
१पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
२जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
३पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
४समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
५संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
६‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
७लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
८बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
९आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१०अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
११राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
१२राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
११डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
१२पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
म्याग्दी, २४ असार । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ ।
गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुनाबाट लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार विकले बताउनुभयो ।
“पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्रै महिना सहज र सुरक्षितरूपमा यातायात सेवा नपाइने भयो”, गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले शनिबार लमसुङमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा खोरियाका मोतीप्रसाद पाइजाले भन्नुभयो, “कालुङखोला, महखोला र दरखोलामा जतिसक्दो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।”
खोरियाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुँदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तीव्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए । लुलाङमा दुई सय ५० भन्दा बढी घरधुरीको बसोबास छ ।
यसैगरी गाईगोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन र औषधिको व्यवस्था, भनेको समयमा कृषि प्राविधिकको सेवा उपलब्ध गराउन स्थानीय कृष्णबहादुर गौचनले माग गर्नुभयो ।
लुलाङका कृष्ण विकले एकै व्यक्तिले धेरैपटक एउटै उपभोक्ता समितिको नेतृत्व गर्न नपाउने नीतिगत व्यवस्था गरेर सबैले अवसर पाउने व्यवस्था मिलाउन सुझाव दिनुभयो । लुलाङकै बलमान विकले लागत अनुमान भूगोलअनुसार नहुँदा दुर्गमका उपभोक्ता समिति ढुवानी भाडाका कारण मर्का र समस्यामा परेका बताउनुभयो ।
लुलाङकी रतिमा विकले स्वास्थ्य संस्था टाढा हुँदा सेवा लिन असहज भएको र राजकुमार विकले बिग्रिएको प्रिन्टर नबनाउँदा वडा कार्यालयबाट जन्मदर्ता गर्न समस्या भएको गुनासो गर्नुभयो । खकप्रसाद विकले लुलाङमा खेलमैदान नहुँदा विद्यालयमा गएर खेल्दा विद्यार्थीको पढाइमा असर परेको बताउनुभयो ।
स्थानीयवासीले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडाध्यक्ष अकप्रसाद विक र वडा सचिव गिरिराज शर्माले जवाफ दिनुका साथै प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका अध्यक्ष पुनले यसपालि लुलाङ हुँदै गुर्जा जोड्ने सडकलाई सङ्घ, प्रदेश र पालिकाबाट रु दुई–दुई करोड, ढोरपाटन जोड्ने सडकलाई डेढ करोड, दरवाङ–मुना जोड्ने सडकलाई रु पाँच करोड र लमसुङको दरखोलामा मोटरेबल बनाउन प्रदेशबाट रु ८० लाख छुट्टिएको जानकारी दिनुभयो । लमसुङ पहिरो नियन्त्रणका लागि रु एक करोड विनियोजन भएको जानकारी दिनुभयो ।
“गुर्जा र ढोरपाटनलाई सडक सञ्जालले जोड्ने योजनालाई तीनै तहको सरकारले प्राथमिकता दिएका छौँ, आएका योजना कार्यान्वयन भयो भने धेरै सुधार र सहज हुन्छ”, उहाँले भन्नुभयो, “नयाँ सडक बनाउने भन्दा पनि अब बनेका सडकलाई स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकताका साथ काम गर्छौँ । सङ्घ र प्रदेशबाट भित्रिएका आयोजना कार्यान्वयन गराउन सबै जुट्नुपर्छ ।”
उपाध्यक्ष पुनले केही उपभोक्ता समितिले गैरजिम्मेवार र लापरवाही गरेका, पालिकाको आफ्नै दररेट बनाउन लागिएको, कृषि र भेटेरेनरीका प्राविधिकलाई वडामै बसेर नियमित सेवा दिन लगाउने, लम्पी स्किनविरुद्धको औषधिसहित प्राविधिक परिचालन गरेको र सडकलाई व्यवस्थित बनाउन केन्द्रित भएको बताउनुभयो । वडा कार्यालयको प्रिन्टर मर्मत र कम्युटरमार्फत सेवा दिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाउनुभयो ।
वडाध्यक्ष विकले धेरै मेहनतपछि लुलाङमा सडक पुगेको, एक घर एक धारासहितको खानेपानी आयोजना, वडा कार्यालय भवन बनेको र आगामी वर्ष खोरिया र लमसुङमा नेवाः संस्थासँग समन्वय गरेर खानेपानी आयोजना बनाउन लागिएको बताउनुभयो । अबदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने जानकारी गराउँदै लुलाङको खेलमैदान बनाउन रु पाँच लाख विनियोजन भएको बताउनुभयो ।
वडासचिव शर्माले प्रिन्टर मर्मत गर्ने आर्थिक स्रोतको कमीले वडामा जन्मदर्ता गर्न नसकिएको र पालिकामा गएर अनलाइन दर्ता गराउनुपरेको बताउनुभयो । उहाँले केही योजना तथा कार्यक्रम सङ्घीय सरकारले बजेट कटौती गरेपछि कार्यान्वयन नभएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष पुनले पाँचकोठे, एकतले वडा कार्यालय भवन शुभारम्भ गर्नुभएको थियो ।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ