
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।
तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे बगाउँदा वर्खायाममा सडक सम्पर्कबाट बिच्छेद माछापुच्छ्रे गाउँपालिका–५ रिभानका स्थानीयवासी पुल बन्ने भएपछि उत्साहित भएका छन् । विसं २०७४ साउन २४ राति पहिराले खहरेखोलामा पुलसहित त्यस क्षेत्रका केही घर बगाएपछि स्थानीयवासी यातायात सम्पर्कबाट टाढा भएका थिए ।
हिउँदयाममा खोलाबाटै सवारीसाधन सञ्चालन भएपनि बर्खामा नदी बढ्दा यातायात सम्पर्कबाट विमुख रहनुपर्ने बाध्यता रहँदै आएकामा गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माण शुरु गरेपछि स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्खायाममा हाम्रो पूरै वडासहित वडा नं ९ का बासिन्दा समेत सास्ती पाउँदै आएका थियौं । बालबालिका विद्यालय जान÷आउन र बिरामीलाई समेत अस्पताल लैजान नसक्दा सबै चिन्तित थियौँ । पक्की मोटर हिँडने पुल बन्न शुरु भएपछि अब दुःखका दिन गए जस्तो लागेको छ । ”
पुल निर्माण भएपछि वडा नं ५ को रिभानसहित छिमेकी वडाका कुईबाङ, मोहरा, तर्को, सैँतीघट्ट, सिदिङसम्मका पाँच हजार जनसङ्ख्या यसबाट लाभान्वित हुने बताइएको छ ।
उक्त पुलको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आज शिलान्यास गर्नुहुँदै पुल, सडक, खानेपानी तथा सिँचाईका माध्यमबाट प्रदेश सरकार जनताको घरघरमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई आधारभूत सेवा सुविधा उपलव्ध गराउन प्रदेश सरकार लागिपरेको छ । हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र सङ्घीयता र त्यसैका आधारमा बनेको सरकार जनताको पीरमर्का र बुझेर काम गर्छ ।”
मन्त्री बस्नेतले प्रदेश सरकारले यसै वर्ष यो प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने र काठे पोल विस्थापन गरी फलाम र स्टील पोल राखिने पनि बताउनुभयो ।
प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले प्रदेश सरकार गठन भएपछि ग्रामीण भेगमा समेत विकासका पूर्वाधार निर्माणले तीव्रता पाएको बताउँदै माछापुच्छ्रे गाउँपालिका वडा नं २ र ३ जोड्ने गरी सेती नदीमा पुल नहुँदा स्थानीयवासीलाई आफ्नै गाउँपालिकामा आउन समेत पोखरा पुगेर आउनुपर्ने बाध्यता रहेकाले यसैवर्षमा पुल निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले पुल समयमै सम्पन्न गर्नका लागि पालिकाकोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गरिने बताउनुभयो ।
विसं २०७८ असोज ६ गतेसम्म सो पुलको निर्माण सम्पन्न गर्ने गरी इन्द्रेणी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजनल इञ्जिनीयर दिनेश घिमिरेले जानकारी दिनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन