
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे ।
उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले प्रत्यक्ष असर भोगिरहेको बताए । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले गरेको असर भारत हुँदै बंगला देशसम्म फैलने निश्चित रहेको दाबी गरे ।
‘जुनखालको जलवायु परिवर्तनको असर हाम्रा हिमालमा देखिन थालेको छ । त्यसको प्रभाव यहाँको जनजीवनमा मात्रै परेको छैन, समथर भुभाग भारत बंगला देशसम्म पुग्ने निश्चित छ’, उनले भने । नेपालमा कार्बन उत्सर्जन नगन्य मात्रै भएकाले सन् २०४५ सम्म शून्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए । तर, नेपालले आफ्नो लक्ष्य पूरा गरेपनि अन्य मुलुकका कारण नेपालका हिमाल, पहाडसँगै जनजीवनमा प्रभाव पार्ने अर्थमन्त्री महतको भनाइ थियो ।
ठुला मुलुकले कार्बन उत्सर्जन नरोकेसम्म नेपाल प्रभावित भइरहने उनले बताए । ‘हामीले जुन क्षति व्यहोरेका छौं । त्यो क्षतिका लागि तपाईहरु जिम्मेवार हुनुहोस्’, अन्तर्राष्ट्रिय समुदाय समक्ष उनको अनुरोध छ ।
जलवायु परिवर्तनकै कारण नेपालले बेमौसमी बाढी पहिरोको सामना गर्नु परेकोमा उनको चिन्ता छ । बेमौसमी बाढी पहिरोले विकासको लागत बढाइरहेको उनले सुनाए । त्यसको क्षतिपूर्ति अन्तर्राष्ट्रिय समुदायले तिर्नुपर्ने महतको जिकिर छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले विकसित राष्ट्रले गरेको कार्बन उत्सर्जनको परिणाम नेपालका हिमाल र पर्यावरणले भोग्नुपरेको दोहो¥याए ।
‘हाम्रा हिमालमा जति हिउँ पर्नुपर्ने हो, जति समयसम्म रहनुपर्ने हो त्यो नभएर उजाड बन्दै गइरहेको छ । बाढी पहिरोले हिमालभन्दा मुनि बस्ने जनताको जीवनमा धेरै प्रभाव पारेको छ’, मन्त्री थापाले चिन्ता जनाए । हिमालमा देखिएको असरले पर्यटकको संख्यामासमेत कमी आएको उनको भनाइ छ ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरुले जलवायु परिवर्तनको असर ठ्याक्कै कुन हिमालमा परिरहेको छ यकिन गर्नुपर्ने आवश्यकता औल्याए । जलवायु परिवर्तनको विषयमा सचेत गराउन युएईको कोप–२८ सम्मेलनमा सहभागी हुन जानु पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालापत्थरमा लगेको उनको भनाइ छ ।
‘झन्डोत्तोलन गर्नुको अर्थ के थियो भने हामीले हल्ला मात्रै गरेको होइन जलवायु परिवर्तनको असरमा हिमालमा परेको छ । हिमाल कहाँ छ ? नेपालमा, कुन ठाउँमा भन्दा यो ठाउँमा भनेर विश्वको ध्यान आकर्षित गराउन खोजेका हौं’, उनले भने । व्यवस्थापनमा चूनौति थपिएकाले हिमालमा भइरहेको फोहोरमा पनि कम गर्न उनको जोड थियो ।
पोखराको पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा सुरु महोत्सव ५ दिनसम्म चल्नेछ । महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्री देखि जलवायु परिवर्तनको असरबारे बहस हुने सदस्य सचिव निर्मला न्यौपानले जानकारी दिइन् ।
उद्घाटनको अवसरमा ‘साइन्सेजले बर्डस्’ नामक नाटक देखाइयो । नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा देखाइएको ‘साइन्सेजले बर्डस्’ ले गिद्धको महत्व र उपयोगिताबारे सन्देश दिएको थियो ।
किम्फ सँगको सहकार्यमा पर्वतारोहण र पर्वतीय जीवनबारे ६ वटा वृत्तचित्र प्रदर्शन हुनेछ । पासाङ, माउन्टेन म्यान, फोसी लाभा, द सेकेन्ड समिट, अई–डेला हट् भ्यालिस र एभरेस्ट म्यान वृत्तचित्र मञ्चन हुने न्यौपानेले बताइन् ।
महोत्सवकै अवसरमा फरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन झल्काउने अष्ट्रियन आमाछोरी डा. तरिका हुवावेका र उनकी छोरी इर्मट्रड हुबाचेकले खिचेका तस्वीर पनि प्रर्दशनमा राखिएको छ । यस्तै, झोलुङ्गे पुल र पर्वतारोहणसम्बन्धी विभिन्न विधामा कीर्तिमान बनाएका पर्वतारोहीको तस्वीरसमेत प्रदर्शनी छन् ।
महोत्सवमा जलवायु परिवर्तनले हिमालसँगै हिमाली जनजीवनमा पारेको प्रभाव र कालापत्थरमा परिणत हुँदै गएका हिमालबारे बहस हुने जनाइएको छ । सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्ध छ ?’ शीर्षकमा डब्लु डब्लु एफका डा. घनश्याम गुरुङ, सिमकोटकी डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितले वार्तालाप गर्नेछन् ।
आठौं संस्करणको पर्वतीय महोत्सवमा पहिलो पटक ‘टग अफ वार’ समेटिएको छ । छेलो प्रतियोगिता, जिपलाइन, आर्चरी, दोहोरी गीतको रौनक महोत्सवमा छ । २८ स्टल रहेको महोत्सवमा स्थानीय हस्तकलाका सामग्रीसँगै कृषि, हिमाल आरोहणमा आवश्यक सामाग्री, दैनिक उपभोग्य बस्तु र सेवा समावेश छ ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ