
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
७प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
८अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
९प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
टोरोन्टो, १९ कात्तिक (रासस/एएफपी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आइतबार टोरन्टो नजिकैको एक हिन्दू मन्दिरमा भएको हिंसालाई ‘अस्वीकार्य’ भन्दै निन्दा गर्नुभएको छ ।
टोरन्टोबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको ब्राम्पटन सहरका स्थानीयको प्रदर्शनका क्रममा शान्ति कायम गर्न हिन्दू सभा मन्दिर बाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएका छन् ।
पील रिजनल पुलिसका प्रवक्ताका अनुसार अहिलेसम्म हिंसात्मक कार्यमा सहभागी भएका कसैलाई पनि पक्राउ गरिएको छैन ।
प्रहरीले हिंसामा कुनै समूहको संलग्नता रहेको किटानीसाथ आरोप लगाउन अस्वीकार गरेको छ ।
“ब्रैम्पटनस्थित हिन्दू सभा मन्दिरमा आज भएको हिंसात्मक कार्य अस्वीकार्य छ। प्रत्येक क्यानेडियालीलाई आफ्नो विश्वासलाई स्वतन्त्र र सुरक्षित रूपमा अभ्यास गर्ने अधिकार छ,” ट्रुडोले एक्समा लेख्नुभएको छ ।
एक संघीय सांसद तथा ट्रुडोको लिबरल पार्टीका सदस्य चन्द्र आर्याले भारतको पञ्जाब राज्यमा स्वतन्त्र सिख मातृभूमिका लागि पृथकतावादी आन्दोलनका समर्थकहरूलाई सङ्केत गर्दै ‘खालिस्तानी’लाई यो घटनाका लागि जिम्मेवार ठहराउनु भएको छ ।
ओटावाले सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय अङ्गीकृत क्यानेडियाली नागरिक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारले षडयन्त्र गरेको आरोप लगाएपछि क्यानडा र भारतबीचको सम्बन्धमा खटपट आएको छ ।
निज्जरको हत्यापछि क्यानडाले भारतमाथि क्यानडाको भूमिमा सिख कार्यकर्ताहरूलाई लक्षित गरी व्यापक अभियान चलाएको आरोप लगाएको छ ।
“क्यानडाका खालिस्तानी अतिवादीहरूले आज सुरक्षाको सीमा पार गरेका छन्,” आर्याले एक्समा लेख्नुभएको छ ।
“ब्राम्पटनस्थित हिन्दू सभा मन्दिर परिसरभित्र क्यानेडियाली हिन्दू भक्तजनमाथि खालिस्तानीहरूले गरेको आक्रमणले क्यानाडामा खालिस्तानी हिंसात्मक अतिवाद कति गहिरो र निर्लज्ज भएको छ भन्ने देखाउँछ,” उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ‘खालिस्तानको पहेँलो झण्डा बोकेका व्यक्तिहरू भारतीय झण्डा बोकेका व्यक्तिसहित एक प्रतिद्वन्द्वी समूहसँग भिडन्त गरिरहेको देखिन्छ’।
ट्रुडोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले क्यानडाको सार्वभौमिकताको उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।
भारतले उक्त आरोप अस्वीकार गर्दै आएको छ । दिल्ली र ओटावाले यसै महिनाको सुरुमा एकअर्काका राजदूत र अन्य वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु