
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
८रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
पोखरा, ३० असार । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
आइतबार पोखरामा आयोजित ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि विजुक्छेले सिप, प्रविधि र उद्यमशीलता : शिक्षामा जनप्रियको गतिशीलताको मर्मलाई आत्मसात गर्दै स्वायत्त कार्यक्रमका रूपमा स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापनको अध्यापनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रिय श्रमबजारको मागलाई दक्ष जनशक्ति पूर्ति गर्न क्याम्पसले महत्वपूर्ण भूमिका खेलेको चर्चा गरे ।
युवाहरूको पलायन रोक्न पर्यटन फस्टाउनु पर्छ, शिक्षा, सिप र दक्षता पर्यटन क्षेत्रकै भएमा रोजगारीको अवसर पनि सिर्जना हुने भएकाले विगत ७ वर्षदेखि यो विषयको पठनपाठन हुँदै आएको छ । पोखरा महानगरपालिकासहित रूपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिकाले छात्रावृत्तिमा विद्यार्थीलाई पढन पठाएको विजुक्छेले बताए ।
स्थानीय समुदायको सक्रियतामा ३३ वर्ष पहिले स्थापना भएको क्याम्पसले आज ५ हजारभन्दा बढी विद्यार्थीलाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिँदै २ सय शिक्षक कर्मचारीलाई रोजगारी दिएको छ । २०७२ र २०७३ सालमा शिक्षा मन्त्रालयबाट सर्वोकृष्ट सामुदायिक क्याम्पसका रूपमा पुरस्कृत जनप्रियले विश्वविद्यालय अनुदान आयोगबाट दुईपटक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरी पर्वतीय पर्यटनको आवश्कतालाई सम्बोधन गर्दै स्वायत्त कार्यक्रम सञ्चालन गरी मानित विश्वविद्यालयतर्फ उन्मुख भएको हुँदा अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीले दिएका सुझावलाई मनन गर्दै आगामी दिनमा थप प्रभावकारी काम गर्ने विजुक्छेले जानकारी दिए ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पर्वतीय पर्यटन शिक्षा केवल शैक्षिक कार्यक्रममा मात्रै सीमित छैन् । सैद्धान्तिकसँगै प्रयोगात्मक र व्यवाहारिक शिक्षा प्राप्त हुने भएकाले यसको महत्व नेपालकै पर्यटन उद्योगमा रहेको उल्लेख गरे । पोखरालाई पर्यटनको राजधानी साकार बनाउन र पर्वतीय पर्यटन शिक्षालाई प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनमा हामीले पर्वतीय पर्यटन शिक्षालाई केन्द्रित गरेका हौं । आयआर्जन र रोजगारसँग विद्यार्थीलाई जोड्ने जमर्को भएको खड्काले बताए ।
सञ्चारकर्मीले दिएका सुझावहरूलाई पाठ्यक्रम परिमार्जन गर्दा समेट्ने छौं । जनप्रियको सपना मानित विश्वविद्यालय हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) को मार्गनिर्देशअनुसार क्याम्पस अगाडि बढेको छ । पर्वतीय पर्यटन शिक्षाले संस्कृति र वातावरण संरक्षण साथै रोजगारीको अवसर सिर्जनामा योगदान पुग्ने विश्वास गरिएको खड्काले बताए ।
अन्तरक्रिया कार्यक्रममा उपप्राध्यापक दीपेन्द्र पहारीले ‘पर्यटनको राजधानी पोखरामा पर्वतीय पर्यटन शिक्षा’ विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुन हिल, घोरेपानीलगायतका स्थानमा पर्यटक जाने भएकाले यसै विषयसँग सम्बन्धित अध्ययनले पर्यटनको राजधानी पोखरा र पर्यटन जगतलाई प्रत्यक्ष लाभ हुने बताए । सन् १९५९ जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको टोलीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि पोखरा पर्वतीय पर्यटन र ट्रेकिङका लागि विश्वभर प्रख्यात बन्यो । सन् २०१९ को तथ्याङ्क अनुसार ११ लाख पर्यटकमध्ये ४ लाख ८० हजार पोखरा आएका थिए । ती मध्ये ६५ प्रतिशत पर्यटक ट्रेकिङ गएको जानकारी पहारीले दिए ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा वि.सं. २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन नेपालमै पहिलो सुरु गरेको हो । हालसम्म ३ व्याच शतप्रतिशत उत्तीर्ण भई ६० जना जनशक्ति तयार भएको कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसे जानकारी दिइन ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख मेखराज पौडेल, पब्लिक क्याम्पस प्राध्यापक संघ जनप्रिय एकाईका सभापति विकास थापामगर, जनप्रिय कर्मचारी संघ एकाईका सभापति देवी पनेरुसहित सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको जानकारी क्याम्पस प्रशासक एकनारायण अर्यालले दिए ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने उपप्राध्यापक विष्णुप्रसाद तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ