
१पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
३मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१०गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
११पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
डोटी । किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ ।
डोटीको केआइसिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडेको भन्दै उनीहरु आक्रोसित भएका हुन् । अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट रु तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो । शिक्षक भट्टलाई सो गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।
आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिनुभयो । शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ ।
यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको गरिएको स्वास्थ्य परीक्षणमा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । ती किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ ।
मुलुकी फौजदारी संहिता २०७४ अनुसार यस्ता आरोपीलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा सातदेखि १० महिनासम्म कारागारमा राखी पूर्पक्ष गर्न सकिने व्यवस्था छ ।
जिल्लामा पछिल्लो समय महिला तथा किशोरी बलात्कारका घटना र उजुरीको क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले भन्नुभयो, “बलात्कारका घटना पहिले गाउँ समाजमै मिल्ने गरेका थिए, पछिल्लो समय प्रहरीको सक्रियता बढेपछि अहिले अधिकांश बलात्कारका मुद्दा प्रहरी कहाँ आउन थालेका छन्, त्यसैले सङ्ख्या बढेको देखिन्छ ।”
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन