
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
नारायण ढुङ्गाना, काठमाडौँ, १४ कात्तिक । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका छन् ।
नेपाल प्रहरीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी पनि बढाइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा छठ पर्व लक्षित विशेष निगरानी बताउनुभयो । आगलागी, नाचगान, देउसीभैलो र जुवातासका कारण हुने हारजित र झैझगडा, मदिरा खाएर रातीमा होहल्ला गरेर समाजलाई नै प्रभावित पार्ने तथा आपराधिक घटना हुनसक्नेतर्फ मध्यनजर गरी सुरक्षामा उच्च निगरानी गरिएको उहाँले बताउनुभयो ।
देशैभरका जिल्लाका सुरक्षा समतिको बैठक बसेर जिल्लाको शान्तिसुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलोको समय तोक्ने, हूल हुज्जत गर्ने समूहको निगरानी गर्ने, मादक पदार्थ खाएर सवारीमा हिँड्ने हुनाले सडक जाँचलाई थप सदृढ पारिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता कार्कीले भन्नुभयो, “पटाका र पटाकाजन्य पदार्थ विस्फोटक पदार्थका रुपमा रहेकाले कसैले पड्कायो हामी पनि पड्काउँ न त भन्ने हुनसक्छ, यो गतिविधि विस्फोटक पदार्थसम्बन्धी कसुरमा कारबाही हुन्छ । ओसारपसार भण्डारण बिक्री वितरण र प्रयोग सबैमा प्रतिबन्ध छ । तीन महिनादेखि १ वर्षसम्मको कैद सजायसम्म हुनसक्छ, क्षतिको क्षतिपूर्ति पनि भराइन्छ, त्यसैले यसमा भुलेर पनि कोही संलग्न हुनुहुँदैन ।”
अर्काे सामाजिक सञ्जालमा उच्छृङ्खल कुराहरु राख्ने विषयमा पनि प्रहरीले अनुगमन बढाएको छ । उहाँले भन्नुभयो, “प्रहरीलाई के थाहा हुन्छ र भन्ने उद्देश्यले विगतमा गरेको पाइयो । फौजदारी कसुर हुने भएकाले समयमै ध्यान दिनु हुन अनुरोध छ । हामी तपाईंहरुको तिहार शान्तिपूर्ण होस् भनेर खटिएका छौँ, शान्तिपूर्ण रुपमा तिहार मनाउन अनुरोध गर्छु ।”
उहाँका अनुसार तिहारमा प्राविधिक रुपमा निगरानी बढाइएको छ । भिडियो, साामाजिक सञ्जला, सिसिटिभीसहित सादा पोशाकमा प्रहरी परिचालन गरेर सुरक्षा निगरानी गरिरहको पनि प्रहरीले जनाएको छ ।
सवारी चालकको अवस्था हेर्ने र कारबाही भइरहेको छ । दसैँअघि नै सुरक्षा योजना सार्वजनिक गरिएको थियो । त्यही कार्यान्वयनमा रहेको छ । यसअघि नै सामाजिक सञ्जालबाट पनि सार्वजनिक आह्वान गरिएको छ । यसपालि तिहारमा ४८ हजारको हाराहारीमा प्रहरी परिचालन गरिएको बताउँदै प्रवक्ता कार्कीले कोही प्रहरीलाई बिदामा नपठाइने बताउनुभयो ।
“किरिया, बिरामीलगायत अत्यावश्यक काममा बिदामा पठाइन्छ, सामान्य अवस्थामा कोही प्रहरी बिदामा बस्दैनन्, सबै तिहार सुरक्षामा हुन्छन्, यो स्पष्ट निर्देशन नै छ”, उहाँले भन्नुभयो ।
यसपालि दसैँमा भन्दा केही यातायात सहज रहेको तर कच्ची सडक, निर्माणाधीन सडक भएकाले जोखिम रहेको छ । ती सडकहरुमा समेत निगरानी बढाइएको र सुरक्षा टोली नै परिचालन गरेर यातायात सहज पारिने जनाइएको छ ।
जथाभावी लापरबाहीपूर्ण तरिकाले, नशाको तालमा गाडी चलाउने अवस्थालाई पूर्णरुपमा निस्तेज पार्न सूक्ष्म निगरानी पनि भइरहेको छ । जुवा र जुवाजन्य गतिविधिमा कडा निगरानी गरिएको छ । गैरकानुनी गतिविधि गरेर हिरासतमा पुग्दा र अपराध मुद्दा लागेर तिहार नै नमिठो हुने हो की, कानुनी कारबाहीमा परिने हो कि, यसतर्फ ध्यान दिन कार्कीले अनुरोध गर्नुभएको छ ।
बढी भाडा लिने अवस्थाको अन्त्य गर्न पनि निगरानी गरिएको र त्यस्ता गतिविधि भए तत्काल प्रहरीमा खबर गर्न अनुरोध पनि गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी समेत परिचालित भएका छन् । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने