
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
पोखरा, ११ कार्तिक । सफलता महिला कृषि सहकारी संस्था पोखराको अध्यक्षमा तारा ढकाल बराल निर्वाचित भएकी छिन् । सहकारीको दशौं वार्षिक साधारणसभा तथा चौंथो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा प्रमिला बराल, सचिवमा लक्ष्मी तिमिल्सिना अधिकारी, कोषाध्यक्षमा सृजना बराल र सहसचिवमा कमला बराल चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा परिना बराल, तारा अधिकारी भण्डारी, गंगा बराल, सरस्वती कोइराला, हरिमाया बराल, गंगा अधिकारी र सपना अधिकारी चुनिएका छन् । यस्तै, लेखा समिति संयोजकमा सुजिता ढकाल बराल, सदस्यमा सुनिता पौडेल र ऋण संयोजकमा विजया बराल रहेका छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीले कृषि उत्पादनको काम अगाडि बढाउने हो भने आफ्नो व्यक्तिगत र संस्थागत रुपमा साथ सहयोग रहने बताए । उनले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिदै आफ्ना वडा भित्रका कृषकलाई संरक्षण प्रर्वद्धन गर्न वडा कार्यालय तयार रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दुर्गा अधिकारीले संस्थाले उद्देश्य अनुरुप काम गर्दै उत्पादनको क्षेत्रमा सोचे जस्तो काम गर्न समय र परिस्थितिका कारण पनि नसकिएको बताउँदैं सहकारीले आलु, अदुवा, बेसार उत्पादन गर्न सुरु गर्ने योजनामा रहेको बताईन् । साथै महिला उद्यमशीलताको विकासका लागि सहकारीले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आईरहेकोमा अझैं यसलाई जोड दिने संस्थापक अध्यक्ष अधिकारीको भनाई थियो ।
कार्यक्रममा अन्नपूर्ण ट्रेडिङका प्रमुख मेखबहादुर खत्री, महिला क्लब पोखराका अध्यक्ष मिना आचार्य, क्रियाशिल महिला विकास कृषि सहकारीका अध्यक्ष मनमाया बराल र लेखा समिति संयोजक नारायणी बराल लगायत सहकारीले खेलेको भूमिका र महत्वका बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रा.लि.को आधिकारीक विक्रेता अन्नपूर्ण टेडिङ्ग (रत्नम दानेदार अर्गानिक मल)ले ५० केजी अर्गानिक मल सहकारी संस्थालाई प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तारा ढकालले स्वागत, सचिव प्रमिला बरालले कार्यक्रम सञ्चालन र सदस्य लक्ष्मी तिमिल्सिना अधिकारीले सहकारीका सात सिद्धान्त वाचन गरेकी थिइन् । उक्त अवसरमा जेष्ठ नागरिक आमा भागीरथी बराल, उत्कृष्ठ बचतकर्ता विष्णु पौडेल र उत्कृष्ठ कारोबारी देवकुमारी (अम्बिका) तिवारीलाई सम्मान गरिएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी