले जर्र्सी जातका ६ गाई छन् । दैनिक ६० लिटर दूध बिक्रीबाट मासिक रु ६० हजार आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।
घरेलु तथा साना उद्योग कार्यालय दाङमा पछिल्लो समयमा महिला उद्यमीको आकर्षण बढेको र साना तथा घरेलु र मझौला उद्योग महिलाका नाममा खुल्ने क्रम बढेको कार्यालय प्रमुख उमबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा कृषि तथा वनजन्य ९४, सेवामूलक ३३ र उत्पादनमूलक २१ उद्योग दर्ता भएको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले घरेलु तथा साना उद्योग दर्तामा छुटको योजना ल्याएपछि दाङमा २४ उद्योग दर्ता भएका छन् ।