
१गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
४बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
७व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
८तिब्बतर्फ ताल पुन: फुट्यो
९चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१०रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
६जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
७पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
१०असई बनाइदिन्छु भन्दै १० लाख ठगी
११प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
१२रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
लमजुङ, २४ माघ । लमजुङका आधादर्जन भन्दा बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालन हुँदै आएका छन् । दरबन्दी अनुसार कार्यालय प्रमुख नहुँदा निमित्त प्रमुखको भरमा जिल्लाका सरकारी कार्यालय सञ्चालन हुँदै आएका हुन् ।
लामो समयदेखि जिल्ला कारागार, मालपोत, हुलाक, जिल्ला निर्वाचन कार्यालय, पूर्वधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैँची जोन कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छन् । ती कार्यालयमा यहाँ चार वर्षदेखि निमित्त प्रमुखले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
सरकारले दरबन्दी अनुसारका कर्मचारी पु¥याउन नसक्दा कार्यालय प्रमुख पद रिक्त हुँदै आएको स्थानीय बताउँछन् । दरबन्दी अनुसार सम्बन्धित कार्यालयमा कार्यालय प्रमुख पद खाली हुँदा कार्यसम्पादन र सेवा प्रवाहमा समस्या भइरहेको सेवाग्राही सुजन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यालय प्रमुख बिना प्रभावकारी र सहज रूपमा सेवा प्रवाह हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । कर्मचारी कम हुँदा कामको चाप पनि बढी हुन्छ ।”
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार जिल्ला मालपोत कार्यालयमा पूर्णबहादुर गुरुङ, जिल्ला हुलाक कार्यालयमा निर्मलादेवी शर्मा, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा हरिबहादुर मिजार, जिल्ला कारागारमा राधिका रेग्मी, जिल्ला निर्वाचन कार्यालयमा विजय विक, जलस्रोत तथा डिभिजन सिँचाइ डिभिजनमा विष्णुहरि अधिकारी, पूर्वाधार विकास कार्यालयमा विवेक सिग्देल र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमा सुनिल न्यौपाने निमित्त प्रमुखले प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।
स्वीकृत दरबन्दी संरचना अनुसार जनशक्ति पदपूर्ति हुन नसक्दा दरबन्दीभन्दा तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख बनाउनुपर्ने बाध्यता रहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमको भनाइ छ । सामान्यतया स्वीकृत दरबन्दी अनुसारको जनशक्ति आवश्यक हुने भन्दै उहाँले भन्नुभयो, “दरबन्दी अनुसारको प्रमुख वा जनशक्ति भएमा दैनिक सेवा प्रवाहमा सहजता ल्याउँछ ।”
निमित्त प्रमुखको भरमा कार्यालय सञ्चालन हुँदा प्रमुख भएको जस्तो प्रभावकारी नहुने र यसले जिल्लाको विकासमा पनि असर गर्ने सहायक प्रमुख गौतमले बताउनुभयो ।
मालपोत कार्यालका निमित्त प्रमुख पूर्णबहादुर गुरुङले कार्यालय प्रमुख नहुँदा कार्यालयबाट गर्नुपर्ने काम, नामसारी, घरजग्गा संशोधन, आर्थिक कारोबारलगायत काम रोकिएको र सामान्य काम मात्र भइरहेको बताउनुभयो । टाढाटाढाबाट आउने आएका सेवाग्राही समस्यामा पर्दै आएका उहाँको भनाइ छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
४२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
५फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम