
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, २ कार्तिक । हिमाल पारीको जिल्ला प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा यही आजदेखि ८ गते सम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ ।
महोत्सवमा नेपालका श्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बो लगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान, र भुटानका १६ जना कलाकारहरूले हिमाली क्षेत्रमा तत्स्थानीय सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिने जनाइएको छ ।
महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अन्तर्गत हुने फिल्म प्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमा माध्यमबाट प्रस्तुत गर्नेछ । फिल्म प्रदर्शनीले हिमाली जनजीवनको संघर्ष, सफलताका कथा र प्राकृतिक छटालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई हिमाली जीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ ।
हिमाली क्षेत्रको भूगर्भीय विशेषता महोत्सवको अर्को आकर्षण हो । फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुराना जीवाश्महरूको खोजी र त्यसमा आधारित कला सिर्जनालाई प्रोत्साहित गर्नेछ । हिमाली क्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुत गर्नु यसको उद्धेश्य हो ।
महोत्सवमा संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र साँस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ । स्थानीय र अन्तर्राष्ट्रिय संगीतकारहरूले हिमाली क्षेत्रको शान्त वातावरणमा साँगीतिक प्रस्तुति दिँदै ध्वनि उपचार जस्तो पारम्परिक विधिको उपयोगले मानसिक र शारीरिक सन्तुलनको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने छन् ।
मुस्ताङ आर्ट प्रोजेक्टद्वारा आयोजित महोत्सवमा मुख्य प्रायोजकहरूमा रेडहाउस लज र थाङविल्ला रहेका छन् । महोत्सवलाई युरोपियन युनियनले सहयोग गरेकोे छ । मुस्ताङको प्राचीन साँस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नेपाललाई विश्व साँस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्राय राखेको छ ।
महोत्सवले हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताको महत्वलाई कलाको माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृति प्रस्तुत गर्न, मुस्ताङ क्षेत्रलाई थप लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।
महोत्सवले स्थानीय स्तरमा रोजगार सिर्जना गर्न, साँस्कृतिक सम्पदाको संरक्षणमा टेवा पु¥याउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको साँस्कृतिक पहिचानलाई मजबुत बनाउन सक्ने सम्भावना रहेको छ । प्रकृति, संस्कृति र कलालाई एउटै मञ्चमा प्रस्तुत गर्दा मानव र प्रकृतिको अनन्त सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउने आयोजकले जनाएको छ ।
प्रकृति, संस्कृति र सिर्जनशीलता मिश्रित अद्वितीय महोत्सवले मुस्ताङलाई सिंगो विश्वको साँस्कृतिक केन्द्रको रूपमा चिनाउन मद्दत गर्नेछ । यो महोत्सव नेपालका लागि मात्र नभइ समग्र विश्वका कला प्रेमीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने दावी आयोजकको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर