
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पर्वत (कुश्मा), १२ चैत । एक्काइसौँ शताब्दीमा हामीमाथि कसले र कस्तो निगरानी गरिरहेको छ? र, नेपालजस्तो मुलुकमा त्यसको प्रभाव कस्तो छ? कुश्मा कला परियोजना अन्तर्गत पर्वत कुश्माको तीन सय वर्ष पुरानो ’शताब्दी घर’मा शनिबार यिनै विषयमा विमर्श गरिएको छ।
लेखक-अनुवादक रोहेज खतिवडाको अनुवाद-सम्पादनमा प्रकाशित किताब ‘एक्काइसौँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमाथि- विश्व कै प्रसिद्द र धेरै पढिने पत्रपत्रिकामा छापिएका जानेमानेका/ प्रभावशाली लेखक तथा चिन्तकहरुले लेखेका १० दमदार अङ्ग्रेजी लेखलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको हो ।
निगरानी र स्वतन्त्रताबीचको दूरी कति छ ? प्रविधिले निम्त्याउन सक्ने खतरा बारे हरारीको चेतावनी, यानिस भारुफाकिसको प्रविधि सामन्तबादको कारण विश्व अर्थतन्त्रमा पार्न सक्ने प्रभावको भबिश्यबाणी, बाराक ओबामाले एच.बि.सि. युनिभर्सिटी उतिर्ण गर्ने विधार्थीहरुलाई दिएको संसार बदल्ने शक्तिशाली भाषण, भारतका राजनीतिक पत्रकार धिरेन्द्र के. झाले राष्ट्रिय स्वयम संघ (आर.एस.एस) ले तत्कालिन जर्मनको तानाशाही शासक हिटलरको नाजीबादसँग कसरी सरोकार राख्दछ वा उसको कार्यशैलीलाई कसरी अनुसरण गर्न खोजे भन्ने धारणा कार्यक्रमका बिच रोहेज खतिवडा र दीपक सापकोटाले परिचर्चा गरे ।
त्यस्तै वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुट्कारा पाउन आम मानिसले गरिरहेको संघर्षका बारे सहजकर्ता पत्रकार दीपक सापकोटाको प्रश्नमा खतिवडाले यी दुवै समानान्तर रेखामा अगाडि बढ्ने भए तापनि हामीले स्वतन्त्रतालाई थप समृद्ध बनाउन प्रयास गरिरहनुपर्ने बताए ।
बेलायती पत्रकार पल म्यासनको पुजीबाद मर्दैछ भन्नेमा दिएको ३ कारणको व्याख्या र त्यसलाई पुष्टि गर्ने अन्य तर्क, ईरानका मार्क्सबादी बौद्दिक मन्सुर हेक्मतले अन्तर्वार्तामा मार्क्सबाद अनुरुपको समाजबाद विश्वमा अहिलेसम्म कतै नआएको भन्ने बौद्दिक धारणा अघि सारेको भन्दै २१ औँ शताब्दीमा इन्टरनेटको विकासपछि संसारको अर्थ–राजनीति र राजनीतिमा पारेको प्रभावबारे कार्यक्रममा विमर्श गरियो।
किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरु समेटिएका छन् ।
एक्काइसौं शताब्दीको पहिलो साढे दुई दशकका प्रमुख विशेषता सन् २०२० को कोभिड महामारी, अमेरिकी वर्चस्वको अन्त्य, बहुध्रुवीय विश्वको उदय, फासीवादको वर्चस्व र पुँजीवादी अर्थप्रणालीमा संकटका रूपमा देखापर्छ । यद्यपि, यसको सबैभन्दा महत्त्वपूर्ण पाटो विज्ञान र प्रविधि, खासगरी सूचना प्रविधिको विकासमा देखा परेका संकट र विषयहरु पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।
विमर्श कार्यक्रममा कथाकुथुंग्री समूहले युबल नोहा हरारीको निबन्ध ‘एकदिन हामी मृत्युलाई जित्नेछौँ’ वाचन गरेको थियो। कथाकुथुंग्रीमा सारस, भेनिषा र सौरभलगायत छन्। इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यस पुस्तकमा हरारी, यानिस भारुफाकिस, अरुन्धती रोगलगायतका निबन्ध समावेश छन्।
कुश्मा कला परियोजनाका अध्यक्ष तथा कालीगण्डकी बचाऊ अभियानका अभियन्ता आरके अदीप्त गिरीले भने, ‘कृत्रिम बौद्धिकतामा हुने क्रान्तिका कारण वर्गहरुबीचमा मात्र होइन, देश-देशबीचको असमानता पनि अकल्पनीय रुपमा बढिरहेको सन्दर्भमा सामाजिक रूपान्तरणका लागि हामी बौद्धिक विमर्शका यस्ता कार्यक्रमा आगामी दिनमा पनि गरिरहनेछौँ।’
यसैगरी, कार्यक्रमको दोस्रो सत्रमा कवि देवव्रतको कविता वाचन भएको थियो। उनले आफ्नो कविता किताब ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’बाट ‘हामी’, ‘कोठा’, ‘कर्णाली’ लगायत कविताहरू वाचन गरेका थिए।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने