
१गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
२पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
३३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
४वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
५गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
६पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
७गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
८विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
९अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
१०एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
११कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१२रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
लेखनाथ, २९ असार । भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदानको चर्चा गरिएको छ ।
नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गर्नुभएको योगदान अविष्मरणीय भएको बताउँदै वक्ताहरूले सभ्य समाज निर्माणका लागि उहाँले दिनुभएको सन्देश पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषिक एकतामार्फत भानुभक्तले गर्नुभएको योगदान अविष्मरणीय भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । पोखरामा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न विशाल भानुभक्तको शालिक राख्ने सोच अघि बढाइएको उहाँले बताउनुभयो ।
भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तका अमर काव्य अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । भानुभक्तको स्मारक तयार गर्दै स्वदेशी एवम् विदेशी साहित्यकारलाई अध्ययन अनुसन्धानका लागि पोखरालाई गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले भाषा बिग्रेमा त्यसको असर हाम्रो समाज र सन्ततिलाई पर्ने जनाउँदै त्यसतर्फ सबै सजक बन्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाउँदै उहाँको योगदानलाई चिरस्थायी बनाउनुपर्ने बताउनुभयो ।
भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, भानुमार्ग आमा समूहका अध्यक्ष मिठु गुरुङ लगायतले नेपाली भाषाको विकासमा भानुभक्तले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।
उक्त अवसरमा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईद्वारा स्थापित एवम् भानु वाङ्मय प्रतिष्ठानद्वारा सञ्चालित भानु वाङ्मय पुरस्कारबाट पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने मिलनकुमारी नेपालीलाई रु १० हजार नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
यसअघि पोखराको चिप्लेढुङ्गाबाट भानु प्रतिमास्थल पोखरा–११ फूलबारी भानु चोकसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहित प्रतिष्ठानका पदाधिकारी एवम् सदस्य, विभिन्न विद्यालयका विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । सहभागीले फूलबारी भानुचोकस्थित भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका थिए ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ