
१किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
११पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।
तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा वर्खायाममा सडक सम्पर्कबाट बिच्छेद माछापुच्छ्रे गाउँपालिका–५ रिभानका स्थानीयवासी पुल बन्ने भएपछि उत्साहित भएका छन् । विसं २०७४ साउन २४ राति पहिराले खहरेखोलामा पुलसहित त्यस क्षेत्रका केही घर बगाएपछि स्थानीयवासी यातायात सम्पर्कबाट टाढा भएका थिए ।
हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहँदै आएकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण शुरु गरेपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्खायाममा हाम्रो पूरै वडासहित वडा नं ९ का बासिन्दा समेत सास्ती पाउँदै आएका थियौं । बालबालिका विद्यालय जान÷आउन र बिरामीलाई समेत अस्पताल लैजान नसक्दा सबै चिन्तित थियौँ । पक्की मोटर हिँडने पुल बन्न शुरु भएपछि अब दुःखका दिन गए जस्तो लागेको छ । ”
पुल निर्माण भएपछि वडा नं ५ को रिभानसहित छिमेकी वडाका कुईबाङ, मोहरा, तर्को, सैँतीघट्ट, सिदिङसम्मका पाँच हजार जनसङ्ख्या यसबाट लाभान्वित हुने बताइएको छ ।
उक्त पुलको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आज शिलान्यास गर्नुहुँदै पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट प्रदेश सरकार जनताको घरघरमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई आधारभूत सेवा सुविधा उपलव्ध गराउन प्रदेश सरकार लागिपरेको छ । हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र सङ्घीयता र त्यसैका आधारमा बनेको सरकार जनताको पीरमर्का र बुझेर काम गर्छ ।”
मन्त्री बस्नेतले प्रदेश सरकारले यसै वर्ष यो प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने पनि बताउनुभयो ।
प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठन भएपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै माछापुच्छ्रे गाउँपालिका वडा नं २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा स्थानीयवासीलाई आफ्नै गाउँपालिकामा आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले पुल समयमै सम्पन्न गर्नका लागि पालिकाकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो ।
विसं २०७८ असोज ६ गतेसम्म सो पुलको निर्माण सम्पन्न गर्ने गरी इन्द्रेणी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
३जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर