
१आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
२रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
३आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
४पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
५सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
६युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
७महान्यायाधिवक्ताको विवादास्पद निर्णय
८नेपाली काँग्रेसको सभापतिमा गगन थापा
९तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
१०पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
११राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
मिला दरै, डुम्रे, २४ असार । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ ।
गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।
पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ ।
देशकै ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपक्षीको उपचार गर्नेछन् । भवनको भुइँतलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्राविधिक जनशक्तिको व्यवस्था गरिने सो केन्द्रले जनाएको छ ।
अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिनेछ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नामअनुसारको काम गर्न कठिन भएको बेला नमूना अस्पताललाई काम गर्न सहयोग पुग्नेछ, पशुपक्षीलाई जटिल रोग लागेमा पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता पनि हट्नेछ ।”
नमूना अस्पताल सञ्चालन हुनासाथ पशुबाट मानवमा सर्ने विभिन्न रोगको न्यूनीकरण गर्न, महामारीजन्य रोग फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । यसलाई तालिम केन्द्रको रूपमा विकास गर्न सकिने केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । महामारी रोग द्रुतगतिमा फैलन सक्ने भएकाले नियन्त्रणको लागि पशुपक्षी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का पशुपक्षीको उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न गरिनेछ । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपक्षीको उपचार गरिनेछ । पशुमा लाग्ने महामारीजन्य रोग निदान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कमी हुने र किसानको आम्दानी बढाउन सकिन्छ”,उहाँले भन्नुभयो ।
उहाँले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । सामग्री तथा औजरको अभावमा पशुपक्षीको हचुवाको भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो ।
“पशुमा सहजै नदेखिने जुका, माटे, चरचरेजस्ता रोगले दूध तथा मासु उत्पादन हुन्छ, यसमा आँखाले नदेख्ने किटाणु रहेका हुन्छन्”, उहाँले भन्नुभयो, “यहाँ निर्माण हुने अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पशुमा लाग्ने रोगको निदान गरी समयमा औषधोपचार गर्न सकिन्छ, जसले गर्दा ती पशुबाट हुने उत्पादनमा बढाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सकिन्छ ।” अस्पताल निर्माणपछि तनहुँलगायत लमजुङ, गोरखा र नवलपरासी जिल्लाका पशुपालक किसान लाभान्वित हुनेछन् ।
करिब छ सय पाँच वर्गमिटर क्षेत्रफलमा दुई ब्लक गरी भवन निर्माण कार्य भइरहेको छ । भवनको तल्लो तलामा पशुपक्षीका लागि एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला, शव परीक्षणलगायतका सेवा कक्ष र प्रविधिक जनशक्ति रहने व्यवस्थासहितको भवन निर्माण हुनेछ भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हललगायत रहनेछन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर