
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
६रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
७सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
८रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
टोरोन्टो, १९ कात्तिक (रासस/एएफपी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ ।
टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटन सहरका स्थानीयको प्रदर्शनका क्रममा शान्ति कायम गर्न हिन्दू सभा मन्दिर बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् ।
पील रिजनल पुलिसका प्रवक्ताका अनुसार अहिलेसम्म हिंसात्मक कार्यमा सहभागी भएका कसैलाई पनि पक्राउ गरिएको छैन ।
प्रहरीले हिंसामा कुनै समूहको संलग्नता रहेको किटानीसाथ आरोप लगाउन अस्वीकार गरेको छ ।
“ब्रैम्पटनस्थित हिन्दू सभा मन्दिरमा आज भएको हिंसात्मक कार्य अस्वीकार्य छ। प्रत्येक क्यानेडियालीलाई आफ्नो विश्वासलाई स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ,” ट्रुडोले एक्समा लेख्नुभएको छ ।
एक संघीय सांसद तथा ट्रुडोको लिबरल पार्टीका सदस्य चन्द्र आर्याले भारतको पञ्जाब राज्यमा स्वतन्त्र सिख मातृभूमिका लागि पृथकतावादी आन्दोलनका समर्थकहरूलाई सङ्केत गर्दै ‘खालिस्तानी’लाई यो घटनाका लागि जिम्मेवार ठहराउनु भएको छ ।
ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय अङ्गीकृत क्यानेडियाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारले षडयन्त्र गरेको आरोप लगाएपछि क्यानडा र भारतबीचको सम्बन्धमा खटपट आएको छ ।
निज्जरको हत्यापछि क्यानडाले भारतमाथि क्यानडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी व्यापक अभियान चलाएको आरोप लगाएको छ ।
“क्यानडाका खालिस्तानी अतिवादीहरूले आज सुरक्षाको सीमा पार गरेका छन्,” आर्याले एक्समा लेख्नुभएको छ ।
“ब्राम्पटनस्थित हिन्दू सभा मन्दिर परिसरभित्र क्यानेडियाली हिन्दू भक्तजनमाथि खालिस्तानीहरूले गरेको आक्रमणले क्यानाडामा खालिस्तानी हिंसात्मक अतिवाद कति गहिरो र निर्लज्ज भएको छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ‘खालिस्तानको पहेँलो झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिसहित एक प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ’।
ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले क्यानडाको सार्वभौमिकताको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
भारतले उक्त आरोप अस्वीकार गर्दै आएको छ । दिल्ली र ओटावाले यसै महिनाको सुरुमा एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
५पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान