
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
दमौली । तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु भएको हो ।
भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु–४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई÷दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ ।
चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” बरालले भन्नुभयो, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।”
पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताउनुभयो ।
बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ,” बरालले भन्नुभयो ।
क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन् । बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुनेछ ।
उहाँका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ ।
क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताउनुभयो ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु