
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान
लेखनाथ, असार १८ । पोखराको लेखनाथमा रहेको डायमण्ड माध्यामिक विद्यालयले स्मार्ट प्रविधि मार्फत् कक्षा सञ्चालनको शुभारम्भ गरेको छ । गुरुपूर्णिमाका दिन आज सोमबारदेखी विद्यालयमा आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘स्टडी स्मार्ट विथ माई सेकेण्ड टिचर’ कार्यक्रमको शुभारम्भ गरेको हो ।
कम्प्यूटर, आईप्याड, आईफोन र ल्यापटपको प्रयोग गरेर विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लिकेसनमा आफ्नो युजर आईडी मार्फत पाठ्य सामाग्री, अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न सक्नेछन् ।
यो प्रविधि डायमण्ड माविले यस क्षेत्रमा पहिलोपटक प्रयोग गरेको हो । आइएनजी स्किल एकेडेमीको सहकार्यमा स्मार्ट प्रविधिसँग दोस्रो शिक्षक सिकाईका रुपमा अगाडी बढाईने विद्यालयले जनाएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा विश्वविद्यालयका पूर्व डीन प्रा.डा. इन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । उनले कम्प्यूटर र विज्ञानको युगमा लिखित पाठ्यक्रम भन्दा प्रविधिको माध्यमलाई जोड्नु सकारात्मक भएको उल्लेख गरे ।
शिक्षाविद् तिवारीले शिक्षणमा ‘एप्स’को प्रयोग गरी डिजिटल पाठ्यक्रमको विकास गरी विद्यार्थीलाई अभ्यस्त गराउन सकिने बताए ।
कार्यक्रममा लक्ष्मी आदर्श मा.वि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गर्नु पर्नेमा जोड दिएका थिए ।
लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले नीति, विधि र प्रविधिमा आधारित भएर अध्यापन गर्नु पर्नेमा जोड दिएका थिए । उनले प्रविधि मार्फत् अभिभावकहरुले उत्तरदायित्व पुरा गर्ने गरी जोड्नु पर्ने बताए ।
विद्यालयका संस्थापक प्राचार्य एम बहादुर रोकाले पछिल्लो पुस्ता प्रविधि अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाईको माध्यमलाई विद्यालयले प्रयोगमा ल्याएको उल्लेख गरे ।
स्मार्ट प्रविधिलाई मेरो सेकेण्ड टिचरका रुपमा विकास गर्दै, श्रब्यदृश्य सम्वाद, अन्तरक्रिया र प्रश्नोत्तर एवम् अभ्यासले विद्यार्थीहरुमा सिर्जनशिलताको प्रयोग हुनेमा विश्वस्त रहेको रोकाको भनाई थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायले डायमण्डबाट दिक्षित भएका विद्यार्थीहरु संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गर्दै, आगामी पुस्ता अझ सशक्त भएर अघि बढ्ने बताए । उनले दोस्रो शिक्षक शिक्षण विधिमा स्मार्ट प्रविधिको प्रयोग गरिएको उल्लेख गर्दै, विद्यार्थी, शिक्षक र अभिभावकका लागि यो सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई ‘मेरो सेकेण्ड टिचर’का रुपमा विकास गर्ने गरी कक्षाहरुमा स्मार्ट प्रविधि जडान गरिएको विद्यालयका शैक्षिक प्रशासन प्रमुख इञ्जिनियर सञ्जिव थापाले बताए । उनले डिजिटल कक्षा कोठा, शिक्षकहरुका लागि पाठ्य सामाग्री निर्माण, सेमिनार र अन्तर संवाद लगायतका माध्यम समावेश गरिने उल्लेख गरे ।
विद्यार्थी र शिक्षकको बृहत्तर विकासका लागि काठमाण्डौं विश्वविद्यालय, आईएनजी स्किल एकेडेमी, लावण्य इन्टरनेशनल र बेलायतको एनसिसि डिजी स्कुल एवम् सिद्धराजा इन्टरनेशनल स्कुलसँग सहकार्य गरिएको जानकारी गराए ।
थापाले सिद्धराजा इन्टरनेशनलसँग विद्यार्थी तथा शिक्षकको अध्ययन र अध्यापन आदान प्रदान, एनसिसि डिजी स्कुलसँग कक्षा ४ देखी ७ सम्मका विद्यार्थीहरुलाई युके बेस आईटी कोर्स संचालन गरिएको बताए ।

सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
उनले लावण्य इन्टरनेशनलसँग बालबिकास केन्द्रका विद्यार्थीका लागि शिक्षण र सिकाई विधि, काठमाडौं विश्वविद्यालयसँग प्रोफेसनल शिक्षा, पाठ्य सामाग्री तयारी र स्किल एकेडेमीसँग ‘स्टडी स्मार्ट विथ माई सेकेण्ड टिचर’का लागि स्मार्ट प्रविधिका लागि सहकार्य गरिएको बताए ।
सोही अवसरमा शिक्षाविद् प्रा.डा. इन्द्रप्रसाद तिवारी र तुलसीराम लामिछानेलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
विद्यालयका निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्किल एकेडेमीका निखिल श्रेष्ठ र दिक्षा खनाल लगायतले कार्यक्रमको बारेमा स्पष्ट पारेका थिए । कार्यक्रमको संचालन विद्यालयका निर्देशक हरिप्रसाद लामिछानेले गरेका थिए ।
बि.सं. २०४५ सालमा स्थापना भएको यस क्षेत्रकै संस्थागत विद्यालयको रुपमा रहेको डायमण्ड माध्यामिक विद्यालयले २०५२ सालदेखि प्रवेशिका परिक्षामा विद्यार्थीहरुलाई सामेल गराउँदै आईरहेको छ । साथै विद्यालयले २०६३ सालदेखि दश दुई जोडको अध्यापन पनि गराउँदै आईरहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !