
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
ढोरपाटन, १६ असार । बागलुङको काठेखोला गाउँपालिकाको प्रशासनिक केन्द्रको विवाद सात वर्षपछि टुङ्गिएको छ । सो विवादका कारण अहिलेसम्म कार्यालय भवन निर्माण हुन सकेको थिएन ।
छ वर्षदेखि प्रशासनिक भवन निर्माणका विषयमा कार्यपालिका बैठकमा धेरै पटक छलफल भए पनि त्यसले सार्थकता पाएको थिएन । यस पटक भने कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोट सामुदायिक वनको जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको छ । वडा नं १, २, ३ र ४ ले अक्षते तथा वडा नं ५, ६, ७ र ८ ले हाल कार्यालय सञ्चालन हुँदै आएको सुलडाँडामै प्रशासनिक भवन बनाउने अडान राख्दै आएका थिए ।
गाउँपालिकाले अहिले पालिकास्तरीय अस्पताल, प्रहरी चौकी अक्षते र बहुउद्देश्य सभाहल तथा आयुर्वेदिक अस्पताल सुलडाँडामा बनाउने सहमति भएपछि सामबोटमा प्रशासनिक भवन निर्माण गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका सङ्गम विकले बताउनुभयो । सामबोटमा भवन बनाउनका लागि कार्यपालिका बैठकले निर्णय गरी १३औँ गाउँसभाबाट पारितसमेत गरेको छ । भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २०८०÷८१ मा रु एक करोड रकम विनियोजन गरिएको प्रवक्ता विकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “करिब छ वर्ष अगाडि हामीहरुले बिहुँकोट सुलडाँडामा घर भाडामा लिएर प्रशासनिक कामकाज सुरु गरेका थियौँ, अहिले पनि सोही घरबाटै काम भइरहेको छ, कार्यालय सञ्चालन भएको घरमा पनि पर्याप्त कोठा छैनन्, त्यसले गर्दा विभिन्न शाखा गाउँपालिकाले भीमसेन प्राविको भवनबाट सञ्चालन गरेको छ ।”
जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको यो गाउँपालिका अन्य पालिकाभन्दा सुगममा पर्छ । दुर्गमका पालिकाहरुले आफ्नै भवन निर्माण गरेर काम सुरु गरिसक्दा काठेखोलाले अहिले बल्ल केन्द्रको टुङ्गो लगाएको छ । केही महिनाअगाडि गाउँपालिकाले जग्गा व्यवस्थापनका लागि सूचान आह्वान गरेको सात स्थानमा जग्गा उपलब्ध गराउने आवेदन गरेकामा दुई स्थानमा निःशुल्क, दुई स्थानमा सशुल्क र तीन स्थानमा सार्वजनिक जग्गा उपलब्ध गराउने निवेदन परेको थियो ।
सोहीअनुसार गाउँपालिकाले सामबोटमा जग्गा छनोट गरेको हो । गाउँपालिकाले अहिलेसम्म प्रशानिक भवन बनाउन नसक्दा वार्षिक रु सात लाख २६ हजार गुमाइरहेको छ । हरेक महिना पालिकाले रु ६० हजार पाँच सय कार्यालय भाडा तिर्दै आएको छ । यसै वर्षदेखि भवन निर्माणको कार्य सुरु गर्ने गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।
“अहिलेसम्म गाउँपालिकाको कामकाज सबै भाडाको घरबाट सञ्चालन भएको छ, एकै घरमा पर्याप्त कोठा नहुँदा ठाउँठाउँमा घर भाडामा लिएका छौँ, सेवाग्राहीले एकै ठाउँबाट सेवा लिन पाउनुभएको छैन, यसले समस्या बनाइरहेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “धेरै समयको कसरतपछि अहिले समबोटमा जग्गा प्राप्त भएको छ, नयाँ आर्थिक वर्ष सुरु भएलगत्तै भवन निर्माणको काम सुरु गर्ने गरी बजेटसमेत विनियोजन भएको छ, हाम्रै कार्यकालमा सक्ने गरी काम गर्छौं ।”
सुलडाँडा र अक्षते १५ मिनेटको दूरीमा पर्छन् । अक्षतेमा सानो बजार छ । त्यो बजार मध्यपहाडी लोकमार्गमै पर्छ । अहिले कार्यालय रहेको सुलडाँडा भने लोकमार्गभन्दा केहीमाथि पट्टि पर्छ । गाउँपालिकामा सेवा लिन आएका सेवाग्राही एकै ठाउँमा सबै शाखा नहुँदा छुट्टाछुट्टै ठाउँमा जानुपर्ने बाध्यतामा छन् । प्रशासनिक भवनसहित अन्य संरचना बनाउन स्थानीय लगायतको सहयोग आवश्यक परेको अध्यक्ष थापा बताउनुहुन्छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !