
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१०छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, १३ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पारिएको छ । मेला मंसिर २१ देखि पुस १ गतेसम्म पोखराको नयाँबजारमा आयोजना हुँदैछ ।
लक्ष्मी हाउसको समृद्धि स्टिल्स मेलाको मुख्य प्रायोजक रहेकोमा पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले मेलाको प्रवद्र्धन गर्ने जिम्मेवारी लिएको संघले जानकारी दिएको छ ।
‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजना हुने मेला उद्यमशीलता विकासमा समर्पित रहेको आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले बताए ।
अध्यक्ष प्रजापतिले भने–‘मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा उत्पादित हस्तकला, बास्तुकला, कृषिजन्य उत्पादनको बिक्री र प्रदर्शनका अलवा, नयाँ औद्योगिक उत्पादनहरु, अटो प्रदर्शनी र मनोरञ्जनात्मक कार्यक्रम पनि समावेश गरिएको छ ।’
‘उत्पादक र उपभोक्तालाई एउटै मञ्चमा ल्याउनु तथा सुस्ताएको बजार चलायमान बनाउनु मेलाको अर्को उद्देश्य रहेको छ,’ अध्यक्ष प्रजापतिले भने–‘मेलाको प्रवेशमा टिकटको व्यवस्था गरिएको र प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने १० रुपैयाँ जाजरकोट भूकम्पपीडितको लागि प्रदान गरिने छ ।’
संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले मेलामा देशका विभिन्न प्रतिष्ठिन घराना र उत्पादनहरु जोडिएको र जोडिने क्रम जारी रहेको बताए । संघका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले मेलाको स्टल निर्माण सुरु भएको जानकारी दिँदै यसपटक स्टलको साजसज्जालाई विशेष ध्यान दिइएको जानकारी दिए ।
संघका महासचिव बलराम आचार्यले मेला सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरु सक्रियतापूर्वक आफ्नो काममा लागेको बताउँदै मंगलबारमात्रै बस्तुगत संघहरुका अध्यक्ष तथा पदाधिकारीहरुसँग बैठक सम्पन्न गरिएको बताएका छन् ।
सो बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उपसमिति संयोजक रामकली खड्काले मेलामा महिलाहरुलाई बढीभन्दा बढी सहभागी गराउनुपर्ने बताइन् । उनले महिलाहरुद्धारा उत्पादित बस्तुहरुको प्रदर्शन र बिक्रीमा ध्यान दिन पोउवा संघसँग आग्रह पनि गरिन् ।
बैठकमा पोखरा प्लाष्टिक व्यवसायी समितिका अध्यक्ष ऋषिराम शर्मा र सचिव परशुराम तिवारी, पृथ्वी होटल व्यवसायी संघका सचिव कृष्ण पौडेल र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समितिका अध्यक्ष कविन्द्रप्रसाद पोखरेललगायतले पोउवा संघले आयोजना गरेको मेलालाई सफल बनाउन हरसम्भव सघाउने प्रतिवद्धता जनाएका थिए ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ