
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
मनाङ । विश्वभर फैलिएको कोरोना भाइरसले देशका सबै जिल्ला प्रभवित भएका छन् । हिमालपारिको जिल्ला मनाङ पनि यसमा अछुतो रहेन । पछिल्लो समय कोरोनामुक्त भएको यस जिल्ला जोखिममुक्त भने भएको छैन । चिसो बढ्दै जाँदा कोरोना जोखिम नहोला भन्न सकिँदैन । नेपाल सरकारले सबै स्थानीय तहमा आइसोलेसनको व्यवस्था गरे पनि वातावरण अनुकूलको आइसोलेसन कक्ष सञ्चालन भने हुन सकेको छैन ।
मनाङ जिल्लाभर १९ वटा आइसोलेसन कक्ष निर्माण भएका छन् । चिसो बढेसँगै यस अगाडिका आइसोलेसन कक्ष उपयोग नहुने जिल्ला स्वास्थ्य प्रमुख बद्री आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना चिसोमा अझै सक्रिय हुने हुँदा हाल जिल्लामा निर्माण भएका आइसोलेसन कक्ष टेन्टमा छन्, सहज मानिसलाई त कठिन हुन्छ तर बिरामीलाई टेन्टमा राख्दा कस्तो होला ?” दशैँ तिहारको अवसरमा बाहिरी जिल्लाबाट यहाँ घुम्न आउने पर्यटकको चाप बढ्ने हुँदा जोखिमको सम्भावना बढ्न सक्छ ।
त्यसैले पर्यटकको आकर्षण केन्द्र रहेको मनाङका तिलिचो ताल र थोरङ्ला भञ्ज्याङलगायतका ठाउँमा आन्तरिक पर्यटक आवतजावत हुन थालेपछि जोखिम बढ्न सक्छ । त्यसो त जोखिम न्यूनीकरण गर्न मनाङ प्रवेश गर्नका लागि स्थानीयवासी र कर्मचारीबाहेकलाई ७२ घण्टाको नेगेटिभ पिसीआर रिपोर्ट अनिवार्य गरेको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहसँगको सहमतिमा जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो ।
चिसो बढेसँगै जिल्ला बाहिर जाने मनाङका मानिस यस पटक भने कमैले मात्र जिल्ला छोड्ने भएका छन् । जाडो छल्नका लागि काठमाडाँै, पोखरालगायतका ठाउँमा जाने गरे पनि कोरोना माहमारीका कारण कोरोना सर्ने डरले जिल्लामा नै बस्ने उनीहरुको भनाइ छ ।
“बरु चिसोमा घरभित्र आगो तापौँला, न्यानो कपडाले जाडो छेकौँला, बाहिर गएर कोरोना लाग्यो भने केले छेक्ने ?”, ७६ वर्षका यङदुङ गुरुङ भन्नुहुन्छ, “हामीलाइ हाम्रै ठाउँ प्यारो छ, यहाँ चिसो वातावरणलाई उपयुक्त स्वास्थ्य सुविधा होस्, रोग लागे पनि परिवारसँगै बस्न पाइन्छ ।” जिल्लामा आवश्यक पर्ने यहाँको वातावरणअनुसारको आइसोलेसनको व्यवस्था बनाउन सबैले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।
जिल्लाभर एउटामात्र सामुदायिक अस्पताल रहेको यस जिल्लामा दरबन्दीअनुसार स्वास्थ्य कर्मचारी अझै छैनन् । बिरामीको चाप बढे वातावरणअनुसारको आइसोलेसन निर्माण गर्न नसक्ने हो भने थप जोखिम हुनसक्ने सर्वसाधारण बताउँछन् । समयमा नै सजग नहुने हो भने माहामारीले चरम प लिनसक्ने हुँदा सरोकार निकायले ध्यान दिनु जरुरी देखिन्छ । समयमा नै यसमा चासो भएन भने जिल्लामा पुनः सङ्क्रमण फैलन सक्छ । हाल जिल्लामा सङ्क्रमित नभए पनि उच्च सतर्कता भने अपनाउन जरुरी छ । रासस
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी