
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ११ कात्तिक । कर्मचारी मिलन केन्द्र कास्कीद्वारा प्रकाशित ‘कर्मचारी दर्पण २०८१’ अङ्क–तीन आज पोखरामा लोकार्पण गरिएको छ । पुस्तकको एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्ट र जिल्ला न्यायाधीश नवराज दाहालले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख सचिव विष्टले सार्वजनिक सेवा प्रवाहका साथै राष्ट्रसेवक कर्मचारीको एकआपसमा भेटघाट र समन्वय गर्ने साझा संस्थाका रुपमा कर्मचारी मिलन केन्द्र क्रियाशील बनेको बताउनुभयो । सार्वजनिक प्रशासनका विविध पक्षलगायत विभिन्न लेखरचनालाई समावेश गरी प्रकाशन गरिएको पुस्तक उपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला न्यायाधीश दाहालले विभिन्न सेवा प्रदायक निकायमा काम गर्ने राष्ट्रसेवकको अनौपचारिक फोरमका रुपमा मिलन केन्द्र रहेको बताउँदै यसका माध्यमबाट विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुँदै आएको जानकारी दिनुभयो ।
मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले केन्द्रको सक्रियतामा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक महिना पोखरा क्षेत्रमा प्राकृतिक एवं सांस्कृतिक सम्पदा सरसफाइलगायत विभिन्न रचनात्मक गतिविधि सञ्चालन हुने गरेको बताउनुभयो ।
मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले सार्वजनिक सेवा प्रवाहका नियमित कामका अतिरिक्त राष्ट्रसेवकबीच आपसी सद्भाव अभिवृद्धिका साथै विभिन्न सिर्जनात्मक कामलाई केन्द्रले सञ्चालन गरिरहेको बताउनुभयो । सम्पदा सरसफाइका साथै हरितालिका तीजमा असहाय आश्रित महिला दिदीबहिनीका लागि दरभोजका लागि सहयोगका साथै योग दिवसलगायत हरेक कार्यक्रममा केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।
एक सय ६८ पृष्ठमा समेटिएको कर्मचारी दर्पणको प्रधानसम्पादकमा नवराज बराल रहनुभएको छ भने सम्पादकहरूमा नवराज गौतम, सन्तोष ढुङ्गाना र वासुदेव पौडेल हुनुहुन्छ । पुस्तकमा सार्वजनिक प्रशासनसहित विभिन्न सेवा क्षेत्र समेटिएका विज्ञ तथा लेखकका २६ वटा रचना समावेश गरिएको मिलन केन्द्रका सचिव एवं सम्पादक सन्तोष ढुङ्गानाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल सरकारको विशिष्ट श्रेणीमा पदोन्नति हुनुभएको भन्दै केन्द्रका तर्फबाट प्रदेश प्रमुख सचिव विष्ट, पुस्तक प्रकाशनमा प्रधानसम्पादकको जिम्मेवारी निर्वाह गर्नुभएको भन्दै जिल्ला समन्वय अधिकारी बराललाई सम्मान गरिएको थियो । कास्कीका विभिन्न कार्यालयमा जिम्मेवारी सम्हाल्न हालै आउनुभएका कार्यालय प्रमुख एवं कर्मचारीलाई केन्द्रकातर्फबाट स्वागत गरिएको थियो । रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर