
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
खेमराज गौतम
गलकोट । विसं २०६० मा भकुण्डेबाट कृषि व्यवसाय गर्न बागलुङ नगरपालिका–३ पावरहाउस झर्नुभएका गङ्गा थापाको अहिले जिल्लाकै अब्बल एवं अगुवा कृषकको परिचय छ । उहाँले व्यावसायिक तरकारी उत्पादनबाट आफ्नो परिवारको मात्रै नभएर सिङ्गो गाउँकै परिचय बदल्न सफल हुनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको पावरहाउस रहेकाले पावरहाउसका नामले चिनिने समथर खेतको वास्तविक नाम थिएन । अहिले त त्यही पावरहाउस पनि बन्द छ । कृषि उपजका लागि उर्वर रहे पनि विसं २०६० मा एउटा मात्रै घर थियो उक्त समथर भू–भागमा । करिब १२ वर्ष पहिले ‘पावरहाउस’ भनेर चिनिने उक्त गाउँ अहिले ‘कृषिगाउँ’ का रूपमा परिचित छ । नाम मात्र होइन, व्यवहारमा समेत साँच्चिकै कृषि उपजका लागि प्रख्यात बन्दै गएको छ यो क्षेत्र ।
जग्गाधनीले गर्दै आएको परम्परागत र निर्वाहमुखी खेतीबाली विस्तारै कम हुँदै गएपछि बाँझिन थालेको उर्वरभूमिमा गएको १२ वर्षमा आमूल परिवर्तन आएको छ । अहिले कृषिगाउँमा मात्रै उत्पादन भएका कृषि उपजले बागलुङ बजारको अधिकांश माग धान्न थालेको छ भने बजारका उपभोक्ता कृषिगाउँको खेतबारीमै पुगेर तरकारी किनेर ल्याउन थालेका छन् । उपभोक्ता भन्छन्, “१२ वर्षमा खोला पनि फर्किन्छ भन्थे, अहिले यो गाउँको खेला नै फर्किएजस्तो भएको छ ।”
जिल्लाको कुनाकाप्चाबाट जिल्ला सदरमुकाम आएर जग्गाको खोजी गर्नेका लागि कृषिगाउँ बरदान सावित भएको अगुवा कृषक गङ्गा थापाले बताउनुभयो । कृषिगाउँमा आधुनिक खेती अपनाउनेहरुको अधिकांशको जग्गा आफ्नो छैन । भाडाको जग्गामा व्यावसायिक तरकारी, कुखुरा, अण्डा, बङ्गुर, माछा तथा केराखेती गर्दै आएका कृषकले एउटा सिङ्गो गाउँको परिचय बदल्न सफल भएको अगुवा कृषक थापाले बताउनुभयो ।
“म विसं २०६० मा यहाँ आउँदा एउटा मात्रै घर थियो, सबै खेतमा धानबाली लगाइन्थ्यो”, थापाले भन्नुभयो, “पछिल्लो एक दशकमा यो गाउँमा आमूल परिवर्तन भयो, म नै यस ठाउँको पहिलो व्यावसायिक कृषक भएका कारण यसलाई कृषिगाउँ भन्न थालियो, अहिले मसहित ५० भन्दा बढी कृषकले व्यावसायिकरूपमै कृषि उपज निर्यात गर्नुहुन्छ ।” आर्थिकरूपमा सबल बन्दै गएका केही कृषकले भाडाको जग्गा विस्तारै खरिद गरेर आफ्नो नाममा लिएका छन् ।
जाँगर भएका तर व्यावसायिक बन्न नसकेका धेरैलाई कृषि कर्ममा लाग्नसमेत प्रेरित गर्नुभएका थापाले कृषि कर्मबाटै सोही स्थानमा सात रोपनी जग्गा खरिद गरिसक्नुभएको छ । उहाँले भाडामा लिएको थप सात रोपनी गरी १४ रोपनी जग्गामा व्यवासायिक तरकारी र च्याउखेती गर्दै आउनुभएको छ । अहिले उहाँले खरिद गरेको सात रोपनी जग्गाको मूल्य मात्रै रु दुई करोड बढी पर्दछ । “कृषि कर्मबाटै श्रीमती र छोराछोरी पढाएँ र सात रोपनी जग्गासमेत जोडे”, थापाले भन्नुभयो ।
गौँडाकोटबाट काठेखोलाको पुलसम्मको उर्वरभूमि कृषिगाउँका रूपमा परिचित छ । झण्डै ४०० रोपनी क्षेत्रफलमा ५० भन्दा बढी कृषकले व्यावसायिक तरकारी, अण्डा, लोकल तथा बोइलर कुखुरा, बङ्गुर, माछा, गाई, भैँसी तथा केराखेती गर्दै आएका छन् । वैदेशिक रोजगारीका लागि दुई वर्ष साउदी अरब, चार वर्ष मलेशिया र चार वर्ष भारतमा बिताउनुभएका काठेखोला गाउँपालिका–४ तङ्ग्रामका ३२ वर्षीय जङ्गबहादुर विकले पाँच वर्षअघि मात्रै कृषिगाउँमा आएर व्यावसायिक तरकारी खेती थाल्नुभयो । उहाँले कृषिगाउँमा रेजिना कृषि तथा पशुपालन फार्म दर्ता गरेर १५ रोपनी क्षेत्रफलमा तरकारी खेती र पाँच सय केराका बोट लगाउनुभएको छ । बोइलर कुखुरा पालन गर्दै आउनुभएका बिकले विदेशमा भन्दा स्वदेशमै गरेको कामले धेरै सन्तुष्टि मिलेको बताउनुहुन्छ ।
“स्वदेशमा नै केही गर्ने सोचका साथ बागलुङ आएपछि जग्गा खोज्ने क्रममा कृषिगाउँमा आएको थिएँ”, विकले भन्नुभयो, “यहाँ मजस्तै धेरै कृषकले गरेको काम देखेर आफूलाई समेत हौसला प्राप्त भएको छ ।” उहाँले सबै खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी रकम बचत गर्दै आएको बताउनुभयो । “बन्दाबन्दीपूर्व तरकारी बिक्री गर्न अन्य जिल्लासमेत लगिन्थ्यो, भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्दा समस्या हुन्थ्यो”, विकले भन्नुभयो, “अहिले तरकारी खरिदका लागि घरमै ग्राहक आउँछन्, मूल्य पनि राम्रै दिन्छन् ।” विदेशमा कृषि खेतीको अनुभव लिएर गाउँ फर्किएका विकले आफ्ना उत्पादनले बन्दाबन्दीको समयमा बजार पाउँदा व्यवसाय गर्न हौसला मिलेको बताउनुभयो ।
कृषिगाउँकै स्थानीय नारायण शर्माले सात वर्षअघिबाटै नारायण कृषि फार्ममार्फत १० रोपनी जग्गामा फैलिएका ११ वटा पोखरीमा माछापालन, फलफूल खेतीमा केरा, एक हजार ४०० बोइलर कुखुरा, एक सय लोकल कुखुरा, टर्की, हाँसलगायत पाल्दै आउनुभएको छ । “जग्गा निकै समथर, सिँचाइको सुविधा भएको हुनाले यस क्षेत्रमा किसानको आकर्षण भयो”, शर्माले भन्नुभयो, “भाडामा २५ रोपनी र आफ्नो ४५ रोपनी गरी ७० रोपनी जग्गामा व्यावसायिक उत्पादन गर्दै आएको छु ।” पछिल्लो सयम पुष्पखेतीसमेत शुरु गर्न थाल्नुभएका शर्माले बजार नजिक भएका कारण बिक्रीका लागि समस्या नभएका कारण उत्पादन गर्नसमेत किसान उत्साहित देखिने गरेका छन् । ग्रामीण क्षेत्रमा सडक यातायातको समस्या हुने तर यहाँ भने बजार नजिक भएका कारण कृषकलाई सजिलो भएको शर्माको भनाइ छ ।
शुरुमा निर्वाहमुखी कृषि गर्दै आएको शर्माको भनाइ छ । शर्माले माछापालन तथा कुखुरापालनबाट खर्च कटाएर मासिक रु एक लाख बचत गर्दै आउनुभएको छ । तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका ११ वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु, सिल्भर जातका सानाठूला गरी ३० हजार भन्दाबढी माछा छन् ।
विसं २०७० मा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आएको नारायण कृिष फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताउनुभयो । जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ । अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गर्नुभएका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताउनुभयो । दश रोपनी क्षेत्रफलमा रहेको उहाँको फार्ममा माछासँगै एक हजार ४०० बोइलर कुखुरा, १०० बढी लोकल कुखुरा, केही दर्जन हाँस र टर्की रहेका छन् । यससँगै शर्माको उखु र केराखेती पनि छ । त्यसबाहेक शर्माले अन्य जग्गामा धान, गहुँलगायतको खेती गर्दै आउनुभएको छ ।
उखु र केराका पातहरु माछालाई नै आहारा हुने भएकाले दोहोरो फाइदाका लागि उखु र केराखेती थालेको शर्माको भनाइ छ । उहाँले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै फूलबारी कटेज नामको एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आउनुभएको छ । अहिले दैनिकरूपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा माछा बनाएर खुवाउने योजनाअनुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताउनुभयो ।
“लोकल माछा, लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आकर्षण हो”, शर्माले भन्नुभयो, “लोकल माछा र कुखुराका पारखीका लागि हाम्रो रेष्टुरेन्ट मुख्य गन्तव्य बन्दै आएको छ ।” आफ्नो देश छाडेर विदेश जाने युवाका लागि उहाँले नेपालमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरण दिनुभएको छ । उहाँको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । दाजुभाइ तथा छोराछोरीले समेत शर्मालाई काममा धेरै सहयोग गर्छन् । उहाँले दुई जनालाई रोजगारी पनि दिनुभएको छ ।
अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प भएको व्यवसायलाई अगाडि बढाउन परिवारको साथले धेरै सहयोग मिलेको शर्माले बताउनुभयो । कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उहाँले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राख्नुभएको छ । त्यस ह्याचरी मेसिनबाट चल्ला निकाल्दै आएको शर्माले जानकारी दिनुभयो ।
कृषिगाउँमा दूधदेखि मासुसम्म र तरकारीदेखि फलफूलसम्म उत्पादन हुने भएकाले जिल्लामै नमूना गाउँका रूपमा चिनिन थालेको छ । कृषि कर्म गर्ने योजना बनाएका र कृषिलाई व्यवसाय बनाइरहेका देशका अरु क्षेत्रका किसान पनि यहाँ अध्ययन भ्रमणमा आउने गरेका छन् ।
कृषिगाउँमै पुष्प पुनलगायतले बङ्गुरपालन र सरिता गौतमलगायतले व्यावसायिकरूपमा गाई, भैँसीपालन गर्दै आउनुभएको छ । यसरी एउटा सिङ्गो गाउँ नै व्यावसायिक कृषि उपजमा लाग्नु धेरैका लागि नौलो र उदाहरणीय भएको छ । कृषि उत्पादनका माध्यमबाट व्यावसाय गर्न खोज्नेहरुका लागि पनि यो गाउँ अध्ययन–अनुसन्धानको माध्यम भएको देखिएको छ । यसरी करिब १२ वर्षअघिको एउटा उजाड भूमि अहिले कृषिगाउँका रूपमा जिल्लामा प्रख्यात भइसकेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी