
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
गोपालप्रसाद बराल, महोत्तरी, १ साउन । महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो । “हमरा सैद्खन रेल चलके इञ्तिजार छल, आव पूरा भेल (मलाई सर्धँै रेल कहिले चल्ला भन्ने पखाई थियो, अब पूरा भयो)”, भङ्गाहा स्टेसनबाट रेल जनकपुरतर्फ गुडेपछि खुसी साँट्दै बाँतरले भन्नुभयो, “आब चल्ली जनकपुर ! घुइमफिरक सझुका रेलस घर चैल आयब (अब हिँडे जनकपुर ! घुमफिर गरेर साँझ रेल चढेरै घर फर्कौँला)।”
विसं २०५९ को बर्खे भेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द भएको थियो । त्यसपछि बाँतरको जनकपुर आवतजावत पातलिएको थियो । आफ्नो ठाउँमा २१ वर्षपछि रेल चलेपछि बाँतरजस्तै भङ्गाहा–४ कै रामनगर बस्तीकी हेमकुमारी सदा पनि दङग हुनुहुन्छ ।
“आब त बजार कर आ सब मेलामें जनकपुर सहजे जासकैछि (अब त बजार काम र जुनसुकै मेला हेर्न सजिलै जनकपुर जान सकिन्छ)”, रेल चल्दा खुसी हुनुभएकी सदाले भन्नुभयो ।
आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नेपाल रेल्वे कम्पनीको जयनगर–बर्दिबास रेल्वेको भङ्गाहा–कुर्था खण्डको थप १७ किलोमिटर दूरीको सेवा विस्तारको उद्घाटन गर्नुभएपछि सोमबारदेखि नियमित रेल सेवा सुरु भएको हो । रेल सेवा सञ्चालनमा आएपछि यहाँका बासिन्दामा खुसीयाली छाएको छ ।
आफू सानो छँदा आमाले रेलमा चढाएर जनकपुर घुम्न लैजानुभएको सम्झदै भङगाहा–४ रामनगरकै ३० वर्षीय रामईश्वर ठाकुर भन्नुहुन्छ, “रेल चढ्न फेरि पायौंँ, अब जनकपुरदेखि भारतको जयनगरसित सिधा सम्पर्कमा जोडिएका छौँ ।”
विसं २०५९ अघि भङ्गाहाको यसै ठाउँमा अवस्थित स्टेसनलाई विजलपुरा भनिन्थ्यो । यहाँबाट दैनिक जनकपुर हुँदै जयनगरसम्म रेल सेवा सञ्चालनमा थियो । बर्खेभेलले बिग्ही नदीको पुल भाँसिएपछि रेल सेवा बन्द हुनपुगेको थियो । त्यतिखेर कोइला/दाउराले इञ्जिनको सानो लिकमा चल्ने रेलको ठाउँमा अब ब्रोडगेज (ठूलो लिक) र डिजलबाट चल्ने भएको छ । इञ्जिन र डब्बा (बोगी) टलक्क टल्कने रेल चढेर स्थानीयवासी पहिलो दिन नै रामजानकी दर्शन गर्न जनकपुर प्रस्थान गरेका थिए ।
रेल सेवा विस्तार भई अब जयनगर–बर्दिबासम्म चल्ने भएको छ । यसका तीन खण्डमध्ये पहिलो खण्ड (कुर्था–जयनगर) को ३५ किमी दुरीमा यसअघि नै सेवा सञ्चालन भइसकेको छ । सोमबार सेवा विस्तार भएको दोस्रो खण्ड (भङ्गाहा–कुर्था) को दूरी १७ किमी छ । तेस्रो खण्ड (भङ्गाहा–बर्दिबास) को १८ किमी दूरीमा भने लिक र अन्य पूर्वाधार निर्माणको काम नथालिँदा यस खण्डमा कहिले रेल चल्ने भन्नेबारे अन्यौल छ । तेस्रो खण्डमा जग्गा मुआब्जा विवाद लम्बिँदा निर्माणमा ढिलाइ भएको छ । किसानले मुआब्जा लिइसकेकाले निर्माण कम्पनीसँग काम अघि बढाउन समन्वय भइरहेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिनुभयो ।
“भङ्गाहा–कुर्था खण्डमा सेवा विस्तार भएपछि अब रेल ५२ किमीमा नियमित चल्ने भएको छ”, उहाँ भन्नुहुन्छ, “अब चाँडै तेस्रो खण्डमा काम अघि बढ्ने छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१४ देखि काम सुरु भएको हो । बर्दिबास (महोत्तरी)–जनकपुरधाम (धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दुरीमध्ये अब ५२ किमीमा रेल चल्न थालेको छ ।
रेल सेवा सञ्चालनका तिथिमिति पटक पटक तोकिए पछि रेल नचलेपछि महोत्तरीको भङ्गाहा, पशुपतिनगर, प्रेमनगर, लोहारपट्टी, सिङ्ग्याही, धमौरा, हरिनमरी, हतिसर्वा, मेघनाथगोरहन्ना, बलवासहितका बासिन्दा तथा धनुषाको खोरिया सीतापुर, धुमासान, भूचक्रपुर र कात्तिककुमारसम्मका बासिन्दा निरास भएका थिए । “अब रेल नियमित बढ्न पाइने आशा छ,” धनुषाको खोरिया सीतापुरकी कौशल्या कापरले खुसी हुँदै भन्नुभयो ।
“कि कहुँ, पोरे साल रेल चलके वात छल, मुदा ओहिना हल्लेमे सिमटागेल (के भनौँ, परार नै रेल चल्ने कुरा थियो, तर कुरैमा मात्रै सिमित रह्यो)”, उहाँले भन्नुभयो– “अब सबै पीर हट्यो, सागसब्जी र दूध सजिलै जनकपुरहुँदै जयनगर बिक्री गर्न सकिने भयो ।” रेल सञ्चालनसँगै व्यापार व्यवसायमा पनि टेवा पुग्ने यहाँका बासिन्दा बताउँछन् ।
अहिले दैनिक एकपटक साँझ भङ्गाहा आउने र बिहान ७.३० बजे रेल छुट्ने व्यवस्था मिलाइएको महाप्रबन्धक झाको भनाइ छ । पछिल्लो पटक २०७८ चैत १९ गते प्रथम खण्ड (कुर्था–जयनगर) मा सञ्चालनमा आएको रेल सेवा गत मङ्सिरको विवाहपञ्चमीदेखि दुईपटक गरिएको थियो । सो खण्डको सेवा आजदेखि तीन पटक गरिएको कम्पनीले जनाएको छ ।
सन् २०१० मा नेपाल र भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोग (सम्झौताका बेला उल्लेखित रकम पछि समय लम्बिँदै जाँदा रु १२ अर्ब पुगेको) मा ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा सुरु भएको हो । निर्माणको काम भारतीय कम्पनी ‘इरकन’ले गर्दै आएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर