
१पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
३सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
४एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
५चुनावी मैदानमा विप्लव
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
८जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
९राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
पोखरा, २८ जेठ । जनप्रिय बहुमुखी क्याम्पसले पोखरालाई पर्यटनको राजधानी घोषण गरेपछि अव के ? भन्ने विषयमा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख अतिथि वीरेन्द्रनारायण विजुक्छेले प्राकृतिक, साँस्कृतिक र भौलिक रूपले विश्वसामु चिनिएको पोखराले पर्यटकलाई अधिकतम सेवा दिएर सिटी कर लगाउन सुझाव दिदै सहरी सरसफाइ, अनुशासन, सडक सुरक्षा र तथ्याङ्क राख्न पर्यटन व्यवसायीलाई आग्रह गरे ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडाले राजधानी घोषणपछि पोखराको ब्रान्डिङ र प्रमोसनमा सहयोग पुग्ने हुँदा तीन तहका सरकार, नागरिक समाज र उद्यमी व्यवसायीले समन्वयात्मक भूमिका निर्वाह गर्न जोड दिए । खतिवडाले दीगो पर्यटनका लागि स्थानीय उत्पादन बढाउने, जनशक्ति मुलुकभित्रै टिकाउने, मुग्लिन, राम्दी र एयरपोर्टमा तथ्याङ्क सङ्कलन केन्द्र राख्नुपर्ने बताए ।
पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेर मात्रै उपलब्धि हासिल हुँदैन्, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले ठोस योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सुवेदीले पर्यटन व्यवसायी एक दशकसम्म द्वन्द्वमारमा, त्यसपछि महाभूकम्प, नाकाबन्दी , कोभिड–१९ को महामारी र आर्थिक मन्दीजस्ता समस्याले शिथिल भएको जनाए ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने आधारका बारेमा पर्यटनविद् डा. रामजी शर्माले गण्डकी प्रदेश नेचर, कल्चर र एड्भेन्चरमा अगाडि रहेकाले २० वटा सूचाङ्कमा सुझाव दिएको बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख नवीन पोखरेले पोखरालाई सस्तो गन्तव्य बनाउनु्भन्दा गुणस्तरीय सेवा दिएर खर्च गर्ने पर्यटक आमन्त्रण गरी डाटा सिस्टममा जान पर्यटन व्यवसायीलाई आग्रह गरे । पर्यटन व्यवसायी दोर्जे लामाले आफ्नो ४ दशक लामो अनुभव सुनाउँदै राजधानी घोषणासँगै सरसफाइ र सुरक्षित आवागमनसँगै व्यवहारिक अभ्यास गर्न सुझाए ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा जनप्रिय बहुमुखी क्याम्पसको स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्टको आयोजनामा पर्यटन उद्यमीसँग शैक्षिक सम्वाद कार्यक्रम गरिएको हो । समूह छलफलको सहजीकरण दिपेन्द्र पहारीले गरेका थिए ।
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको अध्यक्षामा भएको कार्यक्रममा स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले स्वागत मन्तव्य राखेकी थिइन भने विष्णु तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने