
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
केदार मगर, खोटाङ, १० कात्तिक । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको ‘मुन्दुम ट्रेल’ पदमार्ग जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थलका रुपमा पर्दछ । नेपाल सरकारको सयवटा पर्यटकीय गन्तव्य सूचीमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग करिब एक सय सात किलोमिटर लामो दूरीको छ ।
प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको ‘मुन्दुम ट्रेल’ पदमार्गको स्तरोन्नतिमा तीनवटै तहका सरकारको करोडौँ लगानीसमेत भइरहेको छ । प्रकृतिप्रेमी अर्थात् सौन्दर्यमा रमाउन चाहने तथा किराती संस्कार, संस्कृति अध्ययन एवम् अनुसन्धान गर्न आउने पर्यटकका लागि ‘मुन्दुम ट्रेल’ रोजाइमा पर्ने गरेको छ ।
शरद ऋतु सुरु भएसँगै अध्ययन तथा जागिरको सिलसिलामा राजधानी काठमाडौँलगायत सहरमा बस्दै आएका जिल्लावासी तथा बाह्य पर्यटकहरु मुन्दुम ट्रेल घुम्न र अध्ययन गर्न आउने गरेको केपिलासगढी गाउँपालिका–१ फेदीका भेडापालक लक्ष्मण राई ‘समीप’ले बताउनुभयो । “असोज लागेसँगै हूलका हूल पर्यटकहरू घुम्न आउने गर्छन् । मुन्दुम ट्रेलका सबै ठाउँमा पर्यटकका लागि बास बस्ने तथा खाना खाने ठाउँ छैन । भेडीचोक तथा चौँरी गोठमा बस्न दिने गरेका छौँ”, मैयुङको लेकमा व्यावसायिक रुपमा भेडापालन गर्दै आउनुभएका समीपले भन्नुभयो, “राज्यले यसप्रति ध्यान दिन जरुरी छ । भर्खरै पहिचान गरिएको मुन्दुम ट्रेललाई प्रवर्द्धन गर्न सकेमा स्थानीय बासिन्दाका लागि मात्र नभई राज्यलाई समेत आर्थिक रुपमा ठूलो टेवा पुग्ने सम्भावना छ ।”
पूर्वीपहाडी जिल्लाहरू खोटाङ, भोजपुर, सोलुखुम्बु तथा सङ्खुवासभा सीमामा पर्ने यो मुन्दुम ट्रेल किरात समुदायको ऐतिहासिकतासँग सम्बन्धित छ । नेपालका लागि यो नयाँ (भर्जिन) पर्यटकीय गन्तव्यस्थल मुन्दुम ट्रेलको पहिचान मैयुङ–टेम्के–साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले गरेको हो । खोटाङ र भोजपुरको सीमामा पर्ने खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु भएको यो पदमार्ग तीन हजार एक सय ६५ मिटरको टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार सात सय ५० मिटरको साल्पापोखरी तथा चार हजार एक सय ६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ । पहाडैपहाडको चुचुरामा निर्माण सुरु गरिएको मुन्दुम ट्रेल पदमार्ग पूरा गर्न विदेशीका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने गरेको छ ।
हिमाल नजिकै पुगेर त्यसको सौन्दर्यमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकका लागि डाँडैडाँडा यात्रा गर्दा थकानको महसुससमेत हुँदैन । पदमार्गमा अधिकांश किरात समुदायका बस्तीहरू रहेको तथा उनीहरूको मौखिक ग्रन्थ ‘मुन्मुम’ मा उल्लिखित किराती जीवनशैली, संस्कार र संस्कृतिबारे वर्णन गरिने भएकाले पदमार्गको नाम ‘मुन्दुम ट्रेल’ राखिएको पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताउनुभयो ।
“छ वर्षअघिदेखि सुरु गरिएको मुन्दुम ट्रेल स्तरोन्नतिको काम करिब ६५ प्रतिशत पूरा भएको छ । आगामी चार वर्षभित्र सम्पूर्ण काम पूरा गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पदमार्गबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्सेलगायत आठ हजार मिटरभन्दा अग्ला हिमालहरु सजिलै देख्न सकिन्छ । उच्च हिमाली शृङ्खला तथा सबैभन्दा होचो स्थानमा रहेको अरुण उपत्यकाका साथै तराईका फाँटहरू अवलोकन गर्न सकिने यो पदमार्गमा पर्यटकका लागि स्थानीयवासीले होमस्टे (घरबास) समेत विस्तार गरिरहेका छन् ।”
ठूल्ठूला घाँसेमैदान, फराकिला चौरीखर्क तथा भेडीगोठका साथै घोडचढी अर्थात् घोडा चढ्न पाउनुले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्दै आएको छ । दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घनाजङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो ।
मैयुङको हाँसपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, रेडपाण्डा, भीर मौरी र विभिन्न जङ्गली जनावरहरुसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइन्छ । सगरमाथा चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट प्रयोग गर्नुभएको जनाइएको छ ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–भोजपुर सडकखण्डसँग जोडिएकाले यो ‘मुन्दुम ट्रेल’ पदमार्ग बाह्य पर्यटकलाई समेत आवागमनमा सहज छ । यो ‘मुन्दुम ट्रेल’ पदमार्गको पूर्वाधार तयारी तथा अन्य विकासका लागि सङ्घीय सरकारले रु ५० लाख, पर्यटन बोर्डले रु २० लाख र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाले रु १० लाख गरी रु ८० लाख बजेटले स्तरोन्नति गरिएको छ ।
स्विस सरकारकोसमेत लगानी रहेको यो पदमार्ग अवलोकन गर्न नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापलर १३ अप्रिल २०२१ मा खोटाङ आउनुभएको थियो । खिदिमास्थित पर्यटकीयस्थल तावाभञ्ज्याङलाई ‘मुन्दुम ट्रेल’को स्टार्टिङ प्वइन्ट (प्रवेशद्वार) मानिएकाले राजदूत एलिजावेथ खोटाङ आउनुभएको हो ।
साकेला गाउँपालिका क्षेत्रभित्र पर्ने पदमार्गमा स्थानीय सरकारको ३० प्रतिशत, प्रदेश सरकारको ३५ प्रतिशत र स्विस सरकारको ३५ प्रतिशत गरी रु ९१ लाख ४५ हजार दुई सय ५२ मा ‘मुन्दुम ट्रेल’ स्तरोन्नतिको काम गरिएको छ । त्रिपक्षीय सम्झौताका आधारमा निर्माण सुरु गरिएको ‘मुन्दुम ट्रेल’को अवधारणा विसं २०७५ पुस २१ गते औपचारिक रुपमा अघि सारिएको हो ।
‘मुन्दुम ट्रेल’ पदमार्गको दायाँबायाँ चौडा गर्ने, सुक्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका आधारभूत पूर्वाधारको काम भएको छ । खोटाङ र भोजपुरको पर्यटन प्रवर्द्धन तथा विकासमा ‘मुन्दुम ट्रेल’ पदमार्गले ठूलो सहयोग पुगेको प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’ले बताउनुभयो ।
प्रारम्भिक चरणमा पदमार्गका रुपमा विकास गरिएको क्षेत्रमा सूचना पार्टी, विभिन्न सङ्केत चिह्न राख्ने तथा पदमार्ग निर्माण गर्नेजस्ता कामहरू गरिएको छ । त्यस्तै, मैयुङस्थित हाँसपोखरी नजिकैको नागीमा पाहुनाघर निर्माण गरिएको छ । मानव बस्ती कम पाइने पदमार्गमा पर्यटकको चहलपहल बढेसँगै उनीहरुका लागि स्थानीय गोठवालाले खाने तथा बस्ने व्यवस्था मिलाउने गरेका छन् । परम्परागत रुपमा सञ्चालन हुँदै आएको गोठलाई स्तरोन्नति गरेर ‘गोठ स्टे’ गोठ बासको व्यवस्था मिलाएर स्थानीय परिकार, चौँरीको दूध, फापर, कोदो र गहुँको ढिँडो, लोकल कुखुरा, रायोको साग, आलु, सिमीलगायत स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन् ।
पशुपालन गर्ने किसानले खर्क (पशुचौपाया चराउने ठाउँ) को रुपमा मात्र प्रयोग गर्दै आएको यो ठाउँ पर्यटकीय क्षेत्र बनेपछि स्थानीय बासिन्दासमेत हर्षित बनेका छन् । स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व लगायतले ‘मुन्दुम ट्रेल’ पदमार्गको विकास गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् । रासस
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने