
१आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
२रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
६युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
७महान्यायाधिवक्ताको विवादास्पद निर्णय
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१०पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
११राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
लेखनाथ, २९ असार । भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज पोखरामा आयोजित २१०औँ भानु जयन्तीमा भाषिक एकतामा भानुभक्तले पु¥याउनुभएको योगदानको चर्चा गरिएको छ ।
नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले गर्नुभएको योगदान अविष्मरणीय भएको बताउँदै वक्ताहरूले सभ्य समाज निर्माणका लागि उहाँले दिनुभएको सन्देश पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भाषिक एकतामार्फत भानुभक्तले गर्नुभएको योगदान अविष्मरणीय भएको उल्लेख गर्दै उहाँको योगदानलाई जीवन्त राख्नुपर्ने बताउनुभयो । पोखरामा भानुभक्तको योगदानलाई चिरस्थायी बनाउँदै साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न विशाल भानुभक्तको शालिक राख्ने सोच अघि बढाइएको उहाँले बताउनुभयो ।
भानु वाङ्मय प्रतिष्ठानका अध्यक्ष सरुभक्तले भानुभक्तका अमर काव्य अहिले पनि उत्तिकै महत्वपूर्ण भएको बताउनुभयो । भानुभक्तको स्मारक तयार गर्दै स्वदेशी एवम् विदेशी साहित्यकारलाई अध्ययन अनुसन्धानका लागि पोखरालाई गन्तव्यस्थलका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख प्राडा कुसुमाकर न्यौपानेले भाषा बिग्रेमा त्यसको असर हाम्रो समाज र सन्ततिलाई पर्ने जनाउँदै त्यसतर्फ सबै सजक बन्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको जनाउँदै उहाँको योगदानलाई चिरस्थायी बनाउनुपर्ने बताउनुभयो ।
भानु वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष हनिफ मिया, सचिव अम्बिकाप्रसाद भट्टराई, प्राज्ञ हरिदेवी कोइराला, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, भानुमार्ग आमा समूहका अध्यक्ष मिठु गुरुङ लगायतले नेपाली भाषाको विकासमा भानुभक्तले गर्नुभएको योगदान अतुलनीय भएको बताउनुभयो ।
उक्त अवसरमा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईद्वारा स्थापित एवम् भानु वाङ्मय प्रतिष्ठानद्वारा सञ्चालित भानु वाङ्मय पुरस्कारबाट पृथ्वीनारायण क्याम्पसमा स्नाकोत्तर तहमा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने मिलनकुमारी नेपालीलाई रु १० हजार नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिएको थियो ।
यसअघि पोखराको चिप्लेढुङ्गाबाट भानु प्रतिमास्थल पोखरा–११ फूलबारी भानु चोकसम्म नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीसहित प्रतिष्ठानका पदाधिकारी एवम् सदस्य, विभिन्न विद्यालयका विद्यार्थी प्रभातफेरीमा सहभागी भएका थिए । सहभागीले फूलबारी भानुचोकस्थित भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गरेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर